Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, May 1, 2013

हिजो चाँही "राँची जाने" र आज चाँही हाँसी जाने ?

यो तस्बिर हेरे पछि केही कुरा लेख्यौ कि नलेखौ भन्ने लागिरहयो । दोधार हुदाँ हुदै किबोर्डमा हात बढयो । लौन त लेख्यौ भन्ने लाग्यो । लौ त लेखे है, मनले जित्यो किनभने राजनीतिमा स्थायी शत्रु हुदैन भन्ने कुरा यो तस्विरले देखाइरहेको थियो ।
सल्यान हो कि कता पुगेर सेतो इस्टकोट लगाउने एकीकृत माओवादी अध्यक्ष प्रचण्डले ‘मुलुकमा एमाले भन्ने पार्टी नै छैन’ भनिदिए । उनको त्यो बेला भनाई थियो, ‘यो मुलुकमा कि कांग्रेस छ कि एमाओवादी मात्रै छ ।’ भोट यी दुई पार्टीलाई मात्र दिनु होला भनेर उनले सार्वजनिक रुपमा जनतासँग आग्रह नै गरे । जुन दिन कांग्रेस सभापति सुशिल कोइरालालाई लिप्mट दिएर नेपालगञ्ज लगेका थिए ।
तर, एमालेलाई करिब १५ बर्ष हाँकेका माधव कुमार नेपाललाई प्रचण्डको कुरामा निकै झोक चल्यो । भनिदिए– ‘मुलुकमा एमाले नदेख्ने प्रचण्डलाई राँची लानुपर्छ, नेपालमा त्यसको उपचार सम्भव छैन् ।’ भारतमा राँची भन्ने एउटा प्रसिद्ध ठाउँ छ, जहाँ मानशिक सन्तुलन बिग्रिए पछि उपचारका लागि त्यहाँ लगिने गरिन्छ । त्यही ठाउँको कुरा जोडेर सर्लाहीमा नेपालले भनिदिए ।
नेपालको कडा आपत्ति आए पछि प्रचण्डले फेरी आफुलाई सच्याउँदै भने, ‘मैले एमाले छदै छैन भनेर बोलेको नै हुईन, कांग्रेससँग मिलेर जाने भए पछि एमाले कसरी कम्युनिष्ट पार्टी भयो भनेर ? प्रश्न मात्रै उठाएको हुँ ।’ कांग्रेससँग मिलेर जाने चाँही कम्युनिष्ट पार्टी नहुने भन्ने प्रचण्डको स्पोष्टोक्ति आयो । तर, कांग्रेसलाई भोट नै माग्ने प्रचण्ड चाँही कम्युनिष्ट हुन कि होइनन ? त्यो चाँही उनले नै जवाफ दिएनन् । यसको प्रतिक्षा गर्नुको बिकल्प छैन् पनि । 
जे होस, प्रचण्ड र माधव नेपालको सो हानाहानले दुई साता मिडिया र चियापसलमा निकै चर्चा कमायो । तर, आज बिहान बिराटनगर बिमानस्थलमा उनै प्रचण्ड र माधव नेपाल मुसुक्क हाँस्दै देखा परे । यो तस्विर हेर्दा, प्रचण्ड केही भन्न खोज्दैछन, नेपाल भने ध्यान पुर्वक सुनिरहेका छन भन्ने देखाउँछ । तर, त्यहाँ कुरो के थियो ? त्यो उनले नै जानुन, हामीले त तस्बिर मात्रै हेर्ने हो । सत्य चाँही स्थापित नै भएर छाड्यो, राजनीतिमा स्थायी शत्रु र मित्र हुदैन भन्ने कुरा यो तस्विरले फेरी देखायो ।
अझ, यसलाई ध्यानपुर्वक हेर्ने हो भने यहाँ अचम्मका दृश्य अरु पनि छन् । कुुरा सुरु गरौं, प्रचण्ड पुत्र प्रकाश दाहालवाट नै । अर्काकी श्रीमती भगाएर तेस्रो बिबाह गरेको आरोपमा ‘पार्टीको कारबाही’ भोगेका प्रकाश दाहाल पहिलो पटक पार्टीको कार्यक्रममा अनुहार देखाउन पुगेका छन् । लामो समयसम्म दिल्लीमा लुकेर बसेका प्रकाशको कारवाही केही अघिमात्र फुकुवा भएको थियो तर सार्वजनिक कार्यक्रममा भने उनी कतै देखिएका थिएनन् । बुधवार, बिराटनगर विमानस्थलमा भने पिता प्रचण्डसँगै पछि लागेर गएको दृश्य देखियो ।
अर्को दृश्य पनि रमाइलै छ, माधव नेपालको एमाले छोडेर भर्खरै प्रचण्डको माओवादीमा गएका रामचन्द्र झा पनि सँगै देखा परेका छन् । हिजो माधव नेपालसँग कुममा कुम मिलाएर हिडेको तर आज प्रचण्डसँग घाँटी जोडन पुगेका झा चाँही नेपाल–भारत दुवै तिर नागरिकता लिएर बस्ने ‘साहसी र क्रान्तिकारी’ नेता हुन् । हिसिला यमी भन्दा दायाँ तिर सानो झोला बोकिरहेको देखिएका झा र नेपाल विच कुराकानी भयो कि भएन ? त्यो चाँही यसै भन्न सकिन्न । तस्विर हेर्दा लाग्छ, प्रचण्ड र माधव नेपाल तिर उनले हेर्न नसकेको जस्तो देखिन्छ् । संकोच माने माने जस्तो अनुहारको भावले देखाइरहेको छ । लाग्छ, माधव नेपाल भएर उनलाई त्यहाँ निकै गा¥हो भइरहेको छ ।
अर्को दृश्य पनि यहाँ रमाइलै छ । प्रचण्ड चीन जाँदा विमानस्थलमा पु¥याउन नगई रामेछाप तिर लागेका पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि आज चाँही सँगसँगै देखा परेका छन् ।
लडाकु र शिबिरमा भएको घोटला छानबिनको अनुमति दिए पछि भट्टराईसँग प्रचण्डले असहमति जनाएका थिए रे  प्रचण्डले आफुलाई सोध्दै नसोधी तथा बर्षमान पुनले असहमति राख्दा राख्दै सो घोटला छानबिनका लागि अनुमति दिएको भन्दै प्रचण्डले भट्टराईसँग असहमति राखेको सुनिएको थियो । सोही कारण भट्टराई प्रचण्डबिच दरार उत्पन्न भएको थियो । परिणाम, बिमानस्थलमा अध्यक्षलाई छोडनुको सट्टा भट्टराईले रामेछापमा कार्यक्रम बनाएर गएका हुन भनेर प्रचण्ड निकट केही नेताले सुनाएका थिए ।
आ–आफ्ना पार्टी निकट मजदुर सभालाई सम्वोधन गर्न एमाले र माओवादीका सवै नेता बिराटनगर पुगेका हुन् । बिमानस्थलवाट छुट्टिए पछि फेरी एक अर्कालाई गाली गर्लान । ‘माओवादी भन्दा एमाले राम्रो, एमाले भन्दा माओवादी राम्रो’ नै भन्लान ।  तर, नेताहरु मिलेर गएको नै राम्रो, मिलेर कुनै काम गरेको,  झगडा गरेर देश विगार्नु भन्दा कता कता ।






 

No comments:

Post a Comment