Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 15, 2014

"संसार भन्दा पर" कम्युनिष्ट देश उत्तर कोरिया कस्तो छ त ?

उत्तर कोरिया एक बन्द अर्थब्यबस्था तथा राजनीतिक प्रणाली भएको कम्युनिष्ट देश हो । मुख्यतयाः कम्युनिष्ट देश भएकै कारण पश्चिमा देशहरु उत्तर कोरियाका बारेमा बिभिन्न अवफाह फैलाउँछन्, फैलाईरहेका छन् । मुस्लिम बाहुल्य देश र कम्युनिष्ट शाषन प्रणाली भएका देशमा लोकतन्त्रका कुरा गरेर उनीहरु थाक्दैनन, आफनो भन्दा बढी त्यस्ता देशका बारेमा पश्चिमाहरु चासो लिन्छन् । त्यसैले रुस, चीन र उत्तर कोरिया जस्ता कम्युनिष्ट शाषन प्रणलाी भएका देश र मुस्लिम देशहरुमा सरकार देखी सञ्चारमाध्यम पनि सद्यै आक्रमण गर्छन । अमेरिकाले उत्तर कोरिया र चीनको गतिबिधिमा धेरै नै चासो राख्छ, सरकारले नै राखे पछि त्यहाँका सञ्चार माध्यमले पनि स्वाभाविक रुपमा राख्छ ।
यद्धपी, कम्युनिष्ट भए पनि उत्तर कोरिया खुल्ला छैन् । त्यो सबैभन्दा बढी बन्द छ । त्यसैले त उत्तर कोरियालाई 'तेस्रो संसार' पनि भनिन्छ । हत्तपत्ति उत्तर कोरियामा छिर्न पनि पाइदैन र निस्कन पनि पाइदैन, त्यहाँको सबैभन्दा खराब कुरा यही हो । त्यसैले त्यहाँ लोकतन्त्र छैन भनिएको हो । शाषन प्रणाली राष्ट्रपतिको छोरा, राष्ट्रपति हुने खालको छ । त्यो देशमा के भएको छ, बाह्य संसारलाई हत्तपति थाहा हुदैन । सेना सबैभन्दा बढी भएको देश मध्य उत्तर कोरिया एक हो । त्यहाँ राष्ट्रपति किम जुङ उन हुन । सोही देशले औपचारिक रुपमा नै, ‘North Korea: We have the 'most advantageous human rights system' भने पछि सिनएनएनले त्यसलाई प्रमुख समाचारको रुपमा बनायो, केही ब्यंग्य गरयो त, केही यथार्थ कुरा पनि लेख्यो । यसै सन्दर्भमा त्यहाँका राष्ट्रपतिको केही तस्बिर पनि प्रकाशित गरेको छ, राष्ट्रपति किम जुङका केही तस्बिर संग्रह यहाँ हालेको छु ।
























उत्तर कोरियाका बारेमा सिएनएनले एउटा भिडियो पनि तयार पारेको छ, त्यहाँको जीवनशैली र बैभवका बारेमा हेर्न मन लाग्यो भने यहाँ क्लिक गर्न सक्नु हुन्छ ।
उत्तर कोरियाको सैनिक शक्ति कस्तो छ ? भिडियो हेर्दा नै सबै छक्क पर्छन । यहाँ क्लिक गर्नुहोस् ।

No comments:

Post a Comment