Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, April 29, 2013

ठुला नेता नै "बुहारी"मा झगडा गर्ने, हामी किन दंङ्ग नपर्ने ?

निकालिएको विज्ञप्ति भनेको यही थियो ।
देशमा संविधानसभा निर्वाचनको माहौल बन्दै गएको छ । जेठ १३ गते मिनि जनमत संग्रहको रुपमा लिइने स्वबियु निर्वाचन हुदैँछ । त्यसका लागि विद्यार्थी नेताहरु रातो दिन खटिरहेका छन् । यस्तै, कान्तिपुर डेन्टल कलेजमा स्वबियु काउन्सिलको निर्वाचन भयो, जसमा अच्युत भट्ट भन्ने एकजना बिद्यार्थी नेताले सभापतिमा जिते । तर, भट्टले सभापतिमा जिते पछि एमाले निकट अखिलका अध्यक्ष माधव ढुंगेल र एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भट्टलाई आफ्नो पक्षको नेता भन्दै फेसबुकवाट बधाई दिए ।
जित्ने ब्यक्ति एकजना तर आफनो भन्दै दावी गर्ने संगठन भने दुईवटा । अब प¥यो फसाद । शर्माले भट्टकै नाममा तीनवटा स्टाटस लेख्नु प¥यो, ढुंगेलले भने दुईवटा तर पनि बिजयी अध्यक्ष कुन संगठनको हो खुल्न सकेन् ?
ढुंगेल पनि मेरै भन्छन, शर्मा पनि मेरै भन्छन । हुदाँ हुदाँ प्रचण्ड पुत्र पनि एमाओवादी कै हुन भट्ट भन्छन् । अब कसको कुरा पत्याउने रु झन त्यसमा जोडिन आइपुगे, अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने पनि । अस्ती राती देखी हिजोसम्म पनि भट्ट कुन संगठनको हो भनेर खुलेन् । तर हिजो साँझ अनलाईन (यहाँ क्लिक गर्नुहोस) खबर ले एउटा समाचार छाप्यो, जहाँ भट्टले भनिदिए– ‘म माओवादी होइन, म अखिल क्रान्तिकारीमा छुइन, म एमालेको अखिलवाट बिजयी भएको हुँ ।’ आज साँघु साप्ताहिकमा उनले मोबाइल नै टिपाएका रहेछन, सोधपुछ गरे सवैले जानुन भनेर ।
हिमाल शर्माले त भट्टले त बिज्ञप्ति निकालेर माओवादी भएको स्विकार गरे भन्ने पनि लेखे । उनले विज्ञप्ति पढन पनि सुझाए तर विज्ञप्ति निकाल्ने चाँही दुई जना मात्र देखिए । त्यो पनि सो कलेजका अध्यक्ष जितेन्द्र राय यादव र सचिव रामकुमार अधिकारी हुन, जो क्रान्तिकारी  इकाइका नेतामात्र हुन्् । हिमालले भने झै जित्नेको विज्ञप्ति कतै पनि आएको पाइएन । जे होस, स्वबियु निर्वाचनमा भएको यो तमसा भने कहिल्यै देखिएको थिएन । जे होस, दोस्रो संविधानसभाको मुखमा यो दृश्य देखियो । ठुला नेताका भ्रमपुर्ण कुराले केही अलमलाए पनि सत्य छुपेन । बाहिर आयो । बोली कति महंगो हुन्छ भन्ने कुरा सवैले वुझ्न जरुरी छ ।
हेरौ न त भट्टले रहस्य खोल्नु भन्दा अघि दुई अध्यक्षले राखेका स्टाटस र त्यसमा आएका प्रतिक्रिया कस्ता कस्ता थिए र कस्तो अन्यौलता सिर्जना गरेको थियो भनेर हामी पनि हेरौ न त ?

@ हिमाल शर्माले सुरुमा राखेको स्टाटसस् @
हिमाल शर्मा
स्ववियु विजय यात्राको क्रान्तिकारीले खाता खोल्यो, कान्तीपुर डेण्टल कलेज बसुन्धारामा भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) प्रचण्ड मतले विजयी भएको छ । स्ववियु सभापती अच्युत भट्ट सहितको आिखल क्रान्तिकारीको प्यानल ले जीतेको छ । बधाइ छ, बीजेता टिमलाई ।
स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
# निमा राईले लेखिनः  माऊ पार्टिका अध्यक्षलाई पनि राँची लानु पर्ने छोरा पार्टिका अध्यक्षलाई पनि राँची नै लानु पर्ने अवश्था त होईन र तर मानवको दिनमा एकपटक दिमाग खराव अवश्य हुन्छ रे !
#  नेकपा एमाले युवा अभियान: झूट बोलेर नथाक्ने एमाओबादीको विधार्थी नेता हिमाल पनि बौलाएछ।।।। कान्तिपुर डेन्टल कलेज मा क्रान्तिकारी ले होइन एमाले अखिल ले ११९ मत ले जितेको हो। क्रान्तिकारी को जम्मा ४९ भोट आएको हो। सम्पूर्ण प्यानल सहित अखिल भरि मत ले विजय भएको हो ।
# कबि इन्द्रले लेखेको प्रतिक्रियाः  अच्युत भट्ट कुन संगठनका हुनर ? सबैले हाम्रो संगठनको भन्दै गरेको देखेको छु त । जुन संगठनको भए पनि अच्युत जीलाई बधाई ।
# मातृका तिमल्सिनाले लेखेका छनः एमाओवादीका नेताहरुलाई अचेल जतापनि आफु मात्रै देख्ने अनौठो रोग लागेकी क्या हो ।कानितपुर डेण्टलमा स्टुडेण्ट काउन्सीलमा एमाले अखिल जित्दा पनि आफु जितेको देखेटन् । यस्ता अनौठा जटिल रोगको उपचार नेपालमा सभ्मव हदैन होला बरु उपचारका लागि उतै दिल्ली तिर जानेकी ।
# के आर सिलवालले दावी गर्छनः मेरो बधाई निरन्तर आइरहनछ फटाह र गदारिको देस होइन, यो क्रान्तिकारी को देस हो र क्रान्तिकारी को बिजय पनि हो यो जाली हरुलाई ज्वलन्त उदहारण हो यो
# गंगा प्रसाद पौडेलेको प्रतिक्रिया: चुनाउ जीतने एमाले, बधाई दीने माओवादी । हा हा हा !!!
# श्रवण घिमिरे: मुजी माओबादीको कस्ले बिस्वास गर्ने ? अखिलको जितलाई त आफ्नो जित भन्छ, कम्तिमा हारलाई त स्विकार्ने क्षमता राख्नु नी !!

@ हिमाल शर्माले त्यसपछि पुनः राखेको स्टाटसस्@ 
एमालेका साथिहरुलाई अच्युत भटट्ले धेरे पहिले एमाले अखिल छोडी अखिल क्रान्तिकारीमा प्रवेश गरेको पत्तै रहेन छ । सवैजना पुरानो हाडी ढुकेर वसिरहन्छन् भन्ने भ्रम त्यागौ मित्रहरु ।
यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
#  हिमाल शर्माले फेरी दावी गरे:  कान्तीपुर डेन्टल कलेज मा भएको स्ववियु निर्वाचनमा विजयी भएका अखिल क्रान्तिकारीका स्ववियु सभापती सहितका टिमले फैलाइएका भ्रमहरुलाई चिर्दै प्रेस विज्ञप्ती जारी गरेका छन
# हिमालय तिवारीः  प्रेस बिज्ञप्ती खोइ त हिमाल जी ?
#  नेकपा एमाले युवा अभियानः हिमाल शर्मा अब चाहि साच्चिकै बौलाएछन।।।।हा हा हा हा अच्युत भट्ट एमाले अखिल kathamandu univercity कमिटीको उपाध्छ्य हुन ।।।
# बेन्जी रिजाल: होइन अलिकति लाज पनि लग्नु पर्ने हो एमालेका मित्र हरु लाई कि अब आफ्नो सतह धोस्त हुन लागेकोले हंस ले ठाउँ छोड्यो, अनि सबै आफ्नो देख्न थाल्यो ? कि नपुंसकता को परकास्ट हो ?

@ हिमाल शर्माको तेस्रो स्टाटस फेरी आयो @  
थिए कुनै वेला अनेरास्ववियुमा उनी । त्यो सत्य हो । ८ महिना देखी क्रान्तिकारीमा छन् । माधाव जी ले फोन गर्दा उहा म संगै हुनुहुन्यो । किन दिग्दार पार्नुहन्छ छोडेकालाई । अहिले जीतेका २ सदस्य वाहेक सवै जना क्रान्तिकारीको कमिटीमा हुनुहुन्छ ।
यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
# महेश्वर फुयाँल: माधवे झुट वोल्दै छ ।
#  नरेन्द्र केसी: भनेपछि यस पटकको स्ववियु चुनावको प्रतिष्पर्धा अलिअलि फेसबुकाँ नि हुने भयो !
# प्रकाश दाहाल र सुर्य सुशान्त:  हुँदा हुँदै एमालेले अरुको उमेद्द्वार र जित आफ्नो देख्न थाल्यो ! कतै अखिलका माधव ढुंगेल एमाओबादीमा प्रवेश गरे ?  लहरै चलेको छ एमालेका एमाओबादीमा प्रवेश गर्ने ! जे होस् माधव ढुंगेललगायत सम्पूर्ण अखिलका साथि हार पचाउन झुटको खेति गर्न थालेछन । बेलैमा सचेत हुन जरुरि छ !!
# हिमाल शर्माले फेरी भने:  मित्रहरु भट्टले अहिले एमाले हु भनेको पुष्टी गर्नुस् । क्रान्तिकारी हैन भनेका छैनन् । त्यो त माधव जीको कुरा मात्र हो ।
# हरी पन्थीले जवाफ लेख्दै भनेः तपाईले क्रान्तिकारी भएको पुस्टी गर्नुस् न, हिमाल जी ! उनलाई नै फेसबुकमा स्टाटस लेख्न लगाएर वा बिज्ञप्ती लेख्न लगाएर यत्रो बिबाद किन र?  सजिलो उपाय हुँदा पनि..
# संगिता नेम्वाङः कश्को कुरा पत्याउने। आखिर सबै उरेनठेउलाहरू हुन। 
#  अबिरल यात्रीः अघिल्लो संबिधान सभाको जित पनि कहाँ स्वीकारेको छ र एमालेहरुले त्यस्तै यो पनि ! भोलि मदेशमा रामचन्द्र जीले जित्दा पनि यस्तै भन्ने छन
# सुबास भट्ट:  िगद्द पाटी मा नजानुस् है भट्ट जि !!

 ###############################################################################
माधव ढुंगेल
एमाले निकट अखिलका अध्यक्ष माधव ढुंगेलको पहिलो स्टाटस यस्तो थियो,
बैशाख १२ गते कान्तिपुर डेन्टल कलेजमा स्टुडेन्ट काउन्सिलको निर्वाचन सम्पन्न भयो... अनेरास्ववियु काठमाण्डौ विस्व बिद्यालय कमिटिका उपाध्यक्ष अचुत भट्ट सभापति सहित सम्पूर्ण प्यानल विजय भएका छन् ... यस पालिको निर्वाचनमा अखिलले खाता खोल्यो... बधाई छ सबै साथीहरुलाई ....
सभापति: अचुत भट्ट
उप सभापति: जितेन्द्र यादब
सचिव: कुमार अधिकारी
सहसचिव: प्रकाश कुमार पाण्डे
कोषाध्यक्ष: निकिता रिमाल
सदस्यहरु: आरिफ करिम,निश्चल कुवर,करुण पुडासैनी,सन्तोष ढकाल,सरोज श्रेष्ठ,......... 11 सदस्यीय

यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?

# मुकेश धमलाः बधाई छ , बिजयी सुरुवात केयु बाट भएकाले अब केयुलाई बिशेस रुपले हेर्न केन्द्रीय कमिटीलाई आग्रह
# नबिन गौतमः होइन कान्तिपुर डेन्टल कलेजमा त अखिल क्रन्तिकारीले पो प्यानल विजय भयको भन्ने छ, हिमाल शर्मा को फेस बुक मा के हो अचुत भट्ट कता पट्टि का हुन् ?
# दिबस रेग्मी:  के हो माधब दाई हिमाल ले त अखिल क्रान्तिकारि बिजय भयो भन्दै छन् त ?  
# जितेन्द्र दाहालः होइन जितेको चै कसले हो हिमाल शर्माले हामीले प्यनल नै जित्यो भन्छन त !
# प्रकृति अधिकारीः यस्तो पनि हुन्छ र ? हिजो अनेरास्ववियुका अध्यक्ष माधव ढुँगेल र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले फेसबुकमा पोस्ट गर्नुभएको जानकारी भ्रमपूर्ण देखियो । दुवैले कान्तिपुर डेन्टल कलेजमा स्टुडेन्ट काउन्सिलको निर्वाचनमा आफ्नो संगठनका तर्फबाट सभापतिको उम्मेदवार बनेका अच्युत भट्ट सहित विजयी यात्राको खाता खोलेको दावी गर्नुभएको छ । अच्युत भट्ट निश्चय पनि एमाले र एमाओवादी समर्थित विद्यार्थी होइनन् होला । त्यसैले यस्तो भ्रमपूर्ण दावी नगर्दा संगठनलाई राम्रो हुने थियो । होइन र ?  
# हिमाल शर्माले नै लेखिदिएः साथिहरु अच्युत भटट्ले धेरे पहिले एमाले अखिल छोडी अखिल क्रान्तिकारीमा प्रवेश गरेको पत्तै रहेन छ । सवैजना पुरानो हाडी ढुकेर वसिरहन्छन् भन्ने भ्रम त्यागौ मित्रहरु ।
# हिमाल शर्माले फेरी पनि ढुंगेलको स्टाटसमा लेखेः  थिए कुनै वेला अनेरास्ववियुमा उनी । त्यो सत्य हो । ८ महिना देखी क्रान्तिकारीमा छन् । माधाव जी ले फोन गर्दा उहा म संगै हुनुहुन्यो । किन दिग्दार पार्नुहन्छ छोडेकालाई । अहिले जीतेका २ सदस्य वाहेक सवै जना क्रान्तिकारीको कमिटीमा हुनुहुन्छ ।
# सजन शिलवालले लेखेः हिमाल शर्मा कमरेड ले कुनै बेला माधव ढुंगेल लाई पनि अखिल क्रान्तिकारी नै हो भन्नुहुन्छ कि जस्तो लाग्यो मलाई त ... हिमाल शर्मा ले चाही किन बुजेर नि लाज पचाउनु भाको होला ???  म त छक्क परे .....यदि उनलाई येस्तै ईच्छा छ भने अनेरास्वबिउ मा हामी स्वागत गर्न तयार छौ भन्दा ठिक्कै होला भन्ने मलाई लाग्छ.....उनि जस्तो व्यक्ति ले जे आयो त्यो नलेख्दा राम्रो ।।

@ माधव ढुंगेलको पुनः राखेको स्टाटस यस्तो थियो@
कान्तिपुर डेन्टल कलेजको निर्वाचनमा अनेरास्वबियुका काठमाडौं विस्व बिद्यालय कमिटिका उपाध्यक्ष वा हाल कार्यबाहक अध्यक्ष अचुत भट्ट सभापति भएको टिम भारी मतले निर्वाचित भएको हो । हिमाल जी भ्रममा नपर्नु होला अचुत कहिल्यै अखिल क्रतिकरिमा प्रबेस गरेका छैनन् । हाम्रो विस्व बिद्यालय कमिटिको नेताको बारेमा यो भ्रम नपारी दिए राम्रो हुन्थ्यो कि....?

यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
# हिमाल शर्माले तुरुन्तै प्रतिक्रिया दिदै लेखेः थिए कुनै वेला अनेरास्ववियुमा उनी । त्यो सत्य हो । ८ महिना देखी क्रान्तिकारीमा छन् । माधाव जी ले फोन गर्दा उहा म संगै हुनुहुन्यो । किन दिग्दार पार्नुहन्छ छोडेकालाई । अहिले जीतेका २ सदस्य वाहेक सवै जना क्रान्तिकारीको कमिटीमा हुनुहुन्छ ।
# सुजन अमगाईः हाहाहा म कस्को बिस्वास गरुँ भई राखेका थिए अहिले चाँहि हिमाल दाजुले प्रश्ट पारिदिनुभो् र किन भ्रममा पार्नुहुन्छ र कतिदिन टिक्छ यस्ता भ्रम ?
# नबराज राईः  भट्ट भन्छ: म माओवादी होइन, भट्टले क्रान्तिकारीको समेत मत पाएर चुनाव जितेपछि आफू एमाले अखिलको नेता भएको दाबी गरेका छन् । ‘म अनेरास्ववियूको काठमाडौं विश्वविद्यालय कमिटीको कार्यवाहक अध्यक्ष हुँ ।’ – भट्टले अनलाइनखबरसँग भने ‘म माओवादी वा अखिल क्रान्तिकारी हैन ।’
# सलिम अन्सारी आरजेः प्रचण्डका चेला चक्करहरुको होश गायब भय जस्तो छ अब एमाले निकट अखिलले अब हुने स्वबियु निर्बाचनमा देशभरका क्याम्पसबाट हामीलाई बढार्छ भनेर। साता आईज साता आईज कमरेड हिमाल शर्मा। अब राचीँका लागी यात्रा तय गरे हुन्छ हिमाल जी तपाईले पनी !!!
# योगेश आचार्यलाई झोक चल्योः खास कुरा के हो, भट्ट जी नै बोल्नु पर् !!!
# जनक बोहोराः अहिले माओवादीरुमा गम्भीर रोग देखा परेको छ त्यसैले सबैलाई राचीमा चेकजाच गरेर भारत भ्रमण सफल पारे बेस होला प्रचण्ड कमरेड..... कसो हिमाल ?
# गंगाप्रसाद पौडेलः हीमाल सर पहीले अखील छैटौँ, अनी एमाले अखील, फेरी माले अखील, अहीले एमाओवादी अखील ... धैरै हनडर खाएको नेता हो ।
# बालकृष्ण पाण्डेः अखिल क्रान्तिकारीका हिमाल कमरेड अर्काको ब्यक्तित्वमाथि किन खेलेको तपाई ? के सोचेको अच्युत भट्टलाई ?  काठमाडौ विश्वविद्यालयको कावा हुनुहुन्छ वहाँ अनेरास्ववियुको अनि वहाँ हाम्रो पनि नेता हो ?  अध्यक्ष जस्तो भएर जे पायो त्यहि बोल्ने काम नगरौं हुन त एनेकपा माओवादीका सबै नेता त्यस्तै हुन राँची लैजान पर्ने !!!
# आँशु पोखरले विशालः सत्य जहिले पनी सत्य हुन् छ किन झुट बोल्नु हिमाल जि ?

@ सोमवार राती माधव ढुंगेलले लेखेको अन्तिम स्टाटस@ 
हिमालजी अनेरास्वबियू काठमाडौं विश्वविद्यालय केन्द्रिय कमिटिका कार्यवहाक अध्यक्ष अच्युत भट्टको मोबाइल नम्बर ९८५११–७३००६ हो, उनी कहिल्यै अनेरास्वबियू छाडेका छैनन, मसँग अच्युत नियमित सम्पर्कमा छन् , उनी एमालका संगठित सदस्य पनि हुन्, हिमालजी, सुचना गलत भयो वा अच्युत भन्ने अरु कुनै साथीको नाममा भ्रममा प¥यो ? दावी गरिरहनु भन्दा तथ्य वुझ्दा राम्रो हुन्छ

################################################################################
यो बहस दुई अध्यक्षमा मात्र सिमित भएन त्यसमा जोडिन आइपुगे अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष लेखनाथ न्यौपानेः
सरकारी अखिलले एमाले अखिलको विजयी स्ववियु सभापति चोर्न खोज्दै गर्दा पक्राउ परेको खवर छ ।
लेखनाथ न्यौपाने

यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
# अजयवाबु भारद्धाजले जिज्ञासा राखेः कहाँको के कुरा प्रष्ट पार्नुसन हो धेरै वुझिएन ?  
# तारा थापाले लेखेः बिचरा हिमाल, राजिनामा दिएर छोरालाई प्रेसिडेन्ट बनाउनुस बरु छोरो ले चलाउल राम्रो अलि बुझेर
#  बिकिल स्थापितले लेखेका छनः सरकारी अखिल भन्दा एकमुष्ट एमाओवादीवाला भन्ने बुझियो ! नत्र त प्रचण्डे अखिल, बाबु अखिल, काजी अखिल भनेर चिनाउनु पर्थ्यो । बिजोग हुन्थ्यो नि !!! हाहाहाहाहाहा...
###################################################################################

हुदाँ हुदाँ प्रचण्ड पुत्र प्रकाश पनि आइपुगे, यो बहसमा उनले स्टाटसमा लेखे: 
प्रकाश दाहाल
हुँदा हुँदै एमालेले अरुको उमेद्द्वार र जित आफ्नो देख्न थाल्यो, कतै अखिलका माधव ढुंगेल एमाओबादीमा प्रवेश गरे ?  लहरै चलेको छ एमालेका एमाओबादीमा प्रवेश गर्ने ! जे होस् माधव ढुंगेललगायत सम्पूर्ण अखिलका साथि हार पचाउन झुटको खेति गर्न थालेछन । बेलैमा सचेत हुन जरुरि छ.. sharee this
 यो स्टाटसमा कसले के प्रतिक्रिया दिएका थिए त ?
# शिशिर घिमिरे:  भट्टले क्रान्तिकारीको समेत मत पाएर चुनाव जितेपछि आफू एमाले अखिलको नेता भएको दाबी गरेका छन् । ‘म अनेरास्ववियूको काठमाडौं विश्वविद्यालय कमिटीको कार्यवाहक अध्यक्ष हुँ ।’ – भट्टले भने ‘म माओवादी वा अखिल क्रान्तिकारी हैन ।’
#  प्रेम घिमिरे: प्रकाश जी,,सत्य के हो ? कतै यो समाचार पनि "पारस शाहूलाई श्रद्धान्जली" दिएको जस्तो नहोस। भट्टले आजको साघु साप्ताहिकमा आफ्नो मोबाइल न समेत दिएर तपाईंहरुको यो समाचारको खण्डन गरेका छन। र, उनले आफु एमाले अनेरास्वबियु सम्बद्ध काठमाडौं विश्वबिद्यालय कमिटिको कार्यबाहक अध्यक्ष समेत रहेको जानकारी गरएका छन।
# प्रकाशको स्वीकारोक्ति: अच्युत भाईलाइ अखिलले धम्काएको छ !!!

अझै सम्म अच्युतले म यो संगठनको भनेर बोलेको देखिएको छैन । भट्टले चाँही के लेखेका छन भनेर उनको फेसबुक खोजे तर पाइन् । हिमालजीले द¥हो प्रमाण पेश गर्न सकेको देखिएन, बरु उनका दाबी बिस्तारै कमजोर हुदै गएको उनका फेसबुकले नै स्टाटस देखायो । केही हदमा ढुंगेलको दावीमा दम छ ।
जे होस, नेपालको राजनीतिमा यस्ता अनौठो दृश्य देखियो, अझै देखिएला । एउटा ब्यक्तिका नाममा झगडा गर्ने र लफडा निकाल्ने सवै नेता र उनका समर्थकहरुको जय नै होस् । कानले कान लग्यो भन्दै कागको पछाडी कुद्नु भन्दा आफ्नो कान समाउनु बढी सान्दर्भिक हुने देखियो ।

No comments:

Post a Comment