Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, September 14, 2014

दिवगंत नेता पोष्टबहादुर बोगटीका दुर्लभ तस्बिर (फोटो फिचर)

एकीकृत नेकपा माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ। हृदयघातसँगै मस्तिष्कघात भई अस्पताल भर्ना भएका नेता बोगटीको स्वास्थ्य स्थिति आइतबार अत्यन्त नाजुक थियो। एमाओवादी नेता बाबुराम भट्टराईले ट्विट गर्दै बोगटीको दुःखद निधन भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'सहयोद्धा क. पोष्टबहादुर बोगटीको आज बिहान दु:खद निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धासुमन र परिवारजनमा समवेदना! अन्तिम लालसलाम क.दिवाकर!'
पार्टीको तर्फबाट औपचारिक जानकारी दिँदै एमाओवादी स्थायी समिति सदस्य अग्नि सापकोटाले बोगटीको आज बिहान ७:२५ मा निधन भएको बताएका छन्। उनले सरकारी सम्मानबारे प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री बामदेव गौतमसँग छलफल भइरहेको बताए। उनका अनुसार बोगटीको पार्थिव शरीरलाई ९ बजे पार्टी कार्यालय पेरिसडाँडा लगिनेछ। त्यसपछि केन्द्रीय समितिको बैठक बसी शोकप्रस्ताव पारित गरिने सापकोटाले बताए। उनले श्रदाञ्जली अर्पणका लागि आज ११ बजे खुलामञ्च ल्याइनेसमेत जानकारी दिए। आधा घन्टाको श्रदाञ्जलीपछि बोगटीको पार्थिव शरीरलाई सरकारी सम्मानसहित आर्यघाट लगिने सापकोटाले बताए।
आइतबार नर्भिक अस्पतालले उनलाई भ्यान्टिलेटरमा राखी श्वासप्रश्वास गराइएको थियो भने औषधिको मद्दतले रक्तसञ्चार गराइएको थियो।
६० वर्षीय वोगटीलाई बिहीबार राति हृदयघातसँगै मस्तिष्कघात भएपछि बाँसबारीस्थित शहिद गंगालाल अस्पताल भर्ना गरिएको थियो। गंगालालमै मुटुको एन्जियोप्लास्टि गरेपछि उनलाई नर्भिक सारिएको थियो।
 सामाजिक सञ्जालमा फेला परेका पोष्टबहादुर बोगटीको दुर्लभ तस्बिरहरुः



















No comments:

Post a Comment