|
महाबीर पुन |
महाबिर पुन, हिमाली भेगमा तार रहित इन्टरनेट सेवा पु¥याउने कार्यमा लागेकाले उनको ख्याती राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उत्तिकै छ । सरकारले समेत कल्पना नगरेको स्थान अर्थात हिमाली ग्रामिण भेगमा इन्टरनेट सुबिधा पु¥याए बापत उनलाई एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार प्रदान गरिएको छ । जुन पुरस्कार नेपालका तीनजनाले मात्रै पाएका छन् । त्यसपछि उनको अन्तर्राष्ट्रिय ख्याती झनै चुलियो । अमेरिकन बिश्वद्यिालयवाट ग्रयाजुयट पुनः त्यहाँको आकर्षक जागिर छाडेर नेपालको हिमाली कुनामा गएर त्यो काम गरेका थिए । उनै पुन अहिले फेरी केही नयाँ काम गर्न खोज्दैछन, त्यसका लागि सरकारले उनलाई सहयोग गर्नु पर्ने हुन्छ । तर, सरकारकै मुख्य सचिव लिलामणी पौडेल त्यसका लागि बाद्यक भए पछि पुनः आक्रोशित छन् । जति उनी अर्थात पौडेल कुरा र मिडियामा सकारात्मक छन, ब्याबहारमा त्यो छैन भन्ने पुनको निष्कर्ष छ । पुनले लिलामणीको ब्यबहार सोच नामक पुस्तक लेखेर सद्यै सकारात्मक हुनु पर्छ भने ब्याख्या गर्ने लेखक तथा उद्यमी कर्ण शाक्यजस्तो भएको भन्दै टिप्पणी गरेका छन् । जसरी कर्ण शाक्यले कुराले मात्र सकारात्मक भएको तर समाजलाई ब्याहारिक रुपमा कुनै पनि सकारात्मक योगदान दिन नसकेको ब्यक्तिका रुपमा चित्रित गरेका छन । कुराले मात्रै सकारात्मक भएर भएन, ब्याबहारले पनि सकारात्मक हुन उत्तिकै जरुरी छ भन्ने कुरा उनले आफनो
फेसबुक पेजवाट सार्वजनिक गरिदिएका छन । आखिर पुन किन लिलामणी र कर्ण शाक्य प्रति आक्रमक भए त ? उनको कुरा उनकै शब्दमा पढौं ।
|
लिलामणी पौडेल |
|
कर्ण शाक्यको सोच पुस्तक |
धेरै साथीहरुले सकारात्मक सोचाई को बारेमा कुरा गर्नु हुन्छ र पत्र पत्रिका र किताबमा पनि लेख्नु हुन्छ. यही सन्दर्भमा एउटा कुरा राखी हाल्न मन लाग्यो - सोच सकारात्मक भएर मात्र पुग्दैन. काम पनि सकारात्मक गर्ने बानी हुनु पर्दछ र छैन भने त्यस्तो बानी बसाल्नु पनि पर्दछ। म लिलामणिजी (मुख्य सचिब) को एउटा उदाह्र्ण दिन चाहन्छु, उहाँ निकै सकारात्मक सोचाई र केहि गर्छु भन्ने विचार भए को उच्च ओहदामा कार्यरत कर्मचारी हुनु हुन्छ र केहि गर्नु भए को पनि छ। तर, उहाँले नेपाल को लागि अति आवश्यक भयको एउटा स्वतन्त्र र दिगो किसिमको Innovation Center खोल्ने हाम्रो प्रयास लाई पटक्कै मदत गर्नु भएको छैन । त्यो Innovation Center को उद्येश्य नेपालका talented human resources नेपालको आर्थिक बिकासमा लगाउनु हो। हामीले उहाँको बाध्यता बुझ्दछौ तर उहाँले आफ्नो तहबाट गर्न सक्नु हुने मदत गर्नु भएको छैन । त्यता तिर पनि उहाँको सकारात्मक सोचाई भए राम्रो हुने थियो । मुख्य कुरा उहाँ Innovation Center स्थापना गर्ने हाम्रो approach संग सहमत हुनुहुन्न कि जस्तो लाग्छ । Approach भन्ने कुरा सरकारी स्तरमा छलफल गरेर निष्कर्ष निकाल्ने कुरा हो ।
त्यसरी नै कर्ण शाक्यजीले सकारात्मक सोचाई बारे किताब ता लेख्नु भयो तर आजभोली सोच अनुसारको काम गर्नु भएको जस्तो देखिएन। उहाँले बुढेसकाल लागेर केहि न गरेको भन्नु हुन्छ तर बुढेसकालमा पनि गर्न सकिने काम हरु हुन्छन, यी दुई वटा उदाहरणहरु मात्र हुन् । सकारात्मक सोचाई भएको तर काम चाही अलि नकारात्मक गर्ने साथीहरुलाई मेरो एउटा सुझाव मात्र हो । अन्यथा नलिनु होला. Innovation Center मा काम गर्ने फुर्सद र इच्छा छ भने सबैलाई स्वागत छ ।
डाक्टर महाविर पुन साँच्चिकै महाबीर हुनुहुन्छ, केहि कितावि महाबीर हुन्छन भने ऊहाँले ंखुद गरेर देखाईदिनुहुन्छ
ReplyDeleteकोटि कोटी सलाम छ!