पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ एकदिन माइक्रो बसमा यात्रा गरिरहेका थिए। चुपचाप सिटमा बसिरहेका बेला पछाडिबाट आफ्नो नाम काढेर खासखुस भइरहेको सुनेपछि उनका कान टाठा भए। सिधै पछाडि फर्कन दकस लाग्यो। झ्यालबाहिर हेरेजस्तो गरेर छड्के आँखा पछाडि डुलाए।
पछाडिको सिटमा दुई युवक रहेछन्। एकले आँखैआँखैले इसारा गर्दै भन्यो, 'ऊ त्यो अगाडिको मान्छे नारायणकाजी जस्तो छ नि!'
'काँ हुनु,' अर्कोले पत्याएन।
उनीहरू एकछिन चुप्पै रहे। नारायणकाजीको ध्यान भने ती दुई यात्रुतिरै अडिरह्यो। आँखा बाहिर, ध्यान भित्र।
एकछिनपछि पहिलो युवाले फेरि उही कुरा झिक्यो, 'हैन नारायणकाजी नै हो।'
'कुनै हालतमा होइन,' अर्कोले पत्याउँदै पत्याएन।
दुवैबीच बाजी नै पर्यो। नारायणकाजी भने एक्लै मुसुमुसु हाँसिरहे।
संयोगले ती दुईजना फर्कने स्टप अलि अगाडि नै रहेछ। माइक्रोबाट झर्ने बेला दुवैले हो कि होइन भनेर छड्के आँखा हेरे। बाजी जित्ने चाहिँ मुसुक्क हाँसेर गयो।
जबदेखि पूर्व उपप्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष श्रेष्ठ सार्वजनिक यातायातमा आउजाउ गर्न थाले, यस्ता घटना धेरैचोटि दोहोरिसकेका छन्।
'बाजी नै परेको त्यही एकताल हो, तर मलाई माइक्रो वा अरू सार्वजनिक गाडीमा सफर गरेको देखेर धेरैजना छक्क परेका छन्,' श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने।

छक्क नपरून् किन, उनले पूर्व गृहमन्त्रीको हैसियतमा पाउने पछुवा गाडी (सुरक्षाकर्मी) को सुविधाधरि लिएका छैनन्। सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टिमलाई फिर्ता पठाइदिएका छन्। तीन महिनादेखि सार्वजनिक यातायात चढेरै बैठकस्थल र विभिन्न कार्यक्रममा पुगिरहेका छन्। अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवासमा पार्टी बैठक भए आफू बस्ने हरिसिद्धिदेखि लगनखेलसम्म माइक्रोमा आउँछन्। त्यहाँबाट साझा बस चढेर लाजिम्पाट पुग्छन्।
सिंहदरबार, पार्टी मुख्यालय पेरिसडाँडा वा अन्त कतै जानु परे सार्वजनिक यातायातै चढ्छन्। काठमाडौंबाहिर जाँदा पनि सार्वजनिक बस नै उनको रोजाइमा पर्छ। कहिलेकाहीँ गाह्रै परे पार्टी नेतासँग लिफ्ट माग्छन्।
यसरी सार्वजनिक यातायात प्रयोग गर्नुलाई उनले आन्दोलनकै रूपमा लिएका छन्। भन्छन्, 'यो एउटा आन्दोलन हो।' कम्युनिस्ट पार्टीको उद्देश्य र आचरण (व्यवहार) मा देखापरेको अन्तरविरोधलाई सम्बोधन गर्न सार्वजनिक यातायात प्रयोग गरेको र पूर्वउपप्रधान तथा गृहमन्त्रीको हैसियतमा राज्यले दिएको सुविधा फिर्ता गरेको उनको भनाइ छ।
'कम्युनिस्ट नेताको जीवन पारदर्शी हुनुपर्छ भन्ने मेरो मान्यता हो,' श्रेष्ठले भने, 'सुख–सुविधा भोग गर्न तपाईंसँग पैत्रिक सम्पत्ति छ? पार्टीले गाडी चढ्न आर्थिक स्रोत उपलब्ध गराउँछ? राजनीतिबाहेक अरू कुनै पेसा–व्यवसाय छ? यस्ता प्रश्नको जायज उत्तर दिन नसक्नेले गाडी चढ्न सुहाउँदैन।'
पार्टी नेताहरूसँग ७०–८० वटा सवारीसाधन छन्, तर त्यसलाई चलाउने आर्थिक स्रोत के हो भन्ने प्रश्नको जायज जवाफ नेतृत्वसँग नभएकाले गाडी सुविधा त्याग गर्नुपर्ने उनको माग छ।
संविधानसभा निर्वाचनमा भोट माग्न जाँदा जनताले गाडीसहित सुविधाबारे प्रश्न उठाएको उनको अनुभव रहेछ। सर्वहारावर्गको नेतृत्व गर्ने पार्टीका नेताको 'धनाढ्य जीवनशैली' ले जनता दिक्क भएको मात्रै उनले अनुभव गरेनन्, त्यही कारण कम्युनिस्ट पार्टीको छवि कमजोर भएको पनि उनले महसुस गरे। त्यसपछि गाडी फिर्ता गरेर सार्वजनिक यातायात प्रयोग गर्न थाले।
'सार्वजनिक यातायात प्रयोग गरे पनि बैठकमा आजसम्म ढिलो भएको रेकर्ड छैन, म समयमै पुगेको छु,' उनी भन्छन्, 'सार्वजनिक यातायात प्रयोग गरेपछि जनता के चाहन्छन्, राजनीति र नेताबारे उनीहरूको धारणा के छ जस्ता धेरै कुरा जान्न पाएको छु, यो सबैभन्दा ठूलो उपलब्धि हो।'
गाडी सुविधा प्रयोग गर्न छाडेपछि श्रेष्ठले आफ्नो निवासमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई फिर्ता पठाए। 'सशस्त्रका आइजिपी नै आएर यो निर्णय नगर्नुहोस् भन्नुभएको थियो, तर मैले उहाँलाई चित्त बुझाएर सबै सुविधा फिर्ता गरिदिएँ,' श्रेष्ठले भने। सबै पूर्व गृहमन्त्रीको निवासमा अझै पनि सुरक्षाकर्मी छन्, तर श्रेष्ठ अपवाद बनेका छन्।
मार्क्सको भनाइ सापट लिँदै कम्युनिस्टहरू 'धर्म अफिम हो' भन्दै हिँड्छन्, तर श्रेष्ठको हरिसिद्धिस्थित निवासका पर्खालमा मार्क्स, माओ, लेनिनसहित गीता, महाभारत र चाणक्यका उक्ति पोतिएका छन्। ५० नाघेका अविवाहित श्रेष्ठ शाकाहारी भोजन खान्छन्, दैनिक योग गर्छन् र 'मर्निङ वाक' जान्छन्। 'शाकाहारी भोजन, योग र मर्निङ वाकले मलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन मद्दत गरेको छ,' श्रेष्ठको भनाइ छ।
उनको सुरक्षाबारे पार्टी नेता, सुरक्षाकर्मी, नागरिक समाज र आफन्त चिन्ता व्यक्त गर्छन्। सबैलाई उनको जवाफ छ, 'जनताको सेवा गर्ने नेताले जनतासँगै रहनुपर्छ, त्योभन्दा माथि उठेर सेवा हुँदैन। रूपान्तरण आफैंबाट गर्नुपर्छ भनेर यो 'आन्दोलन' चलाएको हुँ।'
Money, muscle ra kabja ko rajniti le singo Desh akranta bhaeko bela ma kehi udaharaniya neta ta dekha pare tara 99 percent corrupted politicians lai track ma lyauna teti sahaj chhaina. tara pani asha garaun.
ReplyDelete