प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीभित्रको वैचारिक र सांगठनिक विवाद हल गर्नका लागि विराटनगर सम्मेलनबाट चुनिएको केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाइने भएको छ।
आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा वर्ष दिनभित्रै महाधिवेशन गर्ने सर्तमा केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठनको प्रस्ताव गर्न लागिएको हो। 'भोलि (आइतबार) देखि सुरु हुने बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्नेछ,' नेता बाबुराम भट्टराईले भने, 'पार्टीभित्र देखा परेको सांगठनिक तथा वैचारिक बहसलाई हल गर्न वर्ष दिनभित्रै महाधिवेशन गर्ने निर्णय पनि गर्नेछ।' उनका अनुसार केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण भएपछि स्वतः जिल्ला समिति पनि विघटन भई आयोजक समितिमा रुपान्तरण हुनेछन्।
अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच भएको 'भद्र सहमति' अनुसार केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्ने र वैचारिक बहसलाई वर्ष दिनभित्रै महाधिवेशनबाट टुंग्याउने निष्कर्षका साथ सो प्रस्तावको तयारी गरिएको हो।आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा वर्ष दिनभित्रै महाधिवेशन गर्ने सर्तमा केन्द्रीय समिति विघटन गरी आयोजक समिति गठनको प्रस्ताव गर्न लागिएको हो। 'भोलि (आइतबार) देखि सुरु हुने बैठकले केन्द्रीय समितिलाई आयोजक समितिमा रुपान्तरण गर्नेछ,' नेता बाबुराम भट्टराईले भने, 'पार्टीभित्र देखा परेको सांगठनिक तथा वैचारिक बहसलाई हल गर्न वर्ष दिनभित्रै महाधिवेशन गर्ने निर्णय पनि गर्नेछ।' उनका अनुसार केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण भएपछि स्वतः जिल्ला समिति पनि विघटन भई आयोजक समितिमा रुपान्तरण हुनेछन्।
वैशाखमा सम्पन्न विराटनगर सम्मेलनबाट चुनिएका केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई भट्टराई पक्षधरले भने अस्वस्कार गर्दै आएको छ। जसका कारण पार्टी कुनै पदमा पनि बस्न अस्वीकार गरेका भट्टराईसहितका उनी पक्षधर नेता औपचारिक रुपमा 'केन्द्रीय सदस्य' को हैसियतमा मात्रै सीमित छन्।
एमाओवादी स्रोतका अनुसार दुई दशक बढी लामो समय नेतृत्व गरेका दाहाल महाधिवेशन सँगसँगै 'नेतृत्व हस्तान्तरण' गर्न पछिल्लो समय मञ्जुर भएका छन्। जसका कारण, पार्टीभित्र डेढ दर्जन बढी जिल्लामा समानान्तर समिति गठन गरेको भट्टराई पक्ष त्यसलाई विघटन गर्न मञ्जुरसमेत भएको छ। 'महाधिवेशनमै जाने भएपछि पार्टीभित्र गठन भएका समानान्तर समिति पनि स्वतः विघटन हुनेछन्,' भट्टराईले सानेपास्थित निवासमा पत्रकारसँग शनिबार भने। उनका अनुसार माओवादीलाई सांगठनिक र वैचारिक रूपमा रूपान्तरण गर्न आइतबारदेखि सुरु हुने केन्द्रीय समिति महŒवपूर्ण हुनेछ।
तत्कालै भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने प्रसंगबारे भने भट्टराईले स्पष्ट जवाफ दिएनन्। 'यी सबै विषय (तत्कालै नेतृत्व हस्तान्तरण) सबै निर्णय केन्द्रीय समितिले गर्छ, प्रचण्ड र बाबुरामले चाहेर र भनेर हुँदैन, यद्यपि पार्टीलाई सांगठनिक र वैचारिक रूपमा नै नयाँ बनाउने भन्नेमा दुवै नेता सहमत छौं,' उनले भने। उनका अनुसार युद्धकालमै अर्थात ०६० सालमै माओवादीमा पारित भएको '२१ औं शताब्दीको जनवाद' (लामो समयसम्म नेतृत्वमा बस्न नहुनेलगायत बुँदा) कार्यान्वयन गर्ने दिशामा पार्टी अब व्यावहारिक रुपमै जानेछ।
शनिबार भट्टराईले आफू र अध्यक्ष दाहालबीच कहिल्यै विवाद नभएको पनि जिकिर गरेका छन्। 'अध्यक्ष र मेरोबीचमा कहिल्यै पनि विवाद भएको थिएन तर बहसचाहिँ चर्र्कै भएको थियो र अझै पनि छ,' भट्टराईले भने, '०४६ सालदेखि अध्यक्ष र म सँगसँगै छौं, भोलि पनि सँगै हुनेछौं।' भट्टराईको चर्को असहमतिका बीच अध्यक्ष दाहालले समानुपातिक सभासदको चयन, विराटनगर सम्मेलनबाट केन्द्रीय समिति गठन र सो पछि पनि सांगठनिक कार्य विभाजन गरेपछि माओवादी विवाद उत्कर्षमा पुगेको थियो।
पुजीवाँदी लोकतन्त्रभन्दा समाजवादी लोकतन्त्र उन्नत हुने भन्ने वैचारिक मान्यता स्थापित गराउने उद्देश्यसहित माओवादीले कार्यदिशा र कार्यक्रम बनाउने भट्टराईको दाबी छ। 'त्यसका लागि नयाँ पार्टी, नयाँ नेतृत्व र नयाँ विचारको आवश्यकता खड्किएको छ, त्यसलाई पूर्ति गर्ने कार्य माओवादीबाट मात्रै सम्भव छ,' भट्टराईले भने, 'अहिले विश्वमा 'ब्याक टु मार्क्स' भन्ने बहस चलिरहेको अवस्थामा त्यसको नेतृत्व नेपालबाट हुनुपर्छ भनेर हामी लागिरहेका छौं।'
नयाँ विचार निर्माणका लागि पार्टीभित्र ६ महिनासम्म वैचारिक बहस गराउने र तलैबाट नेतृत्व चयन गर्दै केन्द्रसम्म आउने कार्यक्रम केन्द्रीय समिति बैठकले तय गर्ने उनले जानकारी दिएका छन्।
क्रान्तिको कार्यदिशा तथा पार्टी सत्ताको ढाँचा र मोडेलका बारेमा माओवादीभित्र वर्ष दिनसम्म नै बहस हुने उनको भनाइ छ। सम्भवतः आगामी केन्द्रीय समितिले नै महाधिवेशनको मिति तय गर्ने भट्टराईले जनाएका छन्। यसअघि पटक–पटक स्थगित हुँदै आए पनि माओवादीभित्र दाहाल र भट्टराईबीच पछिल्लो समय 'भद्र सहमति' जुटेपछि आइतबारबाट केन्द्रीय समिति सुरु गर्न लागिएको हो।
No comments:
Post a Comment