नर्भिक अस्पतालमा उपचाररत मोहन बैद्यलाई भेटदै प्रचण्ड र माधव नेपाल |
संविधानसभा विघटनको माग गर्दै अधिकार सम्पन्न सर्बपक्षिय राजनीतिक सभा गठन गर्नु पर्ने एजेन्डा उठाउँदै आएको मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले यदी माघ ८ मा संविधान निमार्ण भए माघ ९ गते जलाउने घोषणा गरेको छ । पुष ११–१४ गते सम्पन्न प्रथम राष्ट्रिय भेलाको निर्णय सार्वजनिक कार्यक्रममा महासचिव थापाले माघ ८ मा निमार्ण हुने संविधान पश्चगामी संविधान हुने भन्दै जलाउने पुर्व घोषणा गरेको हुन । ‘यदी माघ ८ मा संविधान जारी भए, त्यो पश्चगामी संविधानलाई माघ ९ गते जलाउँछौ ।’ उनका अनुसार सर्बपक्षिय राजनीतिक सभाले नै संक्रमणकाललाई निकास दिनेछ । उपाध्यक्ष सीपी गजुरेलले पुष्पकमल दाहाल नेतृत्वको एनेकपा माओवादीसँग सहकार्य गरेर माघ ३ गते आमहडताल घोषणा गरेको जानकारी दिएका छन् । के के निर्णय गरयो त बैद्य माओवादीले, विस्तृतमा ।
२०७१ साल पुस ११ देखि १४ गतेसम्म १२१औं माओ दिवसको गरिमामय अवसरमा अध्यक्ष क. किरणको अध्यक्षतामा र महासचिव क. बादलको उद्घोषणमा नेपाल कम्युनिस्ट पार्टी–माओवादीको ऐतिहासिक प्रथम राष्ट्रिय भेलाको कार्यक्रम विभिन्न सत्रहरूमा सञ्चालित तथा सम्पन्न भएको छ । यस राष्ट्रिय भेलामा लिइएका निर्णयहरूलाई प्रेस विज्ञप्तिमार्फत् निम्नानुसार सार्वजनिक गरिएको छ ।
पहिलो सत्र
ज्ञ. पार्टीको केन्द्रीय सल्लाहकार समितिको आदरणीय अध्यक्ष क. कृष्णदास श्रेष्ठसहित सल्लाहकार समिति, केन्द्रीय समिति, सबै जिल्ला, जवस मोर्चा तथा विशेष समितिका प्रतिनिधिहरू, सांस्कृतिक कलाकर्मी कमरेडहरू तथा पत्रकार मित्रहरू समेतले खचाखत भरिएको भव्य सभाकक्षमा काठमाडौंमा ऐतिहासिक राष्ट्रिय भेलाको प्रारम्भ भयो । भेलाको सुरुमै अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत केन्द्रीय सामना परिवारका कलाकारहरूद्वारा सर्वहारावर्गीय अन्तर्राष्ट्रिय गीत गायन कार्यक्रम सम्पन्न भयो ।
द्द. महान् जनयुद्धसहित नेपाली क्रान्ति र विश्वक्रान्तिको प्रक्रियामा सहादतप्राप्त सम्पूर्ण वीर अमर सहिदहरूप्रति एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
घ. उपाध्यक्ष क.सी.पी.गजुरेल ‘गौरव’द्वारा राष्ट्रिय भेलामा समुपस्थित सम्पूर्ण प्रतिनिधि र सम्बन्धित सबैप्रति क्रान्तिकारी अभिवादन व्यक्त गर्दै माओ दिवस र यस भेलाको महत्वमाथि प्रकाश पार्दै सारगर्भित मन्तव्य दिइयो ।
द्ध. अध्यक्ष क. किरणद्वारा पानसमा बत्ती प्रज्वलनका साथ राष्ट्रिय भेलाको समुद्घाटन र विश्व सर्वहारा वर्गका एक महान् नेता कमरेड माओ त्सेतुङ्गको फोटोमा अवीर तथा माल्यार्पण गर्दै माओका योगदानहरूबारे सङ्क्षिप्तमा प्रकाश पारियो र माक्र्सवाद–लेनिनवाद–माओवादप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै त्यसै सिद्धान्तको पथप्रर्दशनमा पार्टी र क्रान्तिका कामहरूलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिइयो ।
छ. यसपश्चात् उद्घाटन सत्रको समापन गरियो ।
बन्द सत्र
ट. बन्द सत्रको प्रारम्भ हुनासाथ अध्यक्ष क. किरणद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत भयो र त्यसबारे आवश्यक ब्याख्या पनि गरियो ।
ठ. उक्त राजनीतिक प्रतिवेदनमाथि आवश्यक बहस र विचारविमर्श गरी भेलाको सभाकक्षमा आफ्ना अभिमत तथा धारणा राख्नका लागि सबै प्रतिनिधिहरूलाई १८ समूहमा विभाजित गरियो र छलफल÷अन्तक्र्रियाको प्रक्रियालाई अगाडि बढाइयो ।
राजनीतिक प्रतिवेदनमा पारित मुख्य विषय
राजनीतिक प्रतिवेदनमा पारित मुख्य विषय निम्नानुसार रहेका छन् ः
अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थामा रहिआएको नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या निकै विकराल बन्दै आएका छन् । यसप्रकारका समस्याको समाधानका लागि नयाँ जनवादी क्रान्ति अपरिहार्य बन्न गएको छ ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा विश्व दुई ध्रुवीय तथा बहुध्रुवीय बन्दै गए पनि विश्वमा अमेरिकी साम्राज्यवादकै वर्चस्व रहिआएको छ र यस क्षेत्रमा भारतीय विस्तारवादको प्रभुत्व कायमै रहेको छ ।
विप्लव समूहमा विद्यमान विचारधारातमक तथा राजनीतिक प्रवृत्तिलाई वाम रुपमा अभिव्यक्त दक्षिणपन्थी विचलन बताइएको छ र सो समूहलाई कमी, कमजोरी तथा विचलन सच्याई पुनः एकताबद्ध हुनका लागि ढोका खुलै राखिएको छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार, नयाँ जनवाद लगायतका विचारधारात्मक तथा राजनीतिक विषयमा समान सोंच तथा धारणा राख्ने सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबन्द गरी क्रान्तिकारी कम्युनिस्ट केन्द्रको निर्माण गर्ने कुरामा जोड दिइएको छ ।
राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाजस्ता विषय र संविधानसभाको विघटन गरी अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभाको गठनको प्रस्तावसित सहमत हुन चाहने राजनीतिक शक्तिसित संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने ।
सङ्घर्षबारे निम्नानुसार निर्णय लिइएका छन् ः
वर्गसङ्घर्ष, राष्ट्रिय स्वाधीनताका लागि सङ्घर्ष र जनप्रतिरोधमा आधारित सङ्घर्षलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने ।
संविधानसभा–२ द्वारा आगामी माघ ८ सम्म पश्चगामी तथा यथास्थितिवादी संविधान बनाउन खोजिएकामा त्यसप्रकारको संविधानसभाको विघटन र अधिकारसम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाको गठनका लागि सङ्घर्षको कार्यक्रम दिने ।
सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ ः
पुष २४ सम्म सङ्घर्षको तयारी÷बैठक÷प्रचारात्मक काम ।
पुष २५ पूर्वञ्चल । आम हड्ताल ।
पुष २७ गते पश्चिमाञ्चल । आम हड्ताल ।
पुष २८ मध्यपश्चिमाञ्चल । आम हड्ताल ।
पुष २९ मध्यमाञ्चल । आम हड्ताल ।
माघ २ गते सबै जिल्ला सदरमुकामहरूमा बेलुकी जुलुस प्रदर्शन गर्ने ।
माघ ३ गते ः पश्चगामी संविधानको खारेजी र ताप्लेजुङ लगायतका जिल्लाहरूमा पार्टी कमरेडहरूका विरुद्ध लगाइएका झुट्ठा मुद्दाहरूको खारेजीका लागि देशव्यापी आमहड्ताल ।
माघ ९ गते सबै सदरमुकामहरूमा संविधान जलाउने (यदि माघ ८ गते कथित संविधान जारी गरियो भने)।
माघभरि सबै जिल्लाहरूमा अभियानात्मक कार्यक्रम ।
फागुन १ गते जनयुद्ध दिवस ः युवा मार्च पास र काठमाडौं खुला मञ्चमा जनसभा ।
फागुन २ देखि २१ गतेसम्म – सहिद परिवार, बेपत्ता योद्धा परिवारहरूसित – देशव्यापी भेटघाट लगायतका कार्यक्रम ।
तत्पश्चात् सबै समूहमा भएका छलफलका आधारमा समुह नेताहरूले सशक्त रुपमा प्रस्तुत प्रतिवेदन माथि आफ्ना समुहका धारणा, सुझाव र आलोचनाहरू प्रस्तुत गर्नुभयो । सबै समुहका नेताहरूले प्रस्तुत प्रतिवेदनको प्रवृत्तिसँग आफ्ना समुहको सहमति भएको कुरा राख्नुभएको थियो ।
त्यसपछि अध्यक्ष क.किरणले प्रस्तुत गर्नु भएको प्रतिवेदनलाई पूर्ण समर्थन गर्दै त्यसमा उल्लेखित विषयहरूलाई अझ स्पष्ट गर्नका लागि उपाध्यक्ष क.गौरव र सचिव क.देव गुरुङले सविस्तार व्याख्या प्रस्तुत गर्नु भएको थियो । बिचबिचमा सामना साँस्कृतिक परिवारका तर्फबाट शानदार गीतहरू र नृत्य प्रस्तुत गरिएको थियो ।
राष्ट्रिय भेलाको अन्तिम दिन, पुस १४ गते समुहहरूबाट प्रस्तुत गरिएका सुझाव र आलोचनाको अध्यक्ष क.किरणले सविस्तार स्पष्टीकरण र व्याख्या प्रस्तुत गर्नु भएको थियो । त्यसपछि हाउसमा उक्त प्रतिवेदन पारित गरियोस् भनी राखिएको प्रस्तावलाई उल्लासपूर्ण वातावरणमा तालीको गड्गडाहट्का बिच सर्वसम्मतिद्वारा प्रतिवेदन पारित गरियो ।
त्यसपछि महासचिव क.बादलले सङ्गठन सम्वन्धी निम्न अनुसारको प्रस्ताव प्रस्तुत गर्नुभयो– आगामी महाधिवेशन प्रति जिम्मेवार हुने गरी केन्द्रीय समितिको संख्या १५१ सम्म बनाउन सकिने, वैकल्पिक केन्द्रीय सदस्यहरूलाई पूर्ण सदस्य बनाउने तथा पार्टी केन्द्रका पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, कन्द्रीय समिति, सल्लाहकार समितिको चयन र कार्य विभाजन गर्ने आदि कामको जिम्मा केन्द्रीय समितिलाई दिने । हाउसबाट महत्वपूर्ण सुझावहरू र आलोचना प्रस्तुत भएका थिए । अन्त्यमा हाउसले कर्तलध्वनीका साथ सर्वसम्मतिले उक्त प्रस्ताव पारित ग¥यो ।
त्यसपछि उपाध्यक्ष क.गौरवले प्रस्तुत गर्नु भएको ‘समसामयिक प्रस्तावहरू’लाई सुझावहरूसहित एकमतले पारित गरियो । २८ बुँदामा समेटिएको उक्त प्रस्ताव अलग्गै प्रस्तुत र वितरण गरिने छ ।
अन्त्यमा, अध्यक्ष क. किरणले यो ऐतिहासिक राष्ट्रिय भेला आफ्नो उद्देश्यमा पूर्णरुपमा सफल भएको बताउँदै, यस भेलामा लिइएका महत्वपूर्ण निर्णयहरूलाई दृढतापूर्वक लागु गर्न पनि सबैलाई आह्वान गर्नुभयो । यस राष्ट्रिय भेलालाई सफल पार्न सक्रियरूपमा सहयोग गर्नुहुने पार्टीका सम्पूर्ण कमरेडहरू, प्रतिनिधि, कलाकार र स्वयम्सेवक कमरेडहरू, आर्थिकरूपमा सहयोग गर्ने मित्रहरू, हल र यसको व्यवस्थापनमा सहयोग गर्ने सहयोगीहरू र सुरक्षाकर्मीसहित सबैलाई धन्यवाद दिँदै यो ऐतिहासिक राष्ट्रिय भेलाको समापन भएको घोषणा गर्नुहुँदा हलमा भएका सहभागीले करतलध्वनीले यसलाई समर्थन गरेका थिए ।
समापन पश्चात् लगाइएका नाराहरु–
माक्र्सवाद–लेनिनवाद–माओवाद –– जिन्दावाद ∕
नेपाली नयाँ जनवादी क्रान्ति –– जिन्दावाद ∕
जनयुद्धको जगमा जन विद्रोहको कार्यदिशा––लागु गरौं ∕
दोस्रो संविधानसभा –– विघटन गर ∕
अधिकार सम्पन्न राजनीतिकसभाको –– गठन गर ∕
विश्वका सम्पूर्ण मजदुर तथा उत्पीडित जनसमुदायहरू –– एकजुट होऔं ∕
वीर सहिदहरू –– लाल् सलाम् ∕
नेपाल कम्युनिष्ट पार्टी – माओवादी –– जिन्दावाद ∕
आदि गगनभेदी नाराहरूलाई गुञ्जायमान गर्दै ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन समाप्त भएको थियो ।
क्रान्तिकारी अभिवादन सहित ∕
................ ................
राम बहादुर थापा ‘बादल’ मोहन वैद्य ‘किरण’
महासचिव अध्यक्ष

No comments:
Post a Comment