कुलमान सिंह घिसिङ |
(चिलिमे जलविद्युत कम्पनीले ४ वटा आयोजना निर्माण गरिरहेको छ । सहायक कम्पनी बनाएर चिलिमेले १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १ सय २ मेगावाटको मध्य भोटेकोशी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजना बनाइरहेको छ । यसका अगुवा चिलिमे जलविद्युत आयोजनाका प्रवन्ध निर्देशक कुलमान घिसिङको म्याद नथपेपछि बहस सुरु भएको छ । एकवर्ष अघि हटाएर तत्कालै पुनःबहाली भएका घिसिङ जलविद्युत आयोजनामा नयाँ मोडेल दिन सफल व्यक्तिका रुपमा चिनिनुहुन्छ । तर नेपाल विद्युत प्राविधिकरण सञ्चालक समितिले घिसिङलाई फिर्ता बोलाएको पत्र थमाएको छ । घिसिङसँग हिम विष्टले गरेको कुराकानीमा आधारित ।)
कुनै पनि आयोजना निर्माण प्रकृयामा जान सामान्यता ५ देखि ७ बर्ष लाग्छ । तामाकोशी नै झण्डै १० बर्षमा निर्माण कार्य सुरु भयो । तर, दिनरातको मेहेनतले हामीले ४ वटा आयोजनाको निर्माण प्रकृया यति छिटो सम्भव भयो । अहिले निर्माण भएका झण्डै ३ सय (२७४.३) मेगावाटका ४ वटा आयोजना दिनरात निर्माण भईरहेका छन् । झण्डै ५०० मेगावाटको जलासययुक्त आयोजना अगाडी बढाउँदै छौं । २ सय ७४.३ मेगावाट त आउँदो तीन बर्षमै तयार हुन्छ । हामी उर्जा अभावकै समयमा विद्युत उत्पादन गर्न सक्छौं । यो म र मेरो टिमको सफलता हो ।
हटाउनुको पहिलो कारण
मैले पहिले पनि भने सुरुदेखि नै मलाई हटाउने प्रयास भईरहेको थियो । यसको मुख्य कारण भनेको हामीले सुरु गरेको ‘चिलिमे मोडेल’ र आयोजनाको तिब्र निर्माण नै हो । अबको तीन बर्षभित्र हाम्रो २ सय ७४.३ मेगावाट विजुली उत्पादन हुन्छ । जलाशययुक्त ५ सय मेगावाटको योजना तत्कालै अगाडी बढ्दैछ । यो योजना पनि समयमै निर्माण गर्छौ । हाम्रो ५ सय मेगावाटको समयमै पिपिए हुनु भनेको अरुको ५ सय मेगावाटको पिपिए नहुनु हो । उनीहरु आयोजना ढिलाई गर्ने र उर्जा संकट बनाएर आफु अनुकुल पिपीए गराउन चाहन्छन् । जुन हामीले गर्दा उनीहरुको सपना चकनाचुर हुन्छ ।
यसले लाईसेन्स ‘होल्ड’ गरेर बस्ने र लाईसेन्स व्यापार गर्नेहरुलाई अप्ठेरो पर्छ । ठूलाठूला विदेशी आयोजनाहरु छन् र काम नगरी उर्जा संकट बनाउन चाहन्छन् र संकटका बेला हामीलाई विद्युत चाहिन्छ । अनि बाध्य भएर उनीहरुले भनेअनुसार नै विद्युत खरिद सम्झौता गर्नुपर्छ ।
तर अहिले चिलिमेका आयोजना निर्माण सकियो भने देशलाई विद्युत अभावको चर्को समस्या पर्दैन । चलखेल गर्नेहरुको ‘संकटको मार्केट’ सकिन्छ । त्यसपछि विद्युत खरिद गर्दा उनीहरुको भनाई अनुसार होइन की हाम्रो आवश्यकता अनुसार विद्युत खरिद गर्न सक्छौं । विदेशीहरुलाई पनि सस्तोमा आयोजना बनाउन दवाव पर्छ । उर्जा संकट बनाईराख्न पाए विदेशी र उनीहरुका एजेन्टले छानीछानी आयोजना पाउँछन् र आफूलाई फाईदा नहुँदासम्म आयोजना नबनाउने अनि संकट परेपछि आयोजना बनाएर नेपाललाई घाटा पुर्याउने योजनामा लागिरहेका छन् । चिलिमेका आयोजना बेलैमा बनेमा यस्ता चलखेल समाप्त हुन्छन् । तर चिलिमेका योजना निर्माणमा ढिलाई भए चलखेल गर्ने ठाउँ पर्याप्त हुन्छ ।
हटाउनुको दोस्रो कारण
चलिमे मोडेल ध्वस्त पार्ने प्रयास भईरहेको छ । मैले स्थानीय रसुवाका नागरिकलाई कसरी फाईदा दिने भनेर सोेंचे उनीहरुलाई कसरी धनी बनाउने भनेर सोंचे । उनीहरुको सहभागिताले गर्दा नै आयोजना सफल भयो । यो आयोजनाबाट स्थानीय नागरिकलाई ठूलो फाईदा भएको छ र उनीहरुले आफ्नो स्वामित्व महसुस छ । आम नागरिकलाई आयोजनामा समावेश गरेर जाँदा नै मैले ४ वटा आयोजनाको समस्या समाधान गरेर जान सजिलो भएको हो ।
चिलिमे मोडेल भनेको ‘गरिबलाई धनी बनाउने, स्थानीयलाई धनी बनाउने’ मोडेल हो । यो मोडेल भनेको सबै आयोजना स्वेदशी लगानीमै बनाउन सकिन्छ भनेर पुष्टि गर्ने मोडेल हो । यदि चिलिमे मोडेल सफल भयो भने विदेशी लगानी पनि आवश्यक हुने छैन भने ठूला आयोजना माथिल्लो कर्णाली होस अन्य कुनै सबैमा स्थानीयले चिलिमे आयोजनाको मोडेल खोज्ने भए । यसका लागि देशी विदेशी कोही तयार देखिएका छैनन् ।
यदि यसरी गएको खण्डमा सबै आयोजना सफल हुन्छन् र बेलैमा निर्माण हुन्छन् । यसले नेपालमा उर्जा संकट पनि हुँदैन र यसले गर्दा उर्जा संकटको ब्यापार गर्नेहरुको चलखेल समाप्त हुन्छ । त्यसका लाग चिलिमे मोडेल जसरी पनि ध्वस्त पार्नुछ । त्यसैले आयोजना असफल बनाउनका लागि देशी विदेशीहरु र यसका एजेन्ट मलाई हटाउन लागेका थिए, सफल भए ।
हटाउनुको तेस्रो कारण
मैले सान्जेन जलविद्युत आयोजनाबाट चाईना गेजुवा कम्पनीले काम गर्न नसक्ने देखेपछि उसको ३ करोड २० लाख जमानत जफत गरेर कालोसूचीमा राखेको थिएँ । यसले माथिल्लो त्रिशुली थ्रि एमा पनि तमासा देखायो । सत्य थाहा छैन, तर गेजुवाको नेपाल एजेण्टको अहिले राम्रो हालीमुहाली चल्छ ।
रसुवाका बासिन्दाको झण्डै ५ लाख कित्ता सेयर ५ सय ६ सय रुपैयाँ प्रतिकित्ता किनेर दलालहरुले सखाप बनाए (अहिले यसको सेयर कित्ताका २ हजार ७ सय रुपैयाँ छ ) । यसका लागि ठूलो गिरोह रहेछ । मैले कुनै हालतमा यो हुँदैन भनेर रोकें । मलाई हटाए यो सेयर खरिद बिक्री गर्न बाटो खुल्ने एजेन्टहरुको बुझाई थियो । यो रोकिएन भने सोझा रसुवाका नागरिकको रकम ध्वस्त हुन्छ । यि विभिन्न विषयका कारण मलाई ज्यान मार्ने धम्की समेत आयो ।
चिलिमे मोडेल बचाऔं
मलाई चिलिमेको सञ्चालक समितिमा पठाउदाँ पनि समय तोकिएको थिए अनि प्रवन्ध निर्देशक बनाउँदा पनि समय तोकिएको थिएन । कम्पनीको नियम हेरेको त ४। ४ बर्षमा नविकरण गर्नुपर्ने रहेछ । मैले चिलिमेको बोर्डमा प्रस्ताव लगे । लगेको प्रस्ताव त्यत्तिकै छ । तर प्रस्ताव लगेपछि मात्रै थाहा पाएको नेपाल विद्युत प्राविधिकरणको सञ्चालक समितिले चिलिमेको बोर्डलाई सिधै बेवास्ता गरेर मलाई फिर्ता बोलाइयो । निर्णय गर्नुपर्ने त चिलिमेको बोर्डले हो । तर बोर्डको बैठक बोलाउने आँट नभई सञ्चालक समितिबाट मलाई फिर्ता बेलाईयो । यो चोर बाटो भयो ।
मलाई त व्यक्तिगत रुपमा केही फरक पर्दैन । काम गर्ने मान्छे हुँ जहाँ गएपनि काम गरेर खान सकिहाल्छु । यहीँ बस्नुपर्छ भन्ने होइन । तर यहाँ ‘चिलिमे मोडेल’ ध्वस्त पार्ने खेल सुरु भएको छ । यो आयोजना ढिलाई हुने बित्तिकै उर्जा संकट समाधानमा धक्का लाग्छ र चलखेल गर्नेलाई फाईदा हुन्छ । म रहुँ नरहुँ चिलिमे मोडेल बच्नुपर्छ, सर्वसाधारणका झुक्काएर बेच्न लागाईएका सेयर सर्वसाधारणबाट फुत्कन पाउनु हुँदैन ।

साभार: उज्यालो नेटवर्क
No comments:
Post a Comment