Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 27, 2013

बैद्य बालाई साथ दिन को को आए ?

काठमाडौं - यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै बहिस्कारको नीति लिएको नेकपा–माओवादीले नागरिकता बितरण कार्यमा पनि अबरोध गर्ने जनाएको छ। गत बिहीबार सम्पन्न केन्द्रीय समिति निर्णय सार्वजनिक गर्दै महासचिव रामबहादुर थापाले विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन खोजिएको भन्दै सोको भण्डाफोर र अबरोध गर्ने चेतावनी दिए।
सरकारले देशव्यापी रुपमा नागरिकता बितरण टोली खटाएको पाँच दिनपछि माओवादीको अवरोध निर्णय सार्वजनिक भएको छ। 'वास्तविक नेपालीलाई नागरिकता वितरण गर्नुको सट्टा विदेशीलाई नागरिकता दिई नक्कली मतदाता सूची तयार गर्न वैशाख ८ देखि खटेको टोलीको व्यापक विरोध एवं भण्डाफोर गरी उक्त कार्यक्रम रोक्न जोड दिने' थापाले पार्टी निर्णय उद्धृत गर्दै बताए।
मंगलबारदेखि जारी केन्द्रीय समितिको विस्तारित बैठक बिहीबार सम्पन्न भएलगत्तै महासचिव थापाले निर्णय सार्वजनिक गरेका हुन्। बैठकमा थप गरिएका १ सय ८ बैकल्पिक केन्द्रीयसहित १ सय ५१ सदस्यीय केन्द्रीय समिति बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको उनको भनाइ छ।
प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको गैरदलीय अन्तरिम चुनावी मन्त्रिपरिषद बाह्य शक्तिको गुरुयोजना अनुसार बनेको निष्कर्ष निकाल्दै त्यसलाई अस्विकार गर्ने निर्णय माओवादीले गरेको छ।
'फागुन ३० गते राति बाह्य शक्तिकेन्द्रको गुरूयोजनामा चार दलको सिन्डिकेटले निर्णय गरी दिएको सुझावका आधारमा राष्ट्रपतिद्वारा जारी गरिएको '२५ बुँदे बाधा अड्काउ फुकाउ आदेश' असंवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गरिएको छ,' निर्णयमा भनिएको छ।
प्रमुख राजनीतिक दल चुनावको तयारीमा जुटेको बेला बिघटित संविधानसभाका ९१ सभासदसहितको चौथो ठूलो शक्ति वैद्य माओवादीको पछिल्लो निर्णयले चुनावसम्बन्धी अन्योल झन् बढाएको छ।
रेग्मी सरकारले गर्ने निर्वाचनको विपक्षमा उभिएको माओवादीले गोलमेच सम्मेलनको बिकल्प नभएको भन्दै त्यसमा पुनः जोड दिएको छ। माओवादीले निर्वाचनमा जानुअघि आफ्ना पूर्व अडानलाई केन्द्रीय समितिबाटै अनुमोदन गराएर 'राष्ट्रिय स्वाधीनताको लागि आन्दोलन गर्ने'समेत निर्णय गरेको छ। '२५ बुँदे आदेशको खारेजी, चारदलीय सिन्डिकेटद्वारा गरिएको ११ बुँदे सहमतिको खारेजी, तिनैका आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा बनाइएको सरकारको राजीनामा, आन्दोलनरत दलसमेतको सर्वपक्षीय गोलमेच सभा र त्यसैको सहमतिका आधारमा सरकार निर्माण गर्नुपर्ने मागमा आधारित रहेर सञ्चालन गरिएको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अझ सशक्त बनाउने' माओवादीले भनेको छ। आन्दोलनका ठोस कार्यक्रम भने पार्टी केन्द्रले सार्वजनिक गर्नेछ।
रेग्मी सरकारले राजीनामा दिएर दलीय नेतृत्वको चुनावी सरकार बनाउनुपर्ने पोलिटब्युरो निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको पनि थापाले जानकारी दिए। 'निर्वाचन सम्बन्धमा गत पिबि (पोलिटब्युरो) बैठकले लिएको निर्णयलाई अनुमोदन गरिएको छ र सोहीअनुरुप कार्यान्वयन गर्ने निश्चित गरिएको छ,' उनले भने।
 केन्द्रीय सदस्यमा चयन भएका नाम
# शरदसिंह भण्डारी, शंकर खड्का, रामप्रसाद तिमिल्सिना,  लक्ष्मणदत्त जोशी, गगन खड्का, कृष्ण धमला, एटम विसी, खुमा सुबेदी, कर्णजीत बुढा, प्रतिक, नरेश भण्डारी, धनजीत शाही, हरि ज्ञवाली, हेमराज शर्मा, दामा शर्मा, इन्द्रजीत थारु, हेमराज भट्टराई, देवीदत्त पाण्डे, अशोक रोकाया, आइपी खरेल, भगत बडुवाल, देवीलाल चौधरी, रुपा चौधरी, धनेश्वर पोख्रेल, चुडामणि वली, अमर झाँक्री, महेन्द्र केसी, भेषराज भुसाल, नारायण अधिकारी, टेकबहादुर केसी, बसन्त घर्ती मगर, मोहलाल चन्द, धु्रव घिमिरे, प्रवेश रोका, हरिबहादुर चुमान, सावित्रा दुरा, परशुराम रम्तेल, मोहनहरि पौड्याल, डम्बर बिक, गगन थापा, बुद्धिराम गुरुङ, चन्द्रबहादुर चन्द, अशोक लम्साल, बाला थापा, बसन्त श्रेष्ठ, मोहन कार्की, देवेन्द्र श्रेष्ठ, तारा घर्ती, एकराज भण्डारी, धनबहादुर महर्जन, राजकाजी महर्जन, सुरेश श्रेष्ठ, झकबहादुर मल्ल, तेजबहादुर मिजार, टेकबहादुर बलम्पाकी, कृष्ण अधिकारी, लक्ष्मी मुडभरी, कुमारी मोक्तान, दावा तामाङ, शोभा कट्टेल, शिव श्रेष्ठ, चुडामणि गौतम, मदन तामाङ, बाबुराम गजमेर, निरू दर्लामी, रोशन जनकपुरी, युवराज भट्टराई, रविन्द्र पटेल, रसिद अन्सारी, देवेन्द्र पराजुली, सोनालाल साह, सूर्यनाथ यादव, महादेव यादव, रुद्र ठाडामगर, तेजप्रसाद अधिकारी, शिवराम यादव, सुनिता यादव, किरणकुमार राई, सरस्वती पोखरेल, लालबहादुर सुस्लिङ्मगर, कुलप्रसाद साम्बा लिम्बु, हेम कार्की, दिपेश राई, कृष्णकुमार राई, धु्रव बुढाथोकी, राजेन्द्र कार्की, मीनकुमार राउत, नरबहादुर दुलाल, सुशीला कन्दङ्वा, हर्क नेम्वाङ, मनोज थापा, सन्तोषी विक, नेपबहादुर कुँवर मगर, उदय चलाउने, ईश्वरचन्द्र ज्ञवाली, गुणराज लोहनी, लेखनाथ न्यौपाने, माइला लामा, मंगल बिक, कुमार शाह, जगदिशचन्द्र भण्डारी, हीरामणि दुःखी, रामदिप आचार्य, बद्री बजगाईं, ऋषिराज बराल, अजय शर्मा, होम कुमारी खापुङ्, ज्ञानु बस्नेत #

बैठकमा अध्यक्ष वैद्यले पेस गरेको 'संक्षिप्त राजनीतिक प्रतिवेदन'माथि १८ समूहमा छलफल गरिएको थापाले बताए। निर्वाचन बहिस्कार तथा स्वाधीनतापक्षीय संघर्ष गर्नुपर्ने भन्दै वैद्यले राखेको लिखित प्रस्ताव केन्द्रीय समितिले अनुमोदन गरेको छ।
केन्द्रीय समितिले १ सय ८ जनालाई वैकल्पिक केन्द्रीय समितिमा चयन गरेको छ भने २४ जनालाई केन्द्रीय सल्लाहकार समितिमा मनोनयन गरेको छ। केन्द्रीय समिति सदस्यको जिम्मेवारी पार्टी ब्युरो र केन्द्रीय कार्यालयले तोक्ने गरी बैठक टुंगिएको थापाले जानकारी दिए।

No comments:

Post a Comment