प्रकाश तिमल्सिना- माओवादीले राष्ट्रपतिमा उम्मेदवार बनाएको केही महिना पछि शान्तिनगरको एउटा
गल्लिमा बस्दै आएका रामराजाप्रसाद िसंहको अन्तवार्ता लिन गएको थिएँ । उनी
विरामी भएर ओच्छयानमा थला परेका थिए । कसै सित ओच्छयानमा अन्तवार्ता लिएको
त्यो मेरो पहिलो र अन्तिम अनुभव थियो । मलाई अझै सम्झना छ उनले भनेको "बिरामी मानिसलाई औषधी ख्वाएर राष्ट्रपति बनाउने भन्दै संविधानसभा भवनमा
लगे तर त्यहाँवाट घरमा छोडेर गएका माओवादीहरु बिरामी भएर थला पर्दा पनि
आएनन् बाबु "
उनका छोराले अन्तवार्ता सकिएपछि जाने बेला गेटमा भने "प्रथम
गणतन्त्रवादी नेता भन्ने चाँही नछुटाई दिनुहोला ।" जबाफमा मैले भने "हुन्छ
तर त्यो भन्दा त उहाँ सार् है बिरामी हुनुहुन्छ औषधी उपचारको कुरा पनि
उठाउनु पो बढी जायज हुनसक्छ नी ।"
सायद उहाँ संहका डाक्टर छोरा हुनुपर्छ जो डाक्टरी पेशा छोडेर बाबुको पथमा
हिडेको खबर पछि सुनिएको थियो । उनको नाम भने अहिले याद हुन सकेन् । उनै
छोराले मलाई जबाफ दिए "बुबा सरकारसँग उपचारको लागि हारगुहार गर्नुहुन्न्
त्यो उहाँलाई मन पनि पर्दैन ।" स्वास्थ्यको कुरा नउठाईकन मैले उहाँको पुरै
अन्तवार्ता छापे ।
त्यो अन्तवार्ता छाप्दा भर्खरै पत्रकारिताको करिअर सुरु
गरेको थिएँ मैले । ०६५ साल मध्यतिर हुनुपर्छ । "समय सारथी" साप्ताहिकमा
त्यो अन्तवार्ता छापियो । पछि उनका छोराले मलाई फोन गरेर भने "केही पनि
विगि्रएको छैन जे भन्नुभएको हो त्यही आयो भन्नु भएको छ आउँदै गर्नुहोला नि
भाई ।"
शान्तिनगरको गल्लिको त्यो एक तले घरमा फाटफुट मानिसहरु भने जाने गर्दा
रहेछन् । त्यसरी जानेमा उहाँका पुराना सहकर्मी र उनकै पार्टीका नेता र
कार्यकर्तामात्र कहिलेकाँही पत्रकारहरु । जनताले सयौं अपराधमा मुछिएका बबन
सिहंजस्तालाई सभासद बनाएर व्यवस्थापिका संसदमा पठाउँछन प्रथम गणतन्त्रवादी
नेता रामराजाप्रसादलाई भने २० हजार जनताले पनि मत दिदैनन किन मलाई
राजनीतिमा हुने गरेको यस्ता अचम्मलाग्दा दृश्यले निकै गम्भिर बनाउँदै
लागेको थियो । झन अचम्म त रामराजाप्रसाद िसंहलाई भेट पछि अनुभव भयो ।
लाग्यो गणेशमानले त्यति कै भनेका होइन् रहेछ कि "यो देशका जनता भेडा
हुन" भनेर । धेरै पछिसम्म पनि यो विषयले मनमा खेलिरहयो । आखिर राजनीतिमा
असल मानिस किन टिक्न सक्दैनन् ?
जतिवेला गणतन्त्र ल्याउनका लागि रामराजाप्रसादले पहिलो साहास गरे
अहिलेका यी चर्चित नेताहरुले पनि गणतन्त्रका बारेमा अलिकति पनि सोचेका
थिएनन् । हाम्रो पुस्ता त अझै जन्मिएको पनि थिएन् । हामीले रामराजाले
गणतन्त्रको लागि यो-यो गरे भन्ने सुन्यौ र अलि वढी त पढेर मात्र थाहा पाएका
थियौ कि आखिर उनी को हो भनेर, उनै रामराजाप्रसाद गणतन्त्रमा पहिलो
खेलौना बने र माओवादीको उपयोगवादी राजनीतिमा पहिलो शिकारको रुपमा
राष्ट्रपतिको उम्मेदवार भए । यो उनै रामराजाप्रसादले भन्ने गरेका थिए । "हो म खेलौना भएछु अहिले थाहा पाए र बुझे पनि"
अनौपचारिक कुरामा उनी राष्ट्रपति निर्वाचनमा भएको फेहरिस्त खुलाउँदै मलाई
पनि भने । मलाई अझै सम्झना छ उनी निराश थिए नेपालको राजनीति देखी । र
उनलाई डर थियो कि गणतन्त्र संस्थागत हुन सक्छ कि सक्दैन भनेर पनि । मैले
अन्तवार्ताको त्यही शिर्षक राखे कि "गणतन्त्र संस्थागत नहुन पनि सक्छ, "
आखिर अहिले त्यही भयो । काठमाडौं देखी दिक्क उनी केही साता पछि गृह जिल्ला
गएको खबर सार्वजनिक भयो ।
दोस्रो सन्दर्भ, तराईमा सशष्त्र भुमिगत संगठन चलाई राखेको ज्वाला समुहका एक
सदस्यलाई मैले जनमैत्री अस्पतालको सामुन्ने एक रेष्टुरेन्टमा गोप्य तरिकाले
भेटे । उनी सशष्त्र राजनीति छोडेर सहज जीवनयापन गर्न चाहान्छन भनेर
रौतहटका पत्रकार अशोक पहाडीले भेटनु अघि यी सबै कुरा मलाई बताएका थिए । "जनआस्था" साप्ताहिकमा काम सुरु गरेको थिएँ भर्खर भर्खर । मेरो लागि
पत्रकारिता जीवनको पहिलो महत्वपुर्ण व्यक्ति हुन सक्थ्यो र त्यो मेरो
समाचारको "एक्सक्लुसिभ पस्रन" पनि थियो । जसकाकारण म उसले दिएको समय भन्दा
१५ मिनेट अघि नै त्यहाँ पुगेँ र उसको फोनको प्रतिक्षा गरे किनकी उ आफैले
फोन गर्छु भन्ने खबर अशोकमार्फत पाएको थिए । उ पनि गृह जिल्ला (रौतहट)बासी
भएकाले थप सहज हुन्थ्यो भन्ने मलाई विश्वास थियो । उ आयो र सुरुमा नै उसले
मलाई चिन्यो र भन्यो, 'प्रकाश भाई होइन् ?" मैलै हो भनेर टाउको हल्लाए ।
माओवादीले अति दुःख दिएपछि माओवादी "सिध्याउन"ज्वालािसंहसँग लागेको उसको
भनाई थियो । माओवादीले जग्गा कब्जा गरेको तथा घर सम्पत्तिमा आगजानी गरेको
मात्र होइन ट्रयाक्टरमा र अन्य सम्पत्तिमा पनि आगजनी गरेर निकै दुःख दिएपछि
ज्यान जोगाउन र बदला लिन ज्वालासँगै सशष्त्र राजनीतिमा लागेको सवै
कुरा खोल्यो मसँग । मानौं हामी वर्षौ अघिको साथी हौ र अहिले आएर अचानक भेट
भएका छौ ।
उसको कुरा सुनेपछि मैले उसलाई सोधि हाले "किन त अहिले ज्वालासंहलाई छोडेर
काठमाडौं आएको त ?" उसले दार् ही मुसार् यो र गम्भिर लामो सास तानेर मसँग
भन्यो । "रामराजािसंहको कुरा सुनेर मैले ज्वाला िसंहलाई छोडेर काठमाडौं
आएको हुँ प्रकाश भाई ।" मलाई अचम्म लागिरहेको थियो माओवादी सिध्याउन हिडेको
मान्छे किन अहिले साधु जस्तो भइरहेको छ भनेर । हो उ िहंसा चाहादैन र
शान्तिसँग बस्न चाहान्छ त्यो उसको अनुहारमा पनि प्रस्ट देखिन्थ्यो ।
उसले भन्न थाल्यो । "हामी वैरगनीया, गौर नजिकको भारतीय बजार, मा बस्थ्यौं
एकदिन अचानक ज्वालािसंहले मलाई पटना जाउँ भन्यो तर किन हो मलाई थाहा भएन ।
म उसँगै पटना गए ।" उसका अनुसार त्यो बेलासम्म पनि थाहा भएन कि किन पटना
गइरहेका छौ भनेर । ज्वालािसंहको हाउ भाउँले देखाउँथ्यो रे कि पटनामा कोही
खास मानिस आउने बाला छन । त्यतिखेर उ ज्वालािसंहको विश्वासिलो व्यक्तिको
रुपमा रहेको थियो । जसकाकारण उ ज्वालासँग पटना जाने भरपर्दो साथी भएको थियो
।
पटनाको एउटा होटल वा घर के भनेको थियो उसले ? त्यो मलाई सम्झना भएन । तर जब
ढोका खुल्यो त्यहाँ त रामराजाप्रसाद िसंह र मधेसी जनअधिकार फोरमका अध्यक्ष
उपेन्द्र यादव थिए जो ज्वालािसंहलाई कुरिरहेका थिए । गौर हत्याकाण्ड भएको
केही महिना पछिको सन्दर्भ हो यो भेट । उसले भन्न सुरु गर् यो "सुरुमा नै
ज्वालाले प्रस्ताव गर् यो कि नेपालवाट तराईलाई टुक्राएर बेग्लै देश बनायौं,साला यो टोपी (ज्वालािसंह जहिल्यै पनि पहाडीयालाई टोपी भनेर सम्वोधन
गर्दथ्यो) हरुले हामीलाई अधिकार पनि दिदैन् हामीलाई मानिस पनि मान्दैनन्,
त्यसकारण तराईलाई टुक्राउँ र हाम्रो शाषन चलायौं ।" उसका अनुसार छेउँमा
रहेका रामराजािसंह र यादवले केही पनि नबोलेको देखे पछि ज्वाला थप रिसाउँदै
हिन्दीमा बबराउन थाल्यो । "तुम सब लोग टोपी वालेका गुलाम हों" भन्दै तथानाम
गाली गर्न थाल्यो । भारतले पनि समर्थन गर्ने र त्यसका लागि पहलकदमी गर्ने
जिम्मा मेरो हो भन्दै ज्वालािसंहले रामराजालाई छुट्टै तराई देश बनाउने र
त्यसको राष्ट्रपति रामराजािसंहलाई बनाउने योजना प्रस्ताव पनि गर् यो । "तपाई तराईको राष्ट्रपति बन्नुहोस हामी सवै तपाईलाई सहयोग गर्छौ" ज्वालाको
खुल्ला प्रस्ताव थियो । "मधेसी जनता टोपीवालेहरुwat थाक्दै गएको र नेपाललाई
टुक्राएर वेग्लै देश बनाउने मौका पनि यही नै हो" भन्दै ज्वालाले रामराजालाई
राष्ट्रपतिको लागि आग्रह गरिरहयो ।
निकैबेर पछि अर्थात जब ज्वाला शान्त हुदै गयो तब िसंहले भन्न सुरु गरे "जबसम्म मुलुकमा राजतन्त्र रहन्छ, तबसम्म मधेसी जनताले नेपाललाई आफनो देश
भन्ने महशुश गर्न पाउँदैन, जव राजतन्त्र जान्छ तब मधेसीहरुले अधिकार पाउँछन
।" रामाराजाले अगाडी भन्दै गए, "त्यसकारण छुट्टै देश बनाउनु पनि जरुरी पनि
छैन र मलाई राष्ट्रपति पनि हुनुछैन् ।" उनले गणतन्त्र आएपछि पनि मधेसीले
अधिकार पाएनन भनेर पुनः सोच्न सकिने भन्दै ज्वालाको प्रस्तावलाई ठाडै
अस्विकार गरिदिए । "पहाडीया र मधेसी भनेर हामीले किन अहिले छुट्टयाएर जाने
नेपाल भित्रै हामी भन्दा बढी अन्यायमा त कर्णालीवासी परेका छन, जो भात खान
नपाएर भोकभोकै मरिरहेका छन् त्यसकारण देश टुक्राउने कुरामा म माजुर छैन"
रामराजाले यसो भनेपछि ज्वालाले उप्रुदै भनेको उसले मलाई सम्झायो, "तुम
सव लोग टोपीबालेका गुलाम हे, मधेसीका नेता नहीँ ।" छेउमा वसेको उपेन्द्र
यादवले हो पनि भनेनन वा होइन पनि भनेनन, उनी मौन मात्रै बसिरहे । त्यसपछि
रामराजालाई "टोपीवालेका दलाल" को संज्ञा दिएर ज्वालासंह बम्कदै उनीहरुलाई
छोडेर रेल्बे स्टेशनतिर लागे ।
यो कुरा सुनेर म निकै स्तब्ध भए । उसले अगाडी भन्दै गयो, "मलाई लागेको थियो
कि मधेसीका सवैभन्दा ठुला नेता भनेका रामराजाप्रसादिसंह नै हुन तर उनी आफै
देश टुक्राउने मानेनन् न त राष्ट्रपतिको प्रस्ताव नै स्विकार गरे अनि मलाई
लाग्यो यो सब िहंसात्मक राजनीति छोडनु पर्छ ।"
साच्चै उनलाई सो घटनाले निकै ठुलो प्रभाव पारेको मलाई सुनाए । उनले गौर
आसपासमा भएका पहाडीया दाजुभाई र दिदी बहिनीहरु सम्झेछन, जो एउटै परिवारजस्तै
मिलेर बसेका थिए । माओवादीले दुःख दिदाँ स्थानिय पहाडीया नेताहरुले
सुरक्षा दिएको र सहयोग गरेको पनि सम्झे । चन्द्रनिगाहपुरमा आउँदा साथीकोमा
ढिडो र गुन्द्रुक खाएकॊ पनि सम्झे । "म अब शान्तिपुर्ण वाँच्न चाहान्छु,
मलाई िहंसा मन परेको छैन्" उनले मसँग भनेका थिए, "प्रकाश भाई, बातावरण
बनाइदिनु पर् यो ।" तर म उसको एउटा समाचार लेख्ने बाहेक के नै गर्न सक्थे र
? बाहिर निस्कदा त गोरखापत्रमा काम गर्ने पत्रकार साथी सुरेश यादव पो भेटिए
। उनी पनि उनैलाई भेटन आएका रहेछन् जसलाई मैले भेटर निस्के ।
"जनआस्था" मा आएर किशोर दाई (किशोर श्रेष्ठ, सम्पादक) लाई भने । "ज्वालािसंहले
देश टुक्राउन गरेको प्रस्ताव रामाराजाले मानेनछन, यो त ठुलै समाचार हुन
सक्छ होला नि ?" किशोर दाईले मसँग त्यसको प्रमाण माग्नु भयो । उसले भनेको
कुरा सुनेको बाहेक अरु केही पनि प्रमाण मसँग थिएन । जसकाकारण त्यो समाचार
भएर पनि प्रकाशित नभएपछि त्यो समाचारमा दरिन सकेन् । त्यसका लागि उसले पनि
मिडियामा बोल्ने आँट पनि गरेन र यति मात्र लेखियो "ज्वाला समुह विभाजित ।"
तर त्यसको केही समयपछि नै सो पटना घटना भने "नेपाल साप्ताहिक" मा छापियो ।
न रामराजासँग त्यसपछि मेरो भेट भयो, न मेरा जिल्ला वासीसँग । आज ती
घटनाहरु यादमा आए मेरा । उनै रामराजािसंहको आज बिहान देहान्त भएको खबर
सुनियो । माओवादीले राष्ट्रपतिको उम्मेदवार बनाएका उनै रामराजािसंह
अस्पतालमा भर्ना हुदाँ र सो अघि बिरामी भएर गृह जिल्लामा आर्थिक अभावका
कारण ओच्छयानमा छटपटीरहे । त्यो समाचार बाराम्बार छापामा आए तर माओवादीले
त्यसप्रति कुनै चासो राखेन । तर आज उनी देहान्त भएपछि भने माओवादी
नेतृत्वको सरकारले गणेशमान िसंहको हैसियतमा राखेर उनलाई "राष्ट्र गौरब" पदवीले सम्मान गरेको छ । त्यसका लागि माओवादी र माओवादी नेतृत्वको सरकारलाई
धन्यवाद दिनु पर्छ नै ।
अलबिदा रामराजा !!!
हामी तपाईलाई सधै सम्झने छौं ।
No comments:
Post a Comment