Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, June 11, 2014

अनलाईनवालाहरु सँग साच्चै किन रिसाए प्रधानन्यायाधीश ?

वुधवार विहान ११ बजे अदालत र कानुन सम्वन्धि समाचार लेख्ने पत्रकारहरु च्याम्वरमा पुग्दा प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा हसिलो मुद्रामा देखिन्थे । कानुन पत्रकार मञ्चको नया कार्यसमितिसंग एक घण्टा लामो भलाकुसारी गर्दा उनले अधिकांश समय आफुले न्यायपालिका सुधारका लागि गरेको अभियानमा खर्चिए । तर पत्रकारहरुले जव अदालतका विकृतिवारे जिज्ञसा राखे । त्यसपछि उनी अलि भावुक वने । उनमा एक खालको पीडा पनि देखियो । सन्दर्भ थियो, अनलाइन पोर्टलहरुले उनीवारे लेखेका समाचार । ‘पत्रकार साथीहरु यो अनलाइन मिडियालाइ नियन्त्रण र व्यवस्थापन गर्न तपाइहरुको पहल छ छैन ?’ विषयको शुरुवात आफैले गरेको प्रधानन्यायाधीश शर्माले घुमाउरो भाषामा आफुले अदालतका कर्मचारीलाई घरमा काम लगाएको, सातवटा सवारी आफ्नो नाममा राखी फेरी फेरी चढेको लगायतका विषयमा अनलाइनले लेखेको समाचारप्रति असन्तुष्टि जनाए ।
साधगी स्वभावका शर्मालाई संचार माध्यमहरुले घुस खाने गरेको सम्मका अभियोग लगाउदै समाचार लेखिरहेका छन् । त्यस विषयमा उनले औपचारिक रुपमा अहिलेसम्म प्रतिकृया दिएका छैनन । तर पत्रकारहरुसंग भने उनी निकै गम्भीर वने । उनलाई साप्ताहिक पत्रिकाले लेख्ने समाचारमा पनि विस्वास लाग्दो रहेनछ । पत्रकारसंग उनले सिधै भनिदिए ,‘तपाईहरु मध्ये कतिले साप्ताहिकमा पनि लेख्नुहुन्छ होला, तर तिनिहरु विस्वास लाग्दा समाचार लेख्दैनन् ।’ आफुविरुद्ध वारम्वार समाचार आए पनि त्यसको खण्डन गर्ने पक्षमा आफु नरहेको उनको भनाइ थियो । जागिरे जिवनको अधिकांश समय इजलास मै विताएका शर्मा आश्रममा वस्छन् । उनले अहिलेसम्म प्रधानन्यायाधीशको निवास अस्वीकार गर्दै आएका छन् । आरुवारी स्थित आश्रममा अदालतवाट वचेको समय ध्यान साधनामा विताउछन् । फुर्सद भयो कि चितवनस्थित देवघाटमा रहेको उनको आश्रम पुग्छन् । कहिले एक्लै कहिले सहकर्मी न्यायाधीश वोकेर । प्रधानन्यायाधीश भए पछि उनी कुनै न कुनै विवादमा तनिरहेकै छन् ।
पछिल्लो पटक सर्वोच्च अदालतमा न्यायाधीश नियुत्तिः मा विवादमा परेका उनले पुनरावेदन अदालतका ३० अतिरिक्त न्यायाधीश नियुत्तिःमा आफैले तय गरेको मापदण्ड नै मिचिदिए । उनको तर्क छ, ‘न्यायाधीशलाइृ कुनै मापदण्ड लाग्दैन । ’ उनका अनुसार एक पटक न्यायाधीश भएकालाई पुन परिक्षा लिनु भनेको अपमान हो रे ! त्यसैले परिक्षा लिएर नियुक्ति गर्ने मापदण्ड कुल्चदै उनले एक साता अघि मात्र पुनरावेदन अदालतका ३० न्यायाधीशलाइ पुन: एक वर्षका लागि अतिरिक्त मै नियुक्ति थमाए ।
वुधवार पत्रकारसंग भेट्दा न्याय परिषदको काम कारवाहीवारे भने उनी वोल्नै चाहेनन् । परिषदले मापदण्ड नाघेको र सुपरपावर प्रयोग गर्न खोजेको हो भन्ने कानुन पत्रकारको जिज्ञसामा उनले यस विषयमा पटक्ैे नवोल्ने मात्र वताएनन् । यही प्रश्नका कारण उनी सम्वाद समाप्त गर्ने मुडमा पनि पुगे । तर सम्वाद अन्त्य गर्दा गदै उनले फेरी एकपटक थपे, ‘अनलाइन समाचार दिनेहरुले जे पायो त्यही लेखिरहेका छन् ।’ केहीदिन अघि आफुविरुद्ध र भर्खरै नियुक्त भएका न्यायाधीश विरुद्ध अवहेलना मुद्धा चलाउने विषयमा सर्वोचचका न्यायाधीशहरुले कुरा उठाएका थिए । तर, त्यसको जवाफमा उनले संचारमाध्यमप्रति आक्रामक बन्न नुहने जवाफ दिएर अन्य न्यायाधीशलाइृ नाजावाफ पारे ।
त्यति हुदा हुदै पनि उनको असन्तुष्टि भने अनलाइन समाचार पोर्टल, साप्ताहिक पत्रिका र सामाजिक संजाल प्रति भने प्रष्ट देखिन्थ्यो । त्यसको त उनलाई भेटन पुग्ने करिव दर्जन पत्रकारमध्ये अधिकांश दैनिक पत्रिकामा काम गर्ने भएर पनि होला । उनले दैनिक प्रति भने कुनै गुनासो नभएको वताए । शर्माको दैनिक प्रतिको यो टिप्पणीलाइ भने सहभागी केही पत्रकारले दैनिकलाइ फकाएर आफु माथिको दाग पखाल्ने रणनीतिक रुपमा पनि व्याख्या गरेका छन् । ‘वावा’ प्रधानन्यायाधीशको अनलाइन र साप्ताहिक प्रतिको यो असन्तुष्टिले कस्तो प्रभाव राख्ला ? त्यो हेर्न बाँकी छ तर उनको यो अभिव्यक्तिले पछिल्ला दिनमा न्यायालय र संचार माध्यम वीचको सम्वन्ध विग्रिदै गएको भने पुष्टि गर्छ ।

No comments:

Post a Comment