Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, August 15, 2015

मधेसी बुद्धीजिवी:बिदेशमा सुचना बेच्ने देखी पैसा उठाउनेसम्म

मेरा मित्र पत्रकार राजेश अहिराज मधेसवाणी साप्ताहिक पत्रिकाका सम्पादक हुन । उनै पत्रकार अहिराजले हालै त्रिभुवन विश्वबिद्यालयवाट "मधेस आन्दोलन र मधेसवादको विकासक्रम" बिषयमा बिद्याबारिधी (PHD) समेत गर्नु भएको छ । खुसीको कुरा उहाँको परिचयमा अब डा. थपिएको छमुख्यतः तराई मधेस केन्द्रित मुद्धा र तीनका लागि सक्रिय राजनीतिक दल, संघसंस्था र ब्यक्तिहरुले उनको पत्रिका भित्र स्थान पाउँछन्, पाउँदै आइरहेका छन । तराई र मधेसका अधिकांस मुद्धाहरु उनका पत्रिकामा आउँछन । के पनि भनिन्छ भने, अहिराजले आफनो पत्रिकामा स्थान दिएनन भने सो मुद्धा तराई–मधेसको हुन सक्दैन । तराई–मधेसका मुद्धा स्थापित गर्नका लागि आफनो ठाउँवाट मिडियामा शिर्ष भुमिकामा रहेका उनै पत्रकार अहिराजले तराई–मधेसका मुद्धालाई लिएर उनी बेला बेलामा नेतृत्वमाथी पनि चोटिलो प्रहार गर्दै आइरहेका छन । मधेसका मुद्धालाई स्थापित गराउन सक्रिय रहेका उनै पत्रकार अहिराज पत्रिका होस वा सामाजिक सञ्जाल दुवैवाट मधेसी नेतृत्वको गलत कदमको तिव्र आलोचना पनि उत्तिकै गर्दै आएका छन् । मधेसी नेतृत्व र मधेसी अधिकारकर्मीसँग केही प्रश्न उठाउन थालेका उनै पत्रकारले पछिल्लो पटक होटलमा मधेसी मुद्धाका बारेमा बहस गराउने प्रति प्रश्न उठाउँदै उनले सोधेका छन, ‘यो पैसा कहाँवाट आउँछ ?’

आउनुहोस, उनै डा. अहिराजले  आफनो फेसबुकमार्फत पछिल्लो समय उठाउँदै आएका प्रश्नहरुलाई अध्ययन गरौं । एउटा जिम्मेवार पत्रकारले उठाएको प्रश्न भएकाले मैले आफनो ब्लगमा उनका बिचारलाई स्थान दिएको छु ।

  • काठमाडौं मा ५ थरि का मधेशी बुधिजिवी र नागरिक समुहहरु छ । बिदेशीलाई सुचना बेचेर धन कमाउने, आन्दोलनको नाममा पैसा उठाएर काठमाडौं कै होटेल /होटेलमा सेमिनार गरेर नाफा कमाउने, भेस्टहरु बेचेर धन कमाउने, गैर-मधेशी दलका मधेशी दलालहरु रुप बद्लेर आन्दोलनमा सकृयता देखाउने र मधेशको लागि दिनरात काम गर्ने । तर बर्चस्व रगत बेच्नेहरु कै छ काठमाडौंमा । दिनहु ५/६ गोस्ठि, छलफल , सेमिनार जारी छ ।
  • २०६२ / ०६३ मा काठमाडौं मा च्याउ झै उम्रेका थिए मधेशी बुधिजिबी र नागरिक समाजहरु । त्यस मध्यै केहिले देशी बिदेशी पैसा घर लगे । केहिले मधेशी आन्दोलनको सुचना बेचेर पद पाए । केहिले पैसा उठाएर काठमाडौं को होटल / होटल मा सेमिनार गरेर हिसाब मिलान गरे । तर, मधेश को नाममा उठेको पैसा मधेश र मधेशका मधेशीसम्म पुगेन । हिजो आज फेरी काठमाडौंमा तेही दोहरिदै छ । कहाँबाट आउछ एत्रो पैसा ?
  • मधेशमा भइरहेको आन्दोलनमा घाइते भएकाहरुको उपचारको खर्च पुगी राख्या छैन । काठमाडौंको मधेशी बुधिजिवीलाई कहाँ बाट यती पैसा आएको छ ? दिन दिनै होटल मा बैठक भएको भए छ त ।
  • मधेशी युबा विद्यार्थी को साझा शर्त "राजिनामा नही तो आन्दोलन नहि"
  • १ दिन नेपाल बन्द गर्दा कती घाटा हुन्छ ? बन्द अवाहनकर्तालाई तिराउने ब्यबस्था गरौ ।
  • बन्द होईन नेताजि तपाईं हरुको राजिनामा चहियो । सम्बिधान सभाको जागिर जारी राखेर हामीलाई बन्द उपहार ? बन्द को बिकल्प चाहियो । बन्द होईन अन्शन बस ।
    अहिराजले फेसबुकमा सेयर गरेको एउटा तस्विर
  • बन्दको बिकल्प खोजौ ।
  • अन्शन बस, आ-आफ्नो पदबाट राजिनामा देउ, सडक सङ्हर्श गर, बिरोधी दल र सिंहदरवार घेर तर बिन्ती छ बन्द नगर । नेपाल बन्दको बिरोध गरौ ।
  • ढिलो न्याय दिनु अन्याय गर्नु हो भन्ने कुरा कहिले देखी बुझ्छन हाम्रा न्यायकर्मी हरु । न्यायको प्रतिक्छामा महिनो देखी अन्यायमा बस्नु परेका नेपालीहरुका बारे सोचौ ?
  • मधेशी नेता र अधिकारकर्मीहरुका निमित एउटा "माहामोर्चा " खोल्ने बेला भो । हे भागवान, कती धेरै मोर्चा ? एउटा दल १०/१० वोटा मोर्चामा छन वा काम कम मोर्चाको बैठक बढी । मोर्चा हि मोर्चा ।
  • मधेशी दलका इमान्दार युबाहरु नेतृत्व प्रती आक्रोशित हुँदै गएका छन । यदि यिनीहरु सँगठित हुन सके भने नेतृत्वलाई छती हुन सक्छ । सम्बीधानसभा त्याग्नुस, मधेशी युबा र मधेश सम्हाल्नुस । नत्र युबा आक्रोशले नेतृत्व सिधिन सक्छ ।
  • मधेशी जनता केहि बोलेनन, किन होला ? १. नेता माथि बिश्वास नभएर २ .सङ्हियता न चाहेर ३. समान्ता न पाएर ४ . राजनिती प्रती बितृश्ना भएर ५. मधेश मा नया राजनेता न पाएर ......
  • अहिले जे जस्तो हुँदैछ । जे. पि. जिले पहिले नै आफ्नो पुस्तकहरु मार्फत सन्केत दि सक्नु भा'को छ । वास्तवमा नेपाल कै बौधिक नेताहरु मध्ए जे. पिजि अग्रस्थानमा हुनुहुन्छ । बौधिक्ताको सधै कदर गर्छु तर मुदागत इमान्दरिता ...?
  • हैन यो मधेशवादी दलका नेताहरुले भाषण गर्न मात्रै जानेका छन् कि कसो ? कहिले देश टुक्र्याउने त कहिले आन्दोलनको बाढी ल्याउने । गर्ने भनेको हात्ती हात्ती आयो हात्ती आयो फुस्सा !
  • मधेशी नेताहरु को 'मधेशसँग प्रेम र मधेशीसँग भय" भैदिएको भए आज हाम्रो यो दशा हुन्थेन । अझै पनि कार्यकर्ताको नेता मोह र समर्पण चिन्ता को बिसय हो । मधेश भन्दा नि सभाषादको जागिर प्यारो हुनुको परिणाम हो यो ।
  • २०६४ पछी उम्रेका मधेशी दलका नेताहरुले निजी स्वार्थपुर्तीको राजनिती मात्र गरेका एक्मुस्ठ परिणाम हो यो ६ प्रदेश । मधेशलाई पटक पटक सत्ता प्राप्तीको साधन मात्र बनाएका कारण आज मधेश टुक्राटुक्रामा बिभक्त भो । सत्ताका लागी ज्यान दिनेहरु आज सिङो मधेश को ज्यान लिएर छाडे ।
  • मधेशी समाजलाई दोहन गरेका कारण ओझेलमा पुगेका पात्रहरु क्रमस नया-नया अनुहारको हात समाउदै काठमाडौं मा नया - नया पसल खोल्दै छन । यस्मा ति अनुहार बढी छन जस्ले २०६३ साल ताका मधेशी सहिद र घाइतेको नाम मा पैसा उठाएर घर भित्राएका थिए ।




No comments:

Post a Comment