Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, April 26, 2013

जेपी गुप्ताले राष्ट्रपतिलाई भने, ‘यो निर्धोको मन रोएको छ’

जयप्रकाशप्रसाद गुप्ताका बारे ब्लग नलेखिएको धेरै भएछ, जब उनले जेलवाट निस्केको डेढ महिना भएको फेसबुकमा लेखेर स्मरण गराए पछि लेख्नु पर्ने भन्ने लाग्यो । गत चैत ५ गते उनी सदरखोर, डिल्लीबजार जेलवाट मुक्त भएका हुन्, भ्रष्टचारको आरोपमा करिब १८ महिनाको जेल जीवन गुजार्दै ।
उनीसँगै सदरखोरमा भ्रष्टचारकै आरोपमा कांग्रेस नेता खुमबहादुर खड्का र अपहरणको आरोपमा सदभावनाका नेता श्यामसुन्दर गुप्ता अभै पनि त्यही छन् । गुप्ता भन्दा केही समय अघि मात्र निस्केका कांग्रेस नेता चिरञ्जीवि वाग्ले कता छन्, अत्तो पत्तो छैन् । वाग्ले कहिले तपोवन पुगेको सुनिन्छ त कहिले त्रिवेणी धाम । लाग्छ, वाँकी जीवन वाग्लेले धर्मकर्म र अध्यात्मिक क्षेत्रमा गुजार्नेवाला छन् ।
तर, गुप्ता भने निकै ज्याद्रो नेताको रुपमा देखा पर्दैछन् । जेलमुक्त भएकै भोली पल्ट पत्रकार सम्मेलन गरी उनले भनेका थिए– तराई मधेस राष्ट्रिय अभियानमा जानेछु । नभन्दै उनी निस्किए, डेढ महिना देखी उनी तराई मधेसमा नै छन् । जेल मुक्त भए पछि उनले दुईवटा उल्लेखनीय काम गरेको देखिन्छ– पहिलो, गुप्तामा काठमाडौंमा नबसी जागरण अभियानको नाममा देश दौडाहामा लागे र दोस्रो, सर्बोच्च अदालतमा निर्वाचन क्षेत्र पुर्नसंरचना मुद्धा हालेर एउटा बिजयी हासिल गरे । उनकै मुद्धाका कारण सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पुर्नसंरचना गर्न आदेश सरकारलाई दियो । अब सरकारलाई नयाँ निर्वाचन क्षेत्रको पुर्नसंरचना गरेर मात्र चुनावमा जानु वाध्यता परेको छ ।
यता, गुप्ताको फेसबुक र ब्यक्तिगत वेभसाइटमा हे¥यो भने उनले आफ्ना हरेक पोस्टरमा जेलको डन्डी भित्र र बाहिर ‘सगर्ब’ प्रस्तुत गरेको देखिन्छ । तस्विरमा उनले गरेको यो जोड हेर्दा लाग्छ, ‘भ्रष्टचारको आरोपमा जेल गएर उनको उचाई घटेको छैन, बरु बढेको नै छ ।’ भलै, यसमा हरेक मानिसका आ–आफ्ना ब्यक्तिगत टिप्पणी र तर्क पनि होलान् र रहलान पनि । तर उनले पहिला नै भनेका छन्, ‘जेलजीवन र आदेशले मधेस र मेरो राजनीतिक नियतीको निर्धारण गर्दैन ।’ यो नै सही ।
‘भ्रष्टचारको आरोपमा जेल जाने पहिलो बहालवाल मन्त्री’ गुप्ताले जेल जीवन रहदै पनि विभिन्न लेखहरु लेखेका थिए, जो मधेससँग संवन्धित नै थिए । जेल जीवनवाट निस्के पछि उनी घरको एउटा कुनामा बसेनन, बरु तराई मधेसका जिल्लामा घुमेर हिडे । जहाँ गए, त्यहाँ कार्यक्रम राखे र आफ्नो धारणा अभिब्यक्त गरे । उनलाई सुन्न मानिसहरु ओइरिए, जो तस्विरले नै बोल्न थाल्यो । 
कतिलाई के पनि लाग्ला भने ‘भ्रष्टचारी’लाई किन यति धेरै पछ्याएको ? म उनलाई यो मानेमा पछ्याइरहेको छु कि गुप्ता यस्ता राजनीतिक नेता हुन्, जसले सहजै सर्बोच्च अदालतको आदेशलाई सिरोपर गरे र जेल गएर राज्यको कानुनको सम्मान गरिदिए । कसैले उनलाई जर्बजस्ती पक्राउ गर्नु परेन । आफ्नो फैसाला सुन्न आफै अदालतमा आए, फैसाला सुने पछि त्यसलाई शिरोपर गर्दै उनी जेल यात्रा सुरु गरे ।
जे होस, गुप्ता फेरी राजनीतिमा आएका छन् । अब उनलाई भ्रष्टचारको आरोपमा जेल जानु पर्ला भन्ने चिन्ता छैन, जुन चिन्ता उनले जेल सजायँ काटेर दुर गरिसकेका छन् । त्यसैले त उनी राजनीतिमा देखिएका छन् । उनी गर्बसाथ फेरी पनि प्रस्तुत भइरहेका छन्, उस्तै शालिन भाषामा कुरा राख्दै ।
तर, ‘भ्रष्टचारका आरोपमा जेल सजायँ भोग्न’का लागि आफै अदालतमा हाजिर भएर ‘महानता’ देखाएका गुप्ताले सो जेल सजाँयलाई पछिल्लो समय मधेसको राजनीतिसँग घुलाउन खोज्नु चित्तवुझ्दो भने छैन् । उनले यसमा चाँही अझै सानो चित्त बनाएको देखिन्छ । ‘ठुलो मन’ लिएर राजनीतिमा फर्किएका गुप्ताले आफ्नो जेलजीवनलाई ‘मधेस र मधेसीका विरुद्धको षडयन्त्र’ भन्दै राजनीतिक रङ नदिए उनको उचाई बढन सक्छ, जुन अहिले गति लिइरहेको छ । तर, भोगिसकेको सजायँको तुष मनमा राखेर किन राजनीतिमा फर्कनु हुन्छ ? त्यही खाले सजायँ काटने त पहाडीया मुलका चिरिञ्जीवि वाग्ले र खुमवहादुर खडका पनि त उदाहरणका रुपमा छन् ।
‘हिजोका दिनमा गल्ति भयो, आजका दिनवाट म राम्रो गरेर देखाउँछु’ भन्ने साहस गुप्ताले राख्नु पर्छ । त्यो भन्ने साहस उनले गरे भने सायद उनको राजनीतिले उचाई लिन पनि सक्छ र उनको महनता पनि त्यहाँ झल्कन सक्छ । तर, भोगिसकेको सजायँलाई राजनीतिक रङ्ग दिने प्रयासले गुप्ता  कमजोर देखिन्छन् ।
भलै, उनका पछिल्ला फेसबुकमा उल्लेख भएका कुरा यहाँ जोडने प्रयास गरिरहेको छु, जो उनी जेलमुक्त भए पछिका हुन् ।

 #  जेल बहिरिएको डेढ महिना पुग्दैछ । काठमांडौ नदेखेको डेढ बर्ष पुग्न लाग्यो । घाडो पंछ्याइमा रमाइलो मान्ने काठमांडौलाइ राम्रै होला । यस्तै हो जीन्दगी मानी म पनि खुशी नै छु । राष्ट्रपति हाम्रै तिर पाल्नु भाथ्यो । उहांको राजधानीबाट हाम्लाइ जति नै धृणा गरेपनि उहांले यता माया पाउनु भो । यताको मन थाहा पाएरै जानु भा होला । दहाल, कोइराला र खनाललाइ यताको दिल कस्तो फराक छ, भन्नु नै हुनेछ । उताको मन ठुलो बनाउन सक्नु भो भने म जस्ता रैतीलाइ फेरी जेल हुल्नु पर्दैन्थ्यो । निर्धोको मन त रूदैन नि ।
yesterday 9 pm


# संविधान सभामा मधेस एक शक्तिको रूपमा देखिएपछि अब यस समस्याको समाधान शांतिपूर्ण रूपमा हुने भनी आशा पलाएको थियो । तराइ मधेस राष्ट्रिय अभियान फेरी शांतिपूर्ण रूपमै समाधानका लागि सार्थक पहल गर्नेछ । सुरक्षा निकायको सोच त सदैव दमनकारी रहेको छ । यिनैको बुद्धिमा देश हिडेको भए माओवादी सन्दभैमा देश कि कुरूक्षेत्र हुन्थ्यो कि प्रचण्ड जनवादी नेपालका निरंकुश राष्ट्रपति हुन्थे । खिलराजको सल्लाहकार फुलीवाल हुने हो भने सखाप त हुने हो । जेपी गुप्ता

अन लाइन खबरले लेख्यो, अब जेपी गुप्ता के भन्लान् ? म भनि रहन्छु । म उपर न्याय भएन । न्यायाधिशले राजनीति गरें । अव्यवहारिक, त्रृटीपूर्ण, दण्डाभिमुख,मनोग­त सम्पति मूल्यांकन अपनायो अदालतले । जुन मापदण्ड म उपर प्रयोग गरियो, मेरो चुनैाति छः खिलराज देखि सूर्यनाथसम्मले यही मापदण्डमा उनिहरूको सम्पतिको श्रोत खुलाअोस् । सुशीला कार्कीले पनि । सबै प्रकाशनगृहका मालिकले पनि । अनि थाहा पाइन्छ, जेपीले भ्रष्टाचार गरेको हो कि होइन ? मेरो राजनीतिलाइ आर्यघाट पुर्याए भनेर आत्मश्लाघा राख्नेहरूले हेक्का राखे हुन्छ न्यायको यो घोर दुरूपयोगले सबलाइ एक दिन पोल्ने छ ।
yesterday 6:19 pm

# 'खसीको टाउको राखेर कुकुरको मासु विक्री गर्नेसंग सरकारले बार्ता र सम्झौता गरेर निर्वाचनको बाताबरण बन्दैन ।'
20 april

# कोइराला भन्नु हुन्छ:  वैद्य र उपेन्द्रलाई सहमति ल्याउछु । धेरै प्रदेशहरूलाइ देशले धान्न नसक्ने कारणले कांग्रेसले सात वा १३ प्रदेशको कुरा ल्याएको अडानमा कोइराला छन । मधेसमा बहुप्रदेशको बिषय नछाडने बरू हात जोडने । के बन्ना र फेरी संबिधान ?
april 13

# यो समाचार निर्वाचन आयोगको चालवाजी हो । एक संवैधानिक अधिकारको प्रयोगलाइ रोक्न प्रत्यक्षतः जनजातिलाइ र पहाडलाइ मधेसको खिलाफमा उचाल्ने धृणित खेल हो । के यस आधारमा सदाको लागि निर्वाचन क्षेत्रको पुनर्संरचनालाइ रोक्नु न्याय संगत हुन सक्छ ?
ktm ma 15 nirabachan kshetra ko ma pratikiya

# म माओवादी होइन, जस्ले अदालतको अवज्ञा गरेपनि प्रधान न्यायाधिशको स्थायी आमन्त्रण पाउने सौभाग्य पाएको हुन्छ । हामी प्रजातन्त्र प्रतिको प्रतिवद्धताकै कारणले अदालतले गरेको अन्यायको शिकार हुनु पर्दछ । 

U CAN CLICK THIS LINK....












2 comments:

  1. सेतोपाटीमा किरण भण्डारीले मलाइ आर्थिक मामिलामा ‘बदनाम’ भन्नु भो ।ठिकै छ । मेरो अनुरोधको जवाफ पाउन अभियान थाल्नुस् । मुद्दा बनाऔ ः १) सम्पति छानविन सम्बन्धि लम्साल आयोगको प्रतिवेदन सार्वजनिक होस्, २) यसमा उल्लेखित सबै उपर अख्तियारले पहलेको छानविनकै मापदण्ड अनुसार मुद्दा चलाओस्, ३) अदालतले जेपी गुप्ताको सम्पतिको जुन मापदण्डमा मूल्यांकन गरी फैसला गर्यो सोही मापदण्ड अनुसार खिलराज रेग्मी, सूर्यनाथ उपाध्याय, झलनाथ खनाल, केपी ओली, पशुपति शम्सेर, उपेन्द्र यादव लगायत सबै दलका वरियतामा तलसम्मका तीन तीन जना नेताहरूको सम्पतिको मूल्यांकन होस् । अन्तमा, यसमा सफलता मिलोस्–जेपी गुप्ता सेतोपाटीमा १ बर्षसम्म कमैया बस्न तयार छ ।

    ReplyDelete
  2. Anyone have guts to accept the challenge of Mr. Jay Prakash Gupta.If yes pls come forward and show your ................

    ReplyDelete