गोलमेच सम्मेलनको माग गर्ने मोहन बैद्य नेतृत्वको नेकपा माओवादी हिजो आब्हान गरिएको सर्बदलीय राजनीतिक सभामा उपस्थित भएन, जसका कारण गोलमेच सभा नै भाँडियो । आफैले माग गरेको सभामा उपस्थित नहुने बैद्य माओवादीको रबैयाँले अन्य राजनीतिक दललाई त आश्चर्यजनक नै बतायो, देशलाई पनि एउटा भुवँरीमा पारिदियो । प्रमुख चार दलको सम्मिलित कार्यदलमा सहमति भएर भदौं ३१ गतेका लागि बोलाइएको सभामा बैद्य नआउनुको कारण बारे बिभिन्न टिका टिप्पणी भएको छ । तर, माओवादी स्रोतका अनुसार जब बैद्य काठमाडौं उपत्यका छाडेर पश्चिमका जिल्लामा गएँ, तब काठमाडौंमा हुने भनिएको गोलमेच सम्मेलनमा सहभागी नहुने निष्कर्ष निकालेर फर्किएका थिए । दाङ र सुर्खेत तिर पार्टी प्रशिक्षणको निऊँमा पुगेका बैद्यले पार्टी भित्र आन्तरिक बिबाद गरिरहेका महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दलाई एउटै मञ्चमा पनि उभ्याएका थिए । गोलमेच सम्मेलनको निर्णय गर्न सो उपत्यका बाहिर भएको सो भेटघाट महत्वपुर्ण मानिएको छ । माओवादीहरु भन्छन, ‘जब दाङमा अध्यक्ष किरण, महासचिव थापा र सचिव नेत्रविक्रम चन्दको सामुहिक भेटघाट र छलफल भयो, तब बैद्य गोलमेच सम्मेलनमा सहभागित नुहनेमा निष्कर्ष त्यतै भएको थियो ।’ काठमाडौं उपत्यका बाहिर निर्णय गरेर बैद्य काठमार्डौ फर्किएका थिए । बालुवाटारमा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलसँगको छलफल एउटा औपचारिकता मात्र थियो, सहभागि नुहने निर्णय बैद्यले पश्चिम भ्रमणमा नै गरिसकेका थिए ।
'३३ दलीय मोर्चामा रहेका अन्य दलले सहभागिता जनाउन, बैद्यका सामु केही लागेन-
सरकारले बोलाएको सर्वपक्षीय राजनीतिक सभाका विषयमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा विभाजन देखा परेको छ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले बहिष्कार गर्नुअघि बसेको ३३ दलीय मोर्चाको बैठकमा अन्य अधिकांश दल सभामा सहभागिता जनाउने पक्षमा थिए। मोर्चाको मागअनुसार नै राजनीतिक सभा गर्न सरकारसहित प्रमुख राजनीतिक दल तयार भएको अवस्थामा उपस्थिति हुनुपर्नेमा उनीहरूले जोड दिएका थिए। सरकारले मंगलबार (भदौ ३१) का लागि सभा आह्वान गरेको थियो। तर, वैद्य माओवादी उपस्थित नभएपछि सभा सुरु नै नभई स्थगित भएको छ।
नेकपा संयुक्त मार्क्सवादीका अध्यक्ष प्रकाश अधिकारीले मोर्चामा आबद्ध अन्य दल सभामा सहभागिता जनाउन तयार रहेको बताए। ‘जे जे कुरा गर्नुपर्ने हो, सभामा नै गएर राखौं भनेर अन्य दलले बैठकमा जोड गरेका थिए, तर उहाँ (वैद्य) हरूले मान्नुभएन,' अधिकारीले नागरिकसँग भने, ‘माओवादी नै जान तयार नभएपछि हाम्रो पनि केही जोड लागेन।' उनका अनुसार ३३ दलको मागअनुसार नै सरकार र प्रमुख राजनीतिक दल राजनीतिक सभा गर्न तयार भई मिति तय भएकाले बहिष्कार गर्न नहुने तर्क मोर्चाआबद्ध अन्य दलले गरेका थिए। प्रधानमन्त्री निवासमा सोमबार साँझ भएको गोलमेच सभाबारे छलफलको माओवादी सचिव देव गुरुङले बैठकमा ‘बिफ्रिङ' गर्र्दै मोर्चाआबद्ध दलको धारणा मागेका थिए। शान्ति प्रक्रिया नटुंग्याई संविधानका विषयमा प्रवेश नगरौं भन्ने आफ्नो पार्टीको प्रस्ताव सत्तारूढ दल कांग्रेस र एमालेले अस्वीकार गरेको गुरुङले बैठकमा जानकारी गराएका थिए। ‘प्रमुख दलबीच हिजो केही विषयमा कुरा मिलेको छैन, कांग्रेस र एमालेले जे जे कुरा राख्नुपर्ने हो, त्यो सभामा नै राख्नुहोला भनेका छन्, सभामा जाने कि नजाने राय दिनुहोस्,' उनले बैठकमा भनेका थिए।
जवाफमा मोर्चाआबद्ध दलले सभामा सहभागिता जनाउनुपर्नेमा जोड गरेको राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाले जानकारी दिए। ‘हामी सबैले सभामा नै गएर सबै विषय टुंगो लगाऔं भनेर जोड गर्यौंि, त्यसपछि उहाँहरू (माओवादी) आन्तरिक छलफल गर्ने भनेर अलग्गै बैठक बस्नुभयो,' थापाले नागरिकसँग भने, ‘त्यसपछि हामीले त नजाने निर्णय पो गर्यौंो भनेर उहाँहरूले सुनाउनु भयो, हाम्रो केही लागेन।'
उनका अनुसार मोर्चा बैठक जारी रहेकै बेला माओवादी पदाधिकारीको छुट्टै बैठक बसेको थियो, जसबाट सभामा नजाने औपचारिक निर्णय गरी मोर्चा बैठकमा सुनाइएको थियो।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीसँग सोमबार साँझ बसेको बैठकमा सहमति हुन नसकेपछि प्रधानमन्त्री सुशील कोइराला र माओवादी अध्यक्ष वैद्यबीच छुट्टै वार्ता भएको थियो। वैद्यले उक्त वार्तामा ‘शान्ति प्रक्रियाको विषय टुंगो नलगाई संविधान लेखन प्रक्रिया अघि नबढाउन' प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको बैठकमा जानकारी गराइएको थियो।
सरकारसहित प्रमुख दलले वैद्य माओवादीलाई मात्रै केन्द्र बनाएर राजनीतिक सभा गर्न खोजेपछि परिणाम उल्टो भएको प्रतिक्रिया क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले दिए। ‘सरकार र सरकारमा रहेका प्रमुख दलले ३३ दलीय मोर्चामा वैद्य माओवादी मात्रै छ भन्ने सम्भि्कयो। उसैलाई मात्र केन्द्रविन्दुमा राखेर सभा आयोजना गर्दा कुनै निष्कर्ष निस्कन सकेन,' थापाले नागरिकसँग भने, ‘सरकारले मोर्चाभित्रका अन्य दलको अस्तित्वलाई स्वीकार गरेको मात्र भए राजनीतिक सभा आयोजना हुन सक्थ्यो।' उनका अनुसार वैद्य माओवादीबाहेक प्रायः सबै दल सम्मेलनमा उपस्थित हुन तयार थिए।
माओवादी अध्यक्ष वैद्यले संविधानको विषयमा मात्रै राजनीतिक सभालाई सीमित गर्न खोजिएपछि बैठकमा उपस्थित हुन नसकेको जिकिर गरेका छन्। ‘सर्वदलीय सभालाई संविधानको विषयमा मात्रै सीमित राख्ने, दलहरूसँग राय–सल्लाह र सुझाव लिने प्रकृतिको बनाउने, सभामा कुनै राजनीतिक निर्णय लिन नसकिने, पूर्वतयारी, कार्यसूची र मोडालिटीबारे चार दलबीचमा लिखित सहमति गर्न नसकिने सत्तारूढ दलहरूले भनेपछि सभाको औचित्य देखिएन,' वैद्यले भनेका छन्।
स्रोतका अनुसार प्रमुख चार दलको कार्यदलमा सहमति जुटेर आह्वान गरिएको राजनीतिक सभामा सहभागिता हुन वैद्य नै अनिच्छुक छन्। कार्यदलमा सहमति हुँदा काठमाडौं उपत्यका बाहिर रहेका उनी फर्कने बित्तिकै त्यसको विपक्षमा उभिएका थिए। एकीकृत सशस्त्र विद्रोहको वकालत गर्दै आएका सचिव नेत्रविक्रम चन्द नेतृत्वको ‘अनुदारवादी' खेमाको दबाबका कारण अन्तिम समयमा वैद्य पूर्ववत सहमतिबाट पछि हटेको स्रोतले जनाएको छ।
No comments:
Post a Comment