Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, April 12, 2015

बाग्लुङ–१ मा जमानत जफत भए पछि माओवादीहरुका भनाई

एकीकृत नेकपा माओवादीका उम्मेदवार कृष्ण केसीको बाग्लुङमा लज्जास्पद हार ब्यहोरेका छन् । बाग्लुङ– १ हरिबहादुर खड्काको दुर्घटनामा देहान्त भए पछि आयोजना गरिएको उपनिर्वाचनमा उनकै श्रीमती चम्पादेवी खडकाले (१७१५४ मत) बिजयी हासिल गरिन भने एमाले नेतृ मना केसी (१५०६८) मत  दोस्रो स्थानमा रहिन । तर, संविधानसभाको पहिलो चुनावमा १४ हजार मत पाएको माओवादीले संविधानसभा–२ मा आइपुग्दा ६ हजार र त्यही उपनिर्वाच हुदाँ जम्मा २ हजार ५ सय मत मात्रै मत पायो । त्यो मत माओवादीका लागि यस्तो मत (कृष्ण केसीले २५०५ मत) हुन पुग्यो कि त्यसले जमानत पनि उठाउन सकेन् । जमानत नै उठाउन नसक्ने मत कृष्ण केसीले पाए पछि त्यसका बारेमा क्रिया प्रतिक्रियाहरु आइरहेका छन् । सामाजिक सञ्जालहरुमा आएका क्रिया प्रतिक्रिया मध्ये माओवादीका नेता स्वयं र माओवादी निकट चाँही जमानत जफत भए पछि के भन्छन त ? त्यसलाई यहाँ समेटने प्रयास गरेको छु । साथमा फेसबुक र टिवटरमा आएका केही पत्रकार मित्रका प्रत्रिक्रियालाई पनि हालेको छु ।

शक्ति बस्नेत, स्थायी समिति सदस्य, एमाओवादी 
बाग्लुङ्ग एकको उपनिर्बाचनको परिणाममा एमाओवादीले आफ्नो पहिलेको अबस्था कायम राख्न सकेन ! संबिधान सभामा अनुपस्थित जनाईरहेको स्थितीमा यो परिणाम त्यती अस्वाभाबिक नै पनि होईना ।तथापी प्रतिस्प्रधात्मक राजनीतिमा अाफ्नो श्रेस्ठता पुनःसाबित गर्न गंभिर समिक्छ्या सहित साझा संकल्पको आबश्यकता छ। अहिले पनि मुलुक र जनताको निम्ति आफुलाई समर्पित गर्ने नेता कार्यकर्ताहरुको बिशाल ताकत पार्टी संग छ ।

नरेन्द्रजंग पीटर, माओवादी निकट लेखक तथा बुद्धीजिबी
बधार्इ क. कृषण केशी,(बागलुंगका संसदिय चुनावका माअोवादी उम्मेदवार) तिमीले गुट र उपगुटमा बिभाजीत माअाेवादीलार्इ शिक्षा दियाै । नेता नै अार्कमा नटिकेर पलायन भएकाे वेला, दुश्मनले मनाेयुद्दकाे चाैतर्फी घेरा हालेकाे वेला, नेतृत्वपंग्तीमा सामाजिक अपिलकाे नैतिक पुँजी रास भइर्रहेकाे बेला, अाफ्नै अजेणडा मार्केटिग गर्न चुकेर अन्यन्त्र बरालिरहेकाे बेला, संगठात्मक कुनै अनुशासन पालन कसैले गरिरहन नपरेकाे बेला, कस्ले के भन्छ मा हैन् कस्ले के गर्छ ? भनेर महान जनताले नियाली रहेकाे बेला, जीवनब्यबहार र सामाजlक संम्बन्ध कस्ताे राख्छ भनेर माैन तर सुछम हेरlरहेकाे वेला .....त्यैवेला तिमीn] माेर्चामा जाने दायित्व निर्वाहा गरेर अन्य नेता, कार्यकर्ता र समग्र पार्टीलार्इ शिक्षा दियाै..... फेरी पनि बधार्इ युद्द माेर्चामा सामेल भएर डटेकाेमा ।

प्रकाश दाहाल, माओवादी कार्यकर्ता (प्रचण्ड पुत्र)
देश भरिकै जिल्लाको कुरा गर्ने हो भने पार्टी केन्द्रीय सदस्य धेरै भएको जिल्ला बाग्लुंगनै होला । तर आजको चुनाव नतिजाले ति सदस्यको अर्थ के रहयो र ? कमरेडहरु शहर वा राजधानीमा बसेर चर्का कुरा गर्नु भन्दा जिल्लामै सेल्टर जमाएर बसेको भए । यो तालले कहिले उभो लाग्ला र ? सबै जिल्लाका केन्द्रिय सदस्यहरुलाई जिल्ला पठाउने उपाय गरौ । काठमाडौमा बसेर आदर्शको कुरा छाट्नु भन्दा । पदमात्र ओगटेर के हूंदो रहेछ त देखियो । १५१ जना केन्द्रिय सदस्यलाई आ-आफ्नो जिल्ला पठाउ र पैसा भन्दा बाहिर जनताको काम गर्न लगाउ ।

दीपेश पुन, बिद्यार्थी नेता, अखिल क्रान्तिकारी
बाग्लुङ्मा के भाको हो त्यो सबैलाई थाहा हुने कुरो भएन । जे भएको छ ठिकै भएको छ । समय घर्केपछि एमालेहरु धेरै नकराउँदा नै ठीक होला। हामीहरु आत्तिने र निरास हुनु पर्ने बेला भा छैन।
न त फिल्डका इमान्दार कार्यकर्ताको व्यवस्थापन गर्छन्,न त कार्यकर्ताको फोन उठाछन्,न त जनताको कामगर्छन्।अझ बरु केन्द्रमा बसेर नेताहरुले फिल्डमा खत्ने इमान्दार कार्यकर्ताहरुलाई गुट-उपगुटमा विभाजन गर्दै तेरोमेरो भन्दै हिसाव गर्न थालेपछि माओवादीको भोट कसरी बढ्छ त बरु घत्छ सबैलाई चेतना भयाः

एटम खडका, मजदुर नेता, एमाओवादी 
बागलुङको निर्वाचन क्षेत्र नम्वर एकमा भएको उपनिर्वाचनमा भएको जमनात जफत हाम्रालागि ठुलो चुनौती मात्र होईन असध्यै लज्जाबोध पनि हो । हामि शहरमा बस्छौं चिया पसलहरु हाम्रा सर्कुलर वाचन केन्द्र बनेका छन रत हामिले जनता बिर्शिएका छौं त्यसपछि परिणाम यस्तै आउंछ,अझैपनि हाम्रो घैंटोमा घाम नलागे हामि कहिल्यै सर्पने छैनौ चेतना भया ।
खगेन्द्र छन्त्याल, माओवादी कार्यकर्ता
भनिन्छ सत्य तितो हुन्छ फेरिपनि यदाकदा सत्य बोल्नु नै पर्ने हुन्छ, बागलुंग उप-चुनाव प्रचार-प्रसारको समयमा कृष्ण के.सी. जिताउ अभियानमा संग्लग्न मेरा एक जना अनन्य मित्रको फेसबुक स्तातसमा कमेन्ट मार्फत मैले यस्तो लेखेको थिय " मेरा मित्र कृष्ण जी ले जमानत मात्र फिर्ता गर्नु भयो भने वहा बधाईको पात्र हुनु हुनेछ " कामना गरौ त्यस्तो नहोस ! तर भयो त्यस्तै ! चुनावी परिणामले कृष्णजीको जमानत जफत भयको कुरा प्रस्तायको छ ! तथापि बाग्लुंगको चुनावी परिणाम बाट एमाओबादी आत्तिहाल्नु त पर्दैन तर नब्बे डिग्रीको कोणमा फर्केर सैदान्तिक, राजनैतिक र बैचारिक क्षेत्रमा सच्चिनु चाहि जरुर आबस्यक छ ! होईन भने अर्को चुनावमा एमाओबादी नामक पार्टीको टिकट दिनानाथले जसरि अस्विकार गरे त्यसरी नै कृष्ण के.सी. र कृष्ण के.सी.हरुले ले पनि अस्विकार गर्नेछन र एमाओबादी बाग्लुंगमा उम्मेदवार बिहिन बन्ने छ ! त्यस्तै यो चुनावको परिणाम बाट कांग्रेश मात्तिनु पर्ने जरुरत छैन ! स्मरणरहोस ०१७ र ०४७ को चुनावी परिणामले कांग्रेश मात्तिदा त्यसको दुस्परिणाम के भयो ? जगजाहेर छ ! किनकि यो परिणाम कुनै अनपेक्षित , आकस्मिक र अस्वभाविक परिणाम हुदै होईन ! तथाकथित कम्युनिस्टहरुको सैदान्तिक राजनैतिक नपुंगसकता , अत्यन्तै कम्जोर उम्मेदवार र एक ठाम दर्जन बाम को का

यादब देवकोटा, बामपन्थी पत्रकार
हजारौंको जीवन/रगत/आँसुको लिलामी गरेर जुन दिन लालबोसरुको लाजिम्पाट अरु भुरेटाकुरे दरवार ठडियो,उही दिनदेखि हो पेरिसडाँडावालाको जमानत जफत भएको|

भरत दाहाल, लेखक÷पत्रकार, पुर्व माओवादी नेता 
परिवर्तनकाे  ठेक्का  पाएकाे प्रमाणपत्र घाँटीमा झुण्ड्याएर जनताबाट बढारिंदै जाउ। क्रान्तिकाे म्यान्डेड लिएका बाबुरामकाे दाबि सत्य देखियाे !

अशोक दाहाल, पत्रकार, रिपब्लिका अंग्रेजी दैनिक (माओवादी बिट)
बाग्लुङ उप-निर्वाचनमा अघिल्लो चुनावमा ६००३ मत ल्याएका माओवादीका कृष्ण केसीले जम्मा २५०५ मत ल्याए । पक्कै धाँधली भो :P

लेनिन बञ्जाडे, पत्रकार कारोबार दैनिक
कुनै बेला जनताका घर-सम्पत्ति जफत गरे, अहिले आफ्नै जमानत जफत भयो :)
#एमाओवादी #समय

दी सेती रिभर
अब के दलिल दिनु?जनादेश भनुभने सय/दुइसय पनि बढी सडकमा निस्कदैनन।चुनाप लड्यो: जमानत जफत, मतादेश सुन्य।उपग्रहहरुको दानापानी पनि सकिए जस्तो छ।

दीलनिशानी मगर, पुर्व माओवादी कार्यकर्ता
अशोक राई को प्रतिनिधि लाइ कुल मत २३ प्राप्त भएको छ । जिल्ला कमिटि सदस्य
हरुले पनि मतदान नगरे जस्तो लाग्यो l कृषण दाई को जमानत पनि जफत भयो

हिम बिष्ट, केन्द्रीय सदस्य, क्रान्तिकारी पत्रकार संघ
# जमानत जफत भएर काँ लाज मान्छन् र कमरेडहरु यसले महल र सपिगं कम्प्लेक्स बन्दैन 

#दिनानाथ शर्मा जानेरै विचैमा विरामी भएर फर्केका रछैन । सबै माओवादी नेता चुनावमा जानुभन्दा पहिल्यै विरामी होलान् भन्ने डर अर्को पालाँ

मनोज दाहाल, समाचार सम्पादक, अन्नपुर्ण पोष्ट
जातीय राज्यको आलाप गाउँदै एकपछि अर्को जनताविरोधी काम गर्दै गइरहे आगामी निर्वाचनमा एमाओवादीको वीउ दुर्लभ हुनसक्छ।

रामकृष्ण अधिकारी, राजधानी दैनिक
लज्जाशरम ! कुनै वेला देशको ८० भन्दा वढी प्रतिशत भूभाग आफनो नियन्त्रणमा रहेको दावी गर्ने माओबादीको वाग्लुङ उपनिर्वाचनमा जमानत जफत

किरण भण्डारी, पत्रकार बिबिसी
# प्रचण्ड, बाबुराम शव्द शव्दमा जनादेश, जनादेश भन्दै अत्तो थाप्छन। ती जनता बहिष्कारवादी हुन् की क्या हो
# एमाओवादीलाई वाग्लुङका मतदाताले पनि लोप्पा खुवाइदिएछन्। जमानत जफत हुन लागेकोमा हार्दिक समवेदना !!

 गणेश बस्नेत, समाचार सम्पादक राजधानी दैनिक
पहिचान के हो रु पहिचानवादी के हुन रु भन्ने तथ्य बाग्लुङको उपनिर्वाचनले छर्लंङ्ग पारिदिएको छ । अव पनि भ्रमको खेती गरे जनताले जमानत मात्र होइन, पार्टी नै जफत गरिदिने छन ।


खिलबहादुर भण्डारी, माओवादी निकट बरिष्ठ पत्रकार
लारक्याल लामा जिन्दावाद, कमरेड रविन्रपर्ताप शाह जिन्दावाद, भूपू सिडियो कमरेड सुब सेन लालसलाम, सुमार्गीहरू दामसलाम अनि बाग्लुङतिर जमानत जफतसलाम  !!!!!

मणी दाहाल, राजनीतिक संबाददाता, नागरिक दैनिक
बागलुङको चुनावमा आफू हारेको भन्दा एमालेजन माओवादीको थोरै भोट ल्याएकोमा खुशी छन्। दुस्मनी भनेको यस्तो हुनुपर्छ।

सन्तोष घिमिरे, अन्नपुर्ण पोष्ट
प्रस्तावित मगरात राज्यमा पहिचानवादीहरुको हालत !! कठै कठै !! अझै जातियताको नारा घन्काउन छोड्दैनन ११

कृष्ण केसीको फेसबुक वालमा केही प्रतिक्रियाहरु पनि आएका छन्, प्रतिनिधि प्रतिक्रियाहरु:

भवानी पन्त:
 #स्मरण रहोस हाम्रो पालामा हाम्रो एउटा वार्ड बाट मात्र 300 भन्दा बढी भोट खसेको थियो एमाओबादी लाइ अहिले सिंगो गाबिस ??? >
राजनीति भनेको यहि रहेछ .. म ढुक्क भए कि हाम्रो वार्ड मात्र नभएर हरिचौर नेकपा-माओबादी को बर्चस्व रहेछ .. यद्द्यपी एमाओबादी का जिल्ला संयोजक र नेकपा-माओबादी का जिल्ला सेक्रेटरी त्यहि हरिचौर गाबिसका हुन्

#अहिले बाग्लुंग मा उपनिर्वाचन को नतिजा आइ सकेको छ , कांग्रेश विजय भएको छ ,. यता दिनानाथ लाइ आज गतिलो निन्द्रा लाग्ने पक्का छ ...
जे भए पनि केन्द्रिय नेता ले आट गर्न सकेनन धन्न जापान बाट बेलैमा गएका थियौ Krishnaदाइ आट गर्यौ, बिग्रेको ठाउमा खडा हुने काम गर्यौ , यो मानेमा बाधाइ छ , एमाओबादी को जमानत जफत भयो यस्मा उमेदबार को के गल्ति ... सिंगो पार्टी हाकेका हरु आजः कता गएका छन् तिनको गल्ति हो .. तिनको गलत मुल्यानाकंग हो र आत्मघात हो .. यहि नै देखिन्छ आज को यो नतिजा ..
नत्र भन बिज्ञप्ति मार्फत आत्मघात भएको छैन हाम्रो भोट नै यत्ति २५०० हो भनेर भन होइन भने बाग्लुंग को पार्टी नै एमाओबादी को गलत छ आत्मघाती छ भन्ने बुझ्नु पर्यो ..
समग्र पार्टी नै अहिले एक एक अबस्थामा गुज्रिरहेको बेला बाग्लुंग को निर्बाचनबाट एक पाठ सिकेर जान नेत्रित्तो ले पहल गर्ने कि नत्र त
अहिले जनमोर्चा संग प्रतिस्प्रधा भयो अर्को पटक त समाज बादी संग होला .. भन्ने डर ..

गलत बाट पाठ सिकेर अगाडी बढौ .. जितेको र ठुलो भनेर मात्तिने कामनगरौ हारेको भनेर आत्तिने काम नगरौ केहि बर्षमा दुवै चिज भोगेर हेरको अनुभब ले पुन: नया ढंग ले अगाडी बढौ
फेरी अर्को पटक जित निच्छित छ ..
धन्यबाद


जमानत जफत भएका माओवादी उम्मेदवार कृष्णबहादुर केसीले कमेन्ट गरेको एउटा पुरानो प्रसङ्ग, यहाँ उल्लेख छ ।

एमाओबादी नेता टोप बहादुर रायमाझीले आपनो छोराको बिहे मा पैसाको रबाब देखाए l लामो समए सम्म कम्युनिष्ट आन्दोलनमा रहेका उनको सांस्कृतिक स्तर कस्तो रहेछ र उनि कति रुपान्तरण भएका रहेछन भन्ने कुरा उनको छोराको तस्बिरले पुस्टि गर्दछ l संयोग भन्नुपर्ला हिजो उनिसगै मसालमा काम गरेका जनकलाकार जीवन शर्माले पनि छोराको बिहे जनबादी सैलिले काठमाडौँमा गरेर आपनो बर्गिए पक्षधरता देखाए, तर रायमाझीले भने लोकलाजलाई पचाएर एस्तो तमाशा देखाएकी जसले माओबादी आन्दोलन र उनको आपनै इतिहासको समेत खिल्ली उडायो lधन्ने छ कमरेड !!! हुनत पाटी भित्र जहिले पनि बाबुराम कमरेडलाई भरेग बनाएर आपनो दुनो सोझाउन सफल रायमाझीले एस्तो लोक लाज पचाउने काम बाबुराम जी बाटै शिकेका होलान कि ? कुनै बेला यो देश मा बाबुराम जी प्र.म हुदा उहाको पी ए को बिहे पनि करोडौ खर्चेर भएको थियो जहाँ भोज खान प्रचण्ड, बाबुराम , हेलिकप्टर चढेर गएका थिए l ऎउतै आन्दोलन मा भएका बेक्ती कोहि सडकमा कोहि महलमा ....???????? यस्तै विसंगति र विकृतिले गर्दा होला विप्लबले आक्रोश पोख्न खोजेको !




No comments:

Post a Comment