Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, December 28, 2014

बाबुरामलाई 'अनुमोदित हुन' चुनौती दिने जनार्दनको पत्र

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईलाई महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गर्ने भन्ने प्रस्ताव गरे पछि अहिले त्यसको बारेमा माओवादी भित्र गर्मागर्मी बहस सुरु भएको छ । आइतवारको केन्द्रीय समिति बैठकमा भट्टराईले आफु अध्यक्षका लागि सक्षम भएको र त्यसका लागि मनीस्थिति पनि बनाएको जनाए तर उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घुमाउरो भाषामा भट्टराईको नेतृत्वलाई अस्विकार गरे भने जनार्दन शर्माले पनि ठाडै अस्विकार गरे । दाहाल निकट जनार्दन शर्माले त अध्यक्षले भन्दैमा नेतृत्व दिन नसकिने मात्रै बैठकमा बताएनन, त्यसका लागि नेतृत्वमा आउन चाहानेले नेता तथा कार्यकर्तावाट अनुमोदित हुनु पर्ने तर्क गरे । ‘कसैले दिदैमा नेतृत्व दिइने र कसैले चाहदैमा नेतृत्व पाउने कुरा होइन, नेतृत्व लिन चाहानेले नेता तथा कार्यकर्तावाट अनुमोदित हुन जरुरी छ’ शर्माको तर्क थियो । पार्टी भित्र सांगठानिक रुपमा कमजोर मानिएका भट्टराई शर्माले भने जस्तै अनुमोदित होलान, नहोलान त्यो बेग्लै पाटो हो तर शर्माले नेतृत्व हस्तान्तरणको सबालमा पार्टी केन्द्रीय समितिमा लिखित रुपमा फरक धारणा भने पेश गरेका छन् । जुन तपाई पनि हेर्न सक्नु हुन्छ ।


अध्यक्ष कामरेड,
एकिकृत ने.क.पा. (माओवादी)
पेरीसडाँडा, कोटेश्वर, काठमाडौं । 

बिषयः छलफल गरी यसै बैठकद्वारा निर्णयमा पुग्न हुन ।

उपरोक्त संवन्धमा निम्न एजेण्डाहरुमा छलफल गरी निर्णयमा पुग्न यो ऐतिहासिक केन्द्रीय समिति सामु प्रश्तावहरु पेश गरीएको छ ।
१) विभठनको संघारमा रहेको माओवादी आन्दोलनको रक्षा गर्दै जनताको मुक्तिलाई सफल जार्न विधिन्न समुह र गुमा विभक्त माओवादी धारालाई एकिकृत गरी समंग्र माओवादी आन्दोलनको पुर्नगठनलाई सफल पार्न २—३ महिना भित्र एक बृहत वैचारीक सभा सम्पन्न गरी कार्यदिशा, कार्यनीति, राणनीतिका साथै विचार, राजनीति र सँगठनका क्षेत्रमा बहसबाट सहि र गलत स्थापित गर्ने र सहिलाई स्वीकारी नयाँ निश्कर्ष निकाल्ने । सबै समुहका केन्द्रीय सदस्य र आवस्यक अन्य महत्वपूर्ण व्यक्तिको सहभागिता गराउने । यसका लागि ब्याख्या गर्न एक संयुक्त कार्यदल गठन गर्न पहल गर्ने । 
२) माओवादी आन्दोलनको पुर्नगठन सँगसँगै सिंगो बाम आन्दोलन भित्र रहेको प्रगतिशिल व्यक्ति, समुह, र पार्टीहरु सँगको सहकार्यको वातावरण बनाउन पहल गर्ने ।

माओवादी आन्दोलनले नेपालमा पनि ठूलो परिवर्तन ल्यायो । सामन्तवादको अन्त्य गरी संघिय गणतन्त्रको स्थापना आर्फैमा ऐतिहासिक परिघटना हो । तर, त्यसको सहि व्यवस्थापन हुन नसक्दा हामी संक्रमणको भूमरीमा छौं ।  आज माओवादी आन्दोलन विभक्त भएको छ । संघिय लोकतान्त्रिक गणतन्त्र भित्रवाट समाजवादमा जाने एमाओवादीको कार्यदिशा, जनवादी क्रान्ति नै पुरा नभएकाले त्यसको पुनः तयारी गर्ने किरणजीहरुको कुरा र तत्कालै पुनः शसस्त्र युद्धमा जाने भन्ने बिप्लवजि को भनाई । अहीले नेपाली माओवादी आन्दोलनका सन्धर्वमा यि तिनवटा पक्ष देखिएका छन । कुन सहि हो र कुन सहि होईन भनेर समिक्षा गर्नुको सट्टा आ–आफ्नै दाविमा रमाउने समस्या छ । जसले माओवादी आन्दोलन कमजोर गराएको छ । 
यो सन्धर्वमा माओवादलाई मान्नेहरुका बिचमा एउटा बैचारीक सभा गरी ब्यापक बहसका बिचवाट सही र गलत स्थापित गरौं । मुख्य कुरा माओवादी आन्दोलनलाई पुर्नगठन गर्न जरुरी छ । यहि माओवादी आन्दोलनको पुर्नगठनका लागि माओवादी धारा र उपधाराहरु एक आपसमा ब्यापक वहस र छलफलका बिचवाट एकतावद्ध हुने सँकल्प गर्नुपर्छ ।  देश र जनतालाई आवस्यक नयाँ कार्यदिशा विकास गर्न जरुरी छ । आन्दोलन बिघठीत हुने तर पार्टी र नेताहरु चाही सुद्रिढ हुने कुरा संभव नभएकाले आज माओवादी आन्दोलनको पुर्नगठन गरी समंग्र वाम शक्तिहरुका बिचमा समेत तालमेल र सहकार्य गर्नेगरी खुला छाति लिएर अगाडी बढने नेतृत्वको खाँचो छ । 
उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायका जनताको चाहना नै प्रगतिशिल वामपन्थिहरुको एकता र सहकार्य हो । जनताको उक्त पवित्र चाहनाको बिपरीत नेतृत्वका ब्यक्तिहरु आ–आफ्ना गुटको साघुरा घेरामा बन्धक बनेकाछन । गुटगत स्वार्थद्वारा तय गरीएका लक्ष्मण रेखा तोडेर बैचारीक सभासहित समंग्र आन्दोलनको पुर्नगठनको मैदानमा आउन जरुरी भैसकेको छ । अन्यथा समयले कसैलाई पर्खिने छैन । 

जनार्दन शर्मा (प्रभाकर)
स्थाई समिति सदस्य
केन्द्रीय समितिको बैठक
२०७१÷०९÷१३

###################################
जनार्दन शर्माले हिजोको केन्द्रीय समिति बैठकलाई आधार बनाएर केही बेर अघि आफनो फेसबुकमा एउटा स्टाटस हालेका छन । उनले त्यहा उल्लेख गरेको कुरा चाँही यस्तो छ, बाँकी चाँही आफै मिलाएर बुझनु होला । शर्माको फेसबुक स्टाटस-
विचारको फरक देखाएर गुट बनाउने प्रवृत्ति जसले नेतृत्वका गल्तीहरु प्रति औला उठाउन नसक्ने बातावरण बनाइयो । हाम्रो दिमागमा कोही दक्षिणपन्थी त कोही तानाहाह भनेर भरीयो रु तर, वास्तविकतामा विचारको कुनै अन्तर रहेन छ । आज सत्य सावित भयो । वास्तविक रुपमा भएको त हामि मुर्ख रहेछौं भन्ने स्थापित भयो ।



No comments:

Post a Comment