Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, April 25, 2013

एमालेवाट माओवादीमा जानेः को को रैछन त "लोप्पा" खाने ?

माधव बस्नेत
२४ चैत ०६९ मा नेकपा एमालेका पोलिटब्युरो सदस्य रामचन्द्र झालाई केन्द्रीय कार्यालय पेरसिडाँडामा कार्यक्रम आयोजना गरी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी प्रवेश गराए।
८ चैतमा फ्याक्समार्फत एमाले मुख्यालयमा राजीनामा पठाएको भोलिपल्ट जनकपुरस्थित झाकै निवास पुगेर प्रचण्डले एमाओवादी प्रवेशका लागि आग्रह गरेका थिए। झा पनि तयार थिए। तर, कुन पदीय हैसियतमा प्रवेश गराउने भन्नेमा प्रचण्डसमेत प्रस्ट हुन सकेनन्। परिणाम, तत्कालका लागि प्रवेश स्थगित भयो।
दुई सातापछि झालाई पार्टी प्रवेश गराइए पनि कुन पद तथा जिम्मेवारी दिने भन्ने टुंगो एमाओवादीले अझै लगाउन सकेको छैन। आफूलाई डेढ वर्षदेखि एमालेले जिम्मेवारीविहीन बनाएको भन्दै झा असन्तुष्ट बनेका थिए। एमाओवादीले पनि केही समय पदविहीन बनाए उनी बेखुस हुने निश्चित छ।
माओवादी शान्ति प्रक्रियामा आएयता विभिन्न पार्टी, समूह तथा स्वतन्त्र व्यक्तिहरू एमाओवादीमा प्रवेश गर्ने लहर बढ्दो छ। सँगै आरोप के पनि थपिएको छ भने नवप्रवेशीहरूलाई उपल्लो पद तथा जिम्मेवारी दिन एमाओवादी नेताहरूले कन्जुस्याइँ गरेका छन्। खासगरी यस्तो आरोप एमाले वृत्तबाट एमाओवादी प्रवेश गर्नेहरूका मुखबाट बढी सुनिन थालेको छ।
सुस्त गतिमै सही, एमालेबाट एमाओवादीमा प्रवेश गर्नेहरूबीच आफूहरूको उचित एवं समान मूल्यांकन नभएको भन्दै चित्त दुखाउनेको संख्या बढ्दो छ। हुन पनि यो संयोग मात्र नहुन सक्छ, चौथो महाधिवेशन-एकताकेन्द्र-मसालको 'स्कुलिङ्'बाट माओवादी प्रवेश गर्नेहरूले जुन हैसियत र जिम्मेवारी पाएका छन्, एमाले 'स्कुलिङ्'बाट माओवादीमा पुगेकाहरूले त्यो हैसियत र जिम्मेवारी पाउन नसकेको देखिन्छ।
कुनै समय एमालेले उपल्लो जिम्मेवारी सुम्पिएका तथा त्यस पार्टीको कोटाबाट मन्त्री, सांसद बनिसकेकाहरूको ठूलो जमात एमाओवादीमा छ। तर, उनीहरूले मसाल पृष्ठभूमिबाट एमाओवादीमा पुग्नेहरूजतिको पद एवं संगठनात्मक जिम्मेवारी पाउन सकेका छैनन्।
जस्तो : पूर्वमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ राधाकृष्ण मैनाली, भीमबहादुर कठायत, अम्बिका साँवा, पूर्वसांसदहरू हीरालाल चौधरी, जितवीर लामा, देवबहादुर पौडेल, कुन्ता शर्मा, शिवराज गौतम र उपल्लै जिम्मेवारीमा रहेका दानालाल चौधरी, मानपुर चौधरी, पूर्वराजदूत विष्णुहर िनेपाल, अर्थशास्त्री डिल्लीराज खनाल, वासु शाक्यलगायत थुप्रै नेता-कार्यकर्ता एमाओवादीमा पुगेका छन्। तर, एकाधबाहेक कसैले पनि संगठन तथा संसदीय मोर्चामा महत्त्वपूर्ण जिम्मेवारी पाउन सकेका छैनन्।
एमालेमा छँदै मन्त्री भइसकेका अम्बिका साँवाले भूमिगतकालदेखि नै माओवादीलाई समर्थन गर्न थालेका थिए। यद्यपि, उनलाई माओवादीले कार्यकारी अधिकारको संगठनात्मक जिम्मेवारी दिएन। सल्लाहकार समितिमा लगेर थन्क्याइदियो। जीवनका अन्तिम क्षणसम्म आफूले क्षमता अनुरूपको जिम्मेवारी नपाएको दुखेसो पोख्दै साँवा बिते।
वासु शाक्यको हालत पनि यस्तै देखियो। उनी एमाले परित्याग गरी माओवादी 'जनयुद्ध'मै होमिएका थिए। आफूलाई उपल्लो जिम्मेवारी दिन एमाओवादी हिचकिचाएको दुखेसो बारम्बार पोख्ने गरेका थिए, शाक्यले। एमाओवादीमा प्रवेश गरे पनि उपल्लो जिम्मेवारी दिन आनाकानी गरेको भन्दै धनकुटा नगरपालिकाका पूर्वमेयर वाङदी लामा त एमालेमै फर्के।
राधाकृष्ण मैनाली माले-एमालेमा छउन्जेल स्थायी समितिमा थिए। चारपटक मन्त्री पनि भए। उनको कमजोरी भनेको राजाको शासनकालमा मन्त्री बन्नु थियो। त्यसलाई उनले गल्ती भनेर स्वीकार पनि गरसिकेका छन्। भदौ ०६८ मा एमाओवादीमा प्रवेश गरेका मैनालीले अहिलेसम्म संगठनात्मक जिम्मेवारी पाउन सकेका छैनन्।

अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले 'मैनालीजी एउटै कमिटीमा बसेर काम गरौँ' भनेपछि आफू एमाओवादीमा प्रवेश गरेको उनी बताउँछन्। भन्छन्, "मलाई कुन पद दिन्छौ भनेर प्रवेश गर्नुअघि सोधिनँ। तिनै नेताले एक स्वरमा एउटै कमिटीमा बसौँ भनेकाले नीति निर्माता तहमा नै राख्लान् भन्ने लागेको थियो। प्रवेशपछि पनि पद देऊ भन्दै बिहान-बेलुकी उनीहरूकहाँ चाकरीमा जान मेरो स्वाभिमानले दिएन। अहिले सल्लाहकार भन्ने पदमा राखेका छन् भन्ने सुनेको छु। मलाई के जिम्मेवारी दिइएको छ भनेर मैले सोधेको छैन।"
एमालेबाट माओवादीमा पुगेका एक नेताका अनुभवमा एमाओवादीका कार्यकर्ताले मात्र होइन, नेताहरूले समेत पछि प्रवेश गरेकालाई घोचपेच गर्छन्। बन्दुक बोकेकाहरूलाई मात्र क्रान्तिकारी मान्ने एमाओवादी सोचका कारण नवप्रवेशीहरूलाई जिम्मेवारी दिन आनाकानी गरएिको ती नेताको बुझाइ छ।
युद्ध लडेर आएकालाई मात्र खाँटी क्रान्तिकारी मान्ने, नयाँलाई प्रवेश गराए पनि जिम्मेवारी दिन हिचकिचाउने हो भने एमाओवादी युद्धकालको भन्दा पृथक पार्टी कसरी बन्न सक्छ भन्ने प्रश्न उब्जिएको केही समयअघि मात्र एमाओवादी प्रवेश गरेका एक पूर्वएमाले नेताको कथन छ।
एकताकेन्द्र मसाल 'स्कुलिङ्'बाट एमाओवादीमा पुगेका नारायणकाजी श्रेष्ठ, गिररिाजमणि पोखरेलहरूले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् नै, त्यसभन्दा पछि प्रवेश गरेका नवराज सुवेदी, लीलाबहादुर थापा, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपानेलगायतले पनि राम्रो स्थान पाएका छन्।
आचार्य र न्यौपानेले ०६८ मा मात्र एमाओवादीमा प्रवेश गरेका हुन्। त्यसअघि उनीहरू मोहनविक्रम सिंह नेतृत्वको मसालमा थिए। उनीहरूलाई पोलिटब्युरो सदस्य बनाइएको छ। राजनीतिक लगानी र त्याग उत्तिकै भएका कठायत, लामाहरू भने केन्द्रीय समितिभन्दा माथि उक्लिन सकेका छैनन्। एमालेमै छँदा कठायत सेती अञ्चल इन्चार्ज भइसकेका थिए। लामा पनि एमाले-मालेमा हँुदै पिपुल्स भोलुन्टियर्सका प्रमुख भइसकेका थिए। यस्ता पात्र अरू पनि थुप्रै छन्।
रमाइलो त के भने सशस्त्र द्वन्द्वमा सहभागी नभए पनि विद्यार्थीकालदेखि नै चौथो महाधिवेशन-एकताकेन्द्र हँुदै एमाओवादीलाई समर्थन गर्न पुगेका दीपेन्द्रबहादुर क्षेत्रीलाई एमाओवादीले राष्ट्रिय योजना आयोगका सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर र योजना आयोगका उपाध्यक्ष बनाइसकेको छ। एमालेबाट प्रवेश गरेका अर्थविद् डिल्लीराज खनाललाई भने योजना आयोगको सदस्य बनाउन पनि आवश्यक ठानेन। जबकि, खनालको हैसियत पनि क्षेत्रीको भन्दा कम होइन।
एमालेले योजना आयोगमा नियुक्त नगरेको आक्रोशमै खनालले एमाओवादी प्रवेश गरेको जानकारहरूको दाबी छ। यद्यपि, खनाल भने एमाओवादीबाट आफूले उचित जिम्मेवारी पाइरहेको बताउँछन्। भन्छन्, "म सल्लाहकारबाट महाधिवेशन आयोजक समिति हुँदै केन्द्रीय कमिटीमा आएको छु। क्षेत्रीको रपिm्रेन्स लिएर मलाई पछि पारिएको भनेर दाँज्नु उपयुक्त हुँदैन। क्षेत्रीजीसँग मेरो तुलना हुनै सक्तैन। एमालेबाट प्रवेश गरेका अन्य साथीहरूका हकमा के भएको छ, त्यो मेरो चासोको कुरा होइन।"
एमाओवादीमा प्रवेश गरेकामध्ये केहीलाई जिम्मेवारी लिने/दिने कुरामा केही कमजोरी देखिएको एमाओवादी प्रवक्ता अग्नि सापकोटा स्वीकार गर्छन्। नयाँ प्रवेशी नेता-कार्यकर्तालाई व्यवस्थापन गर्ने चुनौती रहेको सापकोटाको भनाइ छ। उनका अनुसार मात्राको विकास गरेर मात्र गुणको विकास नहुने हो कि भन्नेबारे पार्टीभित्र छलफल भइरहेको छ। साथै, कतिपय एकता प्रक्रियामा उदारता भयो तथा कतिपयमा समान व्यवहार भएको छैन कि भन्ने बहस पनि चलिरहेको छ। सापकोटा भन्छन्, "एकता प्रक्रियाका क्रममा केही चुनौतीहरू छन्। हामीले त्यो चुनौती स्वीकार पनि गरेका छौँ। कसैलाई संकीर्ण भएर जिम्मेवारी नदिइएको र कसैलाई उदार भएर बढी दिइएको होइन।"
संगठनात्मक जिम्मेवारी दिने क्रममा कमजोरी भएका छन् कि भन्ने भएरै संगठन विभाग प्रमुख कृष्णबहादुर महराको संयोजकत्वमा अध्ययन भइरहेको र कमजोरी देखिए आगामी दिनमा सच्याइने प्रवक्ता सापकोटाको दाबी छ। एमाओवादीका अर्का एक पोलिटब्युरो सदस्यका भनाइमा बाहिरबाट हेर्दा एमाओवादी जति व्यवस्थित र संगठित देखिन्छ, भित्र त्यति नै धेरै अव्यवस्थित र अस्तव्यस्त छ। त्यही कारण नेता-कार्यकर्ताको मूल्यांकन गर्ने, संगठनात्मक जिम्मेवारी दिने कुरामा विभेद भएको हो। ती पोलिटब्युरो सदस्य भन्छन्, "अहिले सबै कम्युनिस्ट एमाओवादीतिर। स्वयं एमाओवादीचाहिँ कतातिर भन्ने प्रश्न खडा भएको छ। त्यसैले नै जिम्मेवारी दिने विषय पनि अस्तव्यस्त छ।"
एमाओवादीमा सुरुमा जोस्याएर, हौस्याएर प्रवेश गर्न उक्साउने अनि आफू गद्दामा सुतेर प्रायः नवप्रवेशीहरूलाई भुइँमा सुताउँदै आत्मग्लानि गर्न लगाउने प्रवृत्ति विकास भइरहेको उनी सुनाउँछन्। जानकारहरूका अनुसार आफ्नो पार्टीमा आबद्ध नभएकाहरूलाई भित्र्याएर व्यक्तित्व उठाउने मनसाय प्रचण्डको छ। त्यसैले उनले विभिन्न पार्टीमा रहेकालाई अनेक आश्वासन दिएर पार्टीमा भित्र्याए
एमाले नेता तथा वाम विश्लेषक घनश्याम भुसालका भनाइमा एमाले र एमाओवादीबीच राजनीतिक संस्कृतिमै अन्तर रहेकाले एमालेबाट त्यहाँ पुगेकाहरू महत्त्वपूर्ण संगठनात्मक जिम्मेवारीमा पुग्न र जम्न नसकेका हुन्। समग्र एमाओवादीलाई हेर्ने हो भने त्यस पार्टीमा सैद्धान्तिक, वैचारकि स्पष्टता र संगति छैन। सिद्धान्त र विचारमा प्रस्ट नभई राजनीतिमा र राजनीतिमा स्पष्ट नभई संगठनमा प्रस्ट हुन सकिँदैैन। भुसाल भन्छन्, "माओवादी सैन्य स्कुलिङ्बाट आयो, एमाले सामाजिक रूपान्तरणको लामो प्रक्रियाबाट। यसर्थ, एमालेबाट गएकाहरू एमाओवादीको सैन्य संस्कारलाई स्वीकार गर्न सक्तैनन्। सैन्य संस्कार नरुचाउनेलाई एमाओवादीले महत्त्वपूर्ण जिम्मेवारी दिँदैन। समस्या यही हो।"
एमालेबाट भर्खरै एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झा भने आफूमाथि अन्याय नहुने विश्वासमा छन्। भन्छन्, "अध्यक्ष प्रचण्डलगायत नेताहरूले नीति निर्माणको तहमै बसेर काम गर्नुपर्छ भनेका छन्। १ जेठदेखि बस्ने केन्द्रीय कमिटीको बैठकसम्म ठोस जिम्मेवारी पाउँछु होला।"
का हुन्। एकता प्रक्रिया अन्तर्गत विभिन्न समूहबाट एमाओवादीमा प्रवेश गरेकाहरू पार्टी विभाजनपछि निराश बनेका छन्। त्यसमाथि उनीहरूलाई सहायकको भूमिका मात्र दिइएकाले उनीहरूको निराशाको विन्दु अझ चुलिएको देखिन्छ।

नेपाल साप्ताहिकवाट साभार 

No comments:

Post a Comment