Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 30, 2013

त्यो कहालीलाग्दो रातलाई कसरी सम्झिऊ ?

राजधानी दैनिकका समाचार सम्पादक/ पत्रकार गणेश बस्नेतलाई वैशाख १४ गते राती हत्या गर्ने उदेश्यसहित एउटा अपरचित माइक्रो जस्तो देखिने भ्यानले चार–चार पटक मोटरसाइकलमा आक्रामणको दुषप्रयास ग¥यो तर बालाबाल उनी बाँचेका छन् । र त, हामीसँगै छन् । तर, उनलाई आक्रामण गर्नेको पहिचान अझै हुन सकेको छैन, प्रहरीले भने अनुसन्धान गरिराखेको जनाइरहेको छ ।
थापाथली चौक मै रोकिराखेको एउटा खरानी रङ्गको भ्यानले उनलाई पहिलो आक्रामण ग¥यो, त्यसवाट उनी बालाबाल बचे । सोही भ्यानले लखेटी लखेटी हत्या गर्ने प्रयास चार पटक सम्म गरे पछि मोटरसाइकल छोडी रेलिङ नाघेर बस्नेत फुटपाथ पेटीमा गए । तब त्यो भ्यानका सवारी चालकले ‘तै बाचिस’ भन्दै पुनः भ्यानलाई थापाथली चौक तिर नै मोडेर लगे तर अझै भ्यान चाँही भेटिएको  छैन । तर, त्यो  मध्यरातमा पत्रकारलाई हत्या गर्ने त्रासदी पुर्ण घटनाले बस्नेतलाई भने अझै पनि मानशिक तनाव दिइरहेको छ । उनी त्यसलाई पुर्नजन्मको दिन भनि सम्झन्छन् ।
सो घटना सुने पछि मैले उहाँलाई राजधानी दैनिकको मुख्यालय कुपोन्डल, ललितपुरमा नै गएर भेटेको थिए । उहाँसँगै गत भदौंसम्म राजधानी दैनिकमा नै काम गरेको थिएँ । लामो समयसम्म एकै दैनिकमा काम गरेकाले पनि स्वाभाविक रुपमा आत्मिय संवन्ध थियो र हुने नै भइगयो । एउटा एफएमा उहाँको हत्या प्रयासका बारे समाचार सुने पछि कुपोन्डल, कार्यालयमा नै उहाँलाई भेटन गएको थिएँ । 
उनका अनुसार १५ गतेका लागि सम्पादकीय रुमवाट पत्रिका फाइनल भए पछि उनी डिल्लीबजार, पिपलबोटको घर जाने तयारीमा लागे । राती ११ बजे कार्यालयवाट निस्केका बस्नेतको बा१०प ४०६८ नम्बरको मोटरसाइकल पछाडी बसेका थिए, डिजाइनका भिम राई । सँगै निस्केका भाषा प्रमुख बाबुराम दाहालले एक मिनेट अघि छिटो भइदिए । बस्नेतको मोटरसाइकल कुपोन्डलबाट निस्केर डिल्लीबजारतर्फ जाँदै थियो । अचानक, थापाथली चौकमा त्रिपुरेश्वर जाने गरी एउटा भ्यान रोकिएको उनीहरुले टाढैबाट देखे ।
मध्य सडकमा स्टार्ट बन्द गरेको सो भ्यान मोटरसाइकल नजिक आए पछि अचानक स्टार्ट खुल्यो र बहकिएर त्रिपुरेश्वरतिर लागे झै गरी बस्नेतमाथी पहिलो आक्रामण मध्य चौकमा त्यो भ्यानले ग¥यो । ‘कुुराकानी गर्दै आफ्नै सुरुमा आएका थियौ तर मध्य चौकमा बत्तासिएर हामी तिर नै आएको सो भ्यानलाई मैले छले’ उनी सम्झन्छन् । 
अरु समय जस्तो त्यो दिन थापाथली चौकमा प्रहरी खटिएका थिएनन् । रात सुनसान र चकमन्न थियो । कुनै गाडी चलेका देखिएनन । त्यसको २० मिटर उत्ता त्रिपुरेश्वर जाने बाटोमा ट्राफिक प्रहरी कार्यालय छ भने थापाथलीवाट ललितपुरजादाँ वाग्मति पुलको मुखै ललितपुर प्रहरीको बिट छ । संयोग नै भन्नु प¥यो, त्यस दिन त्यहाँ प्रहरी कतै पनि देखा परेनन् ।
चार दोबाटैमा पहिला आक्रामण असफल भए पछि सो भ्यान ब्याक गरेर फेरी बस्नेतको मोटरसाइकलको पछि लाग्यो । ‘सँगै बस्ने भिमजीले मार्ने उदेश्यले फेरी भ्यान आयो भने पछि मैले बाइक मोडे र दोस्रो पटक उसको प्रयास असफल बनाई दिए’ बस्नेतले सम्झिए ।
तर पनि भ्यानले पिछा लाग्न छाडेन् । पुनः बस्नेतको मोटरसाइकलको पछि लाग्न थाल्यो, त्यो खरानी रङ्गको भ्यान । बस्नेतले मोटरसाइकल जोडले कुदाए, भ्यान फेरी पछि लाग्यो । थापाथलीवाट माइतीघर आउदाँ दाहिने मोडमा रहेको एउटा रेष्टुरेन्ट नजिक तेस्रो पटक ठक्कर दिने कोशिश ग¥यो, त्यहाँवाट पनि बस्नेत र राई उम्किए । ‘अब हामीलाई पक्का भो कि यसले ठक्कर दिएर मार्न भनेर त्यो भ्यान कुरेर बसेको रहेछ भन्नेमा’ बस्नेत सम्झन्छन, ‘राष्ट्रिय बाणिज्य बैंक नजिक पुगे पछि मोटरसाइकल सडकमै छोडेर रेलिङ नाघ्दै पेटीमा गयौं ।’ तब, भ्यान चालकले जतावाट पिछा गर्दै आएको थियो, रेलिङ नाघेर बस्नेत र राईले सुरक्षित हुने कोशिश गरे पछि चालकले ‘तै बाँचिस’ भन्दै जतावाट लखेटदै आएको थियो, भ्यान मोडेर उत्तै थापाथली तिर लग्यो । बस्नेतका अनुसार, सो भ्यानमा मोटो मोटो अनुहार भएको एकजना चालक मात्र देखिएका थिए ।
त्यही बेला हत्या गर्ने उदेश्यले आएको सो भ्यानको नम्बर राईले टिपे– बा. ८ च. ४७०६ । थापाथली तिर पुनः मोडिएको भ्यान त्यसपछि भने फर्केर आएन । कता गयो, पिछा पनि उनीहरु लागेनन् । आक्रामणकारी भ्यानको नम्बर टिपे पछि बस्नेत र राईले सम्भावित खतरालाई नजरअन्दाज गर्दै त्यो ठाउँलाई तुरुन्तै नै छाडिदिए र मोटरसाइकल लिएर विलम्ब नगरी हिडे । सिंहदरवार बैद्यखानामा पुगे पछि बस्नेतले नेपाल प्रहरीको १०० नम्बर टोल फ्रिमा जानकारी गराए र सँगसँगै ट्राफिक प्रहरीको १०३ मा पनि । र, प्रहरी कै केही उच्च पदस्थ अधिकारीलाई पनि ।
प्रहरीले अनुुसन्धान सुरु ग¥यो । जुन नम्बर टिपाएर अनुसन्धान अघि बढाइएको थियो,सो नम्बरको गाडी भोलीपल्ट भेटियो, डिल्लीबजारमा । ‘हामीलाई आक्रामण गर्ने गाडी त ठुलो थियो तर त्यो नम्बर भएको गाडी त सानो पो छ’ बस्नेत भन्छन, ‘आक्रामण गर्न आउँदा नै नक्कली नम्बर प्लेट राखेर आएको त डिल्लीबजारको त्यो सानो गाडी देखे पछि नयाँ रहस्य खुल्यो ।’ आक्रामण गर्ने गाडीको नम्बर मिले पनि गाडीको आकार नमिले पछि अनुसन्धान मै पुनः समस्या देखियो ।
अब एउटा मात्रै अनुसन्धानको बाटो बाँकी छ, त्यो हो थापाथली चौकमा राखिएको सिसिटिभीमा गएर भिडियो फुटेज हेर्ने । बस्नेतले मंगलबार हनुमानढोकास्थित अपराध अनुसन्धान शाखामा गएर सिसिटिभीमा देखिएको फुटेज हेरेर फर्किएका छन् । ‘हनुमान ढोकामा गएर सिसिटीभिको फुटेज हेरे, बालाबाल पो बाँचिएको रहेछ’ उनी भन्छन, ‘तीन÷चार सेकेन्ड मात्र मोटरसाइकल छिट्टो नचलाएको भए म यो संसारमा रहने रै’नछु, काल नआइ मान्छे त्यसै मर्दैन भन्नेमा विश्वास फुटेज हेरे पछि गरेको छु ।’ अपराध अनुसन्धान महाशाखाका एसएसपी प्रद्युम्न कार्कीले चाँडो भन्दा चाँडो ‘अपराधीलाई कठघरा’मा उभ्याउने बचन दिए पछि बस्नेत काममा फर्किएका छन् ।
उनी अझै यो अनुमान नै गर्न सकिरहेका छैनन कि आफ्नो हत्याको प्रयास किन भइरहेको छ ? ‘मेरो हत्या नै गर्नुपर्छ भन्ने कुनै कारण छन भन्ने त मलाई अझै लाग्दैन’ बस्नेत भन्छन, ‘तर, किन यसरी गाडीले हानेर मार्न खोजियो, मैले केही सोच्न पनि सकिरहेको छैन् ।’ अरुको हत्या गर्ने प्रयास गर्दा, कतै भुलबस त्यसमा बस्नेत त परेनन ? भन्ने ठाउँ चाँही अझै छ । उनको हत्या प्रयासको बिरुद्धमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायत पत्रकार आवद्ध संघ संस्थाले आपत्ति जनाएका छन् । र, हत्याको प्रयास गर्ने अपराधीलाई कठघरामा उभ्याउन माग पनि गरेका छन् ।
जे र जुन सुकै उदेश्यले बस्नेत हत्याको प्रयास गरिए पनि त्यो निन्दनिय नै छ । त्यो खेदजनक नै छ । पत्रकारलाई मार्ने प्रयास गरेर तर्साउने अपराधिक प्रवृतिको घोर भत्सर्ना र बिरोध गर्नुपर्छ, गरिएको छ । खैर, बस्नेतले दोस्रो जीवन पाएका छन, यसमा चाँही हामीले सन्तोष नै मान्नु पर्ने देखिन्छ । यद्धपी, प्रहरीले अनुसन्धान गर्दैछ, अनुसन्धानको रिजल्ट कुर्नको बिकल्प पनि त हामीसँग छैन ।







No comments:

Post a Comment