Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, April 12, 2015

बाग्लुङ–१: प्रचण्ड पुत्र प्रकाश र दीनानाथ बिच फेसबुक जुहारी

यस्तो पोष्टर बनाएर प्रचार सुरु पनि भइसकेको थियो
प्रमुख प्रतिपक्ष एकीकृत नेकपा माओवादीका प्रवक्ता तथा केन्द्रीय नेता दीनानाथ शर्मा र पार्टी कार्यकर्ता प्रकाश दाहाल, जो एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र पनि हुन, बिच फेसबुकमा कडै जुहारी परेको छ । आइतवार बाग्लुङ–१ को चुनावमा एमाओवादीको जमानत जफत भए पछि दाहाल पुत्र प्रकाशले एउटा स्टाटस लेखेका थिए, त्यसमा प्रवक्ता शर्माले कडा टिप्पणी गर्दै काम नै गर्न नदिएको उल्लेख गरेका छन् । 
सो अघि दाहालले धेरै केन्द्रीय सदस्य भएको जिल्लामा पनि जमानत नै जोगाउन नसकेको भन्दै फेसबुकमा आक्रोश पोखेका थिए । उनले फेसबुकमा देश भरिकै जिल्लाको कुरा गर्ने हो भने पार्टी केन्द्रीय सदस्य धेरै भएको जिल्ला बाग्लुंग नै होला । तर आजको चुनाव नतिजाले ति सदस्यको अर्थ के रहयो र र ? कमरेडहरु शहर वा राजधानीमा बसेर चर्का कुरा गर्नु भन्दा जिल्ला मै सेल्टर जमाएर बसेको भए । यो तालले कहिले उभो लाग्ला र ? सबै जिल्लाका केन्द्रिय सदस्यहरुलाई जिल्ला पठाउने उपाय गरौ । काठमाडौमा बसेर आदर्शको कुरा छाट्नु भन्दा । पदमात्र ओगटेर के हूंदो रहेछ त देखियो । १५१ जना केन्द्रिय सदस्यलाई आ-आफ्नो जिल्ला पठाउ र पैसा भन्दा बाहिर जनताको काम गर्न लगाउ " यस्तो लेखे पछि प्रवक्ता शर्माले त्यसको भने त्यसको कडा जवाफ दिदै काम गर्न नै नदिएको उल्लेख गरेका छन् ।

उनले दाहालको स्टाटसमा कमेन्ट गर्दै भनेका छन्– धेरै सिसिएम हुने जिल्ला बाग्लुङ भएको सत्य होला । लिला थापाबाहेक अहिले सम्म कुनै सिसिएमले जिल्लामा काम गर्ने मौका पाए  ? पार्टी प्रवक्ताका अनुसार लिला थापाबाहेक अरु नेतालाई बाग्लुङमा काम गर्न नै दिइएन, परिणाम चुनावमा जमानत जफत नै हुने अवस्थामा पुग्यो । शर्माको संकेत यतै तिर छ ।  त्यसपछि दाहालले त्यसको जवाफ दिदै लेखेका छन, ‘काकाको भनाईलाई म सहमत जनाउँछु । 
प्रकाश दाहालको स्टाटसमा शर्माको कमेन्ट
बाग्लुङ–१ मा पार्टीको जमानत जफत भए पनि प्रकाशले भने सहानुभुती दिए । अरु ठुला भनाउँदा उठन नचाहेको क्षेत्रमा केसीले चुनावी प्रतिपस्पर्धा गरेको बिषयलाई भने दाहालले बढो सम्मान गरेका छन् । उनले लेखेका छन,  हाम्रो पार्टी वाग्लुंग क्षेत्र नं-१का उमेद्वार क. कृष्ण बहादुर केसीलाई बधाई दिन चाहन्छु । ठुला र मै हू भन्ने नेता नै हार्ने अवस्था देखेर कोही प्रतिस्पर्धा गर्न चाहेनन् तर वहां जति मजबुतसंग पनि प्रतिश्पर्धा गर्न तयार हुनु भयो । बधाई तथा धन्यबाद क. कृष्ण बहादुर केसी जी  दाहालले यो स्टाटस लेख्नुको पछाडी पनि एउटा कथा लुकेको छ, जो दीनानाश शर्मासँग संवन्धित छ ।
बाग्लुङ–१ ले चुनावका लागि भन्दै तीनजना नेताको नाम केन्द्रमा पठाएको थियो तर केन्द्रले भने जिल्लाले पठाएको कुनै पनि  उम्मेदवारको नाम नसमेटी बाग्लुङ–१ का लागि प्रवक्ता दीनानाथ शर्मालाई उठाउने निर्णय गरयो । सोही अनुसार केन्द्रवाट टिकट लिएर प्रवक्ता शर्मा बाग्लुङतिर हानिए पनि पोखरा पुगे पछि उनी "अचानक बिरामी" भए । उनले भने, ‘मलाई सन्चो भएन, स्वास्थ्यका कारण म चुनाव लडन सक्दिन् ।’
फेवा सिटी अस्पतालमा भर्ना भएका प्रवक्ता शर्माको सो कुरा आए पछि पुनः जिल्लाले सिफारिस गरेका तीन मध्ये एक कृष्ण केसीलाई उम्मेदवार बनाएर पठायो तर आइतवार चुनावी परिणाम सार्वजनिक हुने बेलामा भने उनको जमानत पनि जोगिन नसकेको देखियो । संविधानसभा–२ मा पाएको मत भन्दा आधा कम मत पाएर उपनिर्वाचनमा आइपुग्दा जमानत नै जफत भयो । जस्को सामाजिक सञ्जाल देखी सारा स्थानमा नयाँ बहस सिर्जना गरयो । र, माओवादीको भविश्य माथी नै प्रश्नहरु उठन थाल्यो र उठाउन थालियो ।
स्वयं उम्मेदवार केसी चाँही संस्थापन पक्षमा रहेको भन्ने उन कै फेसबुक कमेन्टले देखाएको छ । बाबुराम भट्टराई निकट नेता तथा पार्टी सचिव टोपबहादुर रायमाझीका छोराको बिबाहको प्रसङ्गलाई लिएर उम्मेदवार केसीले कडै टिप्पणी गरेका रहेछन् ।
रायमाझीको छोराको बिबाहको बिबादित तस्बिर 
पैसा नै पैसाको माला लगाएका रायमाझी छोरामाथी लेखेको यो स्टाटस सायद चुनावका लागि दुर्भाग्य साबित हुन पुग्यो, केसीले त्यो बेला लेखेका यस्तो लेखेका रहेछन-  
एमाओबादी नेता टोप बहादुर रायमाझीले आपनो छोराको बिहेमा पैसाको रबाब देखाए l लामो समएसम्म कम्युनिष्ट आन्दोलनमा रहेका उनको सांस्कृतिक स्तर कस्तो रहेछ र उनि कति रुपान्तरण भएका रहेछन भन्ने कुरा उनको छोराको तस्बिरले पुस्टि गर्दछ l संयोग भन्नुपर्ला हिजो उनिसगै मसालमा काम गरेका जनकलाकार जीवन शर्माले पनि छोराको बिहे जनबादी सैलिले काठमाडौँमा गरेर आपनो बर्गिए पक्षधरता देखाए, तर रायमाझीले भने लोकलाजलाई पचाएर एस्तो तमाशा देखाएकी जसले माओबादी आन्दोलन र उनको आपनै इतिहासको समेत खिल्ली उडायो lधन्ने छ कमरेड !!! हुन त पाटी भित्र जहिले पनि बाबुराम कमरेडलाई भरेग बनाएर आपनो दुनो सोझाउन सफल रायमाझीले एस्तो लोक लाज पचाउने काम बाबुराम जी बाटै शिकेका होलान कि ? कुनै बेला यो देश मा बाबुराम जी प्र.म हुदा उहाको पीएको बिहे पनि करोडौ खर्चेर भएको थियो जहाँ भोज खान प्रचण्ड, बाबुराम , हेलिकप्टर चढेर गएका थिए l ऎउतै आन्दोलन मा भएका बेक्ती कोहि सडकमा कोहि महलमा ....???????? यस्तै विसंगति र विकृतिले गर्दा होला विप्लबले आक्रोश पोख्न खोजेको 
चुनाव लडन गएका शर्मा अस्पतालमा भर्ना

यो कमेन्ट पछि थाहा हुन्छ, केसी संस्थापन पक्षका हुन, जसलाई भट्टराई पक्षधरले सहयोग नगरेका हुन सक्छन, चुनावमा पनि । हुन त माओवादी भित्र संस्थापन र भट्टराई पक्ष बिच यति धेरै ठुलो खाडल छ कि त्यो प्रतिस्पर्धामा भन्दा पनि निषेधमा बढी विश्वास गर्छ । एकले अर्को पक्षलाई सिध्याउनका लागि फोहरी र गैर राजनीतिक क्रियाकलाप पनि चरमसिमामा नै पुगेर गर्छन । त्यसको परिणाम पनि, केसीको जमानत जफत हुन सक्छ ।


र, फेरी प्रवक्ता शर्माकै कुराः 
उनको फेसबुक स्टाटसमा भने एकजनाले उनका शुभचिन्तक परिवर्तन प्रेमी नवराजले लेखेका छन, बधाई छ कमरेड दीनानाथ शर्मा, बाग्लुङ–१ मा माओवादीले चुनाव हारे पनि उहाँले जित्नु भएकोमा । 





सो चुनावी परिणाम पछि माओवादी नेता तथा कार्यकर्ताहरुले के के भने त ? पत्रकारहरुले टिवटर र फेसबुकमार्फत आफना बुझाईहरु कसरी पोखे त ? त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।




No comments:

Post a Comment