Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, April 7, 2015

'यो बैठक भित्र जे-जे भयो,भयो तर यो कुरा बाहिर चाँही नभनौ'

प्रचण्डद्धारा आन्दोलन फिर्ताको प्रस्ताव, अरुको बिमती
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय बिपक्षी मोर्चाले आन्तरिक रुपमा असहमतिका बाबजुद संयोजक पुष्पकमल दाहालको अडानका कारण बुधवार र बिहिवारका लागि पुर्व निर्धारित आमहडताल फिर्ता लिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बिपक्षी मोर्चाका संयोजक तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा लामो छलफल गर्दै आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिएको हो । बिपक्षी मोर्चाले चैत २४–२६ का गरी तीन दिने आमहडतालको घोषणा गरेको थियो । मोर्चाद्धारा निर्धारित पहिलो दिनको आमहडताल तुलानात्मक रुपमा सफल भएको जिकिर गर्दै संयोजक दाहालले उद्योगी ब्यावसायी तथा नागरिक समाजको आग्रहमा आमहडताल बाकी कार्यक्रम फिर्ता लिइएको बताएका छन् ।

उपेन्द्र यादवले मध्यरातमा जारी गरेको बिज्ञप्ति
 ‘उद्योगी, ब्यावसायी तथा नागरिक समाजका अगुवाको आग्रहमा पुर्व निर्धारित आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिने निर्णय ३० दलीय मोर्चाको बैठकले गरेको छ,’ अध्यक्ष दाहालले सञ्चारकर्मीसँग भने, ‘आमहडताल फिर्ता लिएर आन्दोलनको स्वरुप बदल्ने छौ ।’ यद्धपी, आगमी दिनमा कस्तो खालको आन्दोलनका कार्यक्रम दिने भन्ने बारेमा भने मोर्चाले कुनै निर्णय सार्वजनिक गरेको छैन् ।
मंगलवार बिहान उद्योगी तथा ब्यावसायीको एउटा समुहले संयोजक दाहाललाई आमहडतालका बाँकी कार्यक्रम फिर्ता लिन भेटेरै आग्रह गरेका थिए । उद्यमीको सो आग्रहलाई स्विकार गरेका दाहालले मोर्चाको बैठकमा आमहडताल फिर्ताको प्रस्ताव गर्ने बचनबद्धता उद्यमीसँग जनाएका  थिए । सोही अनुसार दाहालले साँझ बसेको मोर्चाको बैठकमा आमहडताल फिर्ता लिने प्रस्ताव गरेका हुन् ।
बैठकमा सहभागी एक तराई–मधेस केन्द्रित दलको नेताका अनुसार पहिलो दिनको आमहडतालमा अपेक्षित उपस्थीति नभएको तर्क संयोजक दाहालले गरेका छन् । ‘पहिलो त उद्यमी र ब्यावसायीको आमहडताल फिर्ता लिन आग्रह गर्नु भएको छ,’ दाहाललाई उद्यृत गर्दै ती नेताले भने, ‘दोस्रो कुरा, आमहडतालको पहिलो दिन सोचे अनुरुपको कार्यकर्ता र जनता सडकमा ओर्लिएनन, तीन दिनसम्म आमहडताल लम्ब्याउन नसकिने देखियो, त्यसकारण यो आमहडताल फिर्ता लिएर नयाँ कार्यक्रम बनाएर जाऊँ ।’ दाहालका अनुसार माघ ५ गते संविधानसभा भित्र बिपक्षी मोर्चाका सभासदले संघर्ष गरेका कारण माघ ६ को बन्द भब्यताको साथ सफल हुन पुगेको तर अहिले अवस्था त्यस्तो छैन ।


उद्यमी ब्यावसायीको आग्रह त छदैछ, त्यसमाथी सोचे अनुसार हडतालको पहिलो दिनमा पनि कार्यकर्ता र जनता सहभागिता देखिएन, तीन दिनसम्म हडताल लम्ब्याउन नसकिने भयो, स्थगित गरेर जाऔं
– बैठकमा दाहालको प्रस्ताव


धेरै साथीको आमहडताल फिर्ता लिने बिषयमा बिमत्ती रहे पनि यो कुरा चाँही कोही कसैले बाहिर नभनौ
बैठकमा गच्छदार 

दाहालका दुवै प्रस्तावको तराई–मधेस केन्द्रित दलसहित अन्य साना दलले घोषित कार्यक्रम अनुसार नै जान जोड गरे पनि संयोजक दाहालले आमहडताल सफल त परै जाओस, प्रतिवाद हुन सक्ने खतरा पनि बैठकमा देखाएका छन् । ‘२३ गतेको संविधानसभा बैठकवाट सत्तारुढ दल प्रक्रियामा गएको भए चाँही आन्दोलन एउटा उचाई जान सक्थ्यो तर सभाध्यक्षले बैठक ३० गते पु¥याउनु भयो, यो बिचमा केही भएको पनि छैन्’ दाहाललाई उद्यृत गर्दै सहभागि अर्का नेताले नागरिकसँग भने । उनका अनुसार संयोजक दाहालबाहेक अन्य सबै दलका नेता आमहडताललाई निरन्तरता दिनु पर्ने पक्षमा थिए ।
मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेको सो बैठकको अन्त्यमा मात्रै फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले बोलेका थिए । ‘प्रचण्डजीको आमहड्ताल फिर्ता लिने प्रस्तावमा पहिला नै बोल्यो भने सत्तामा जान खोज्यो भनेर यहीवाट आरोप लाग्छ, म अन्तिममा बोल्छु’ भन्दै गच्छदारले उपस्थित सबैले बोलिसके पछि मात्रै आफनो धारणा राखेका थिए । ‘म प्रचण्डजीको प्रस्तावलाई समर्थन गर्छु तर यहाँ भएका कुरा चाँही बाहिर नजाओस् है’ गच्छदारको आग्रह थियो ।
सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोलगायतले घोषित कार्यक्रम स्थगित गरेमा ‘युद्धमा उत्रिएर मैदानवाट भागेको’ सन्देश जाने भन्दै निरन्तरता दिन आग्रह गरेका थिए । तर, दाहालले भने तीन दिनसम्म हडताल लम्ब्याउन नसकिने निरन्तर जिकिर गरे पछि तीन घन्टा लामो समयसम्म चलेको बैठकले बन्द फिर्ता लिने र नयाँ कार्यक्रम चलाएर अघि जाने निर्णय गरेको हो ।
आमहडताल फिर्ता लिने बिषयमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मध्यरातमा प्रेस बिज्ञप्ति नै जारी गरी असन्तुष्टी जनाएका छन् ।  ‘सरकारले बिगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर नगरेसम्म र मोर्चाको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने भनेर ३० दलीय बिपक्षी मोर्चाले चैत्र १ गते गरेको निर्णय बिपरित आमहडताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडित बर्गलगायत आम जनतालाई धोका दिएको’ फोरम नेपालले ठहर गरेको छ । अध्यक्ष यादव बिराटनगरमा छन् भने आमहडताल फिर्ता लिने निर्णय प्रति असन्तुष्ट अर्को दल संघीय समाजवादीले भावी रणनीति तय गर्न आकस्मिक रुपमा स्थायी समिति बैठक बुधवार बोलाएको छ ।
यद्धपी, बैठकले हडतालको तयारीसहित पहिलो दिनमा पक्राउ परेकाको रिहाई र घाइतेको उपचारको ब्यवस्था गर्ने माग गर्दै चैत २६ गते रौतहट, सदरमुकामममा सभा गर्ने निर्णय गरेको सदभावना महासचिव मनिष सुमनले जानकारी दिएका छन् ।

No comments:

Post a Comment