Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, August 10, 2015

मधेस प्रदेशलाई चीनसँग नजोडेकोमा सरिता गिरीको आपत्ति

प्रमुख चार दलले पर्सा देखी सप्तरीसम्मको सिमाङकन गरेर निमार्ण गर्न खोजेको प्रदेश नम्बर २ लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले आपत्ति जनाएकी छिन् ।
सोमवार आफनो फेसबुकमा स्टाटस लेख्दै प्रदेश नम्बर २ (सम्भावित मधेस) लाई उत्तरी छिमेकी चीनसँग नजोडेर आर्थिक रुपमा बिभेद गर्न खोजिएको उनको आरोप छ । सबै प्रदेश चीनसँग जोडिएको तर प्रदेश नम्बर २ मा मात्रै नजोडे पछि उनको आपत्ति प्रकट भएको हो ।
‘छ मध्ये चार प्रदेशको पहुँच भारत र चीन दुवै देशको सिमासम्म रहेको छ, लुम्बिनी पर्ने प्रदेशको चीनको सिमासम्मको पहुँच अप्रत्यक्ष रुपमा रहने सबैले बुझेकै छन तर मधेस प्रदेशको रुपमा कोरिएको प्रदेश नम्बर २ को पहुँच चीनको सिमासम्म प्रत्यक्ष रुपमा छैन र अप्रत्यक्ष रुपमा समेत रहने छैन्’ गिरीको भनाई सार्वजनिक भएको छ ।
यसअघि स्वायत्त मधेस प्रदेशको माग गर्ने नेतृ गिरीले सिमाङकन टुंगिए पछि भने आर्थिक र भौतिक रुपमा समृद्धशाली हुदैँ गएको उत्तरी छिमेकी चीनसम्म मधेसको संवन्धमा जोडन आवाश्यक भएको जोड गरेकी हुन । सो अघि उत्तर–दक्षिण सिमाङकन गर्ने प्रयास बिरुद्ध उभिदैँ आएकी नेतृ गिरीले शनिवारवाट भने आफनो फरक धारणा ब्यक्त गरेकी हुन ।
‘नेपालको नदेखिने  तर केन्द्रको प्रत्यक्ष संरक्षणमा आदिकाल देखी चलिरहेको बैद्य–अबैद्य ब्यापार समानान्तर अर्थतन्त्र नै यहाँको सिमित शाषक र ब्यापारी समुदायमा देखिने बैभवको आधार हो,’ गिरीको भनाई आएको छ, ‘त्यस समानान्तर अर्थतन्त्र र ब्यापार क्षेत्रलाई मधेस प्रदेशका लागि निषेधित गरिएको र मैले यसलाई पनि आर्थिक समृद्धीको कोणवाट ठुलो बिभेदको रुपमा लिएको छु ।’  

No comments:

Post a Comment