एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले पार्टी अध्यक्षका लागि मानसिक रूपमा आफू तयार भएको बताएका छन् । केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै भट्टराईले पार्टीको भावी अध्यक्ष हुन तयार भएको बताएका हुन्। भट्टराईनिकट नेता देवेन्द्र पौडेलका अनुसार पार्टी नेतृत्व लिन आफू सक्षम
भएको भट्टराईले जारी बैठकमा बताएका थिए। 'नयाँ परिवेशमा नयाँ ढंगको पार्टी
बनाउन तथा त्यसको नेतृत्व लिन म सक्षम छु, मेरो मनस्थिति पनि बनेको छ,'
भट्टराईलाई उद्धृत गर्दै पौडेलले नागरिकसँग भने, 'जनवादी क्रान्तिको अभ्यास
सकियो, अब समाजवादी क्रान्तिको तयारी गर्न जरुरी छ, म त्यसको नेतृत्व गर्न
सक्षम छु।'
पौडेलका अनुसार २१ औं शताब्दीको कम्युनिस्ट पार्टी बनाउन नयाँ विचार, नेतृत्व, शैली, संस्कार र कार्यक्रममा भट्टराईले जोड गरेका थिए। पार्टीलाई सम्पूर्ण रूपले नयाँ बनाउनका लागि 'नयाँ शक्ति' को बहस सिर्जना गरेको पनि भट्टराईले बैठकमा बताएको उनले जानकारी दिए। 'यही पार्टीलाई नयाँ ढंगले चलाउनुपर्यो भनेर मैले नयाँ शक्तिको बहस छेडेको हुँ, यो पार्टीलाई विभाजन गराएर, फुटाएर र टुक्र्याएर नयाँ शक्ति उदय गराउन लागेको होइन,' भट्टराईलाई उद्धृत गर्दै पौडेलले भने। उनका अनुसार एमाओवादीलाई नयाँ शक्ति बनाउन आफूसँग योजना गरेको पनि भट्टराईले जनाएका थिए।
पौडेलका अनुसार २१ औं शताब्दीको कम्युनिस्ट पार्टी बनाउन नयाँ विचार, नेतृत्व, शैली, संस्कार र कार्यक्रममा भट्टराईले जोड गरेका थिए। पार्टीलाई सम्पूर्ण रूपले नयाँ बनाउनका लागि 'नयाँ शक्ति' को बहस सिर्जना गरेको पनि भट्टराईले बैठकमा बताएको उनले जानकारी दिए। 'यही पार्टीलाई नयाँ ढंगले चलाउनुपर्यो भनेर मैले नयाँ शक्तिको बहस छेडेको हुँ, यो पार्टीलाई विभाजन गराएर, फुटाएर र टुक्र्याएर नयाँ शक्ति उदय गराउन लागेको होइन,' भट्टराईलाई उद्धृत गर्दै पौडेलले भने। उनका अनुसार एमाओवादीलाई नयाँ शक्ति बनाउन आफूसँग योजना गरेको पनि भट्टराईले जनाएका थिए।
नेतृत्व हस्तान्तरण जरुरी पनि छ, तर पात्र चयन गरेर बहस गर्ने र विधि बनाउने कुरा जायज होइन : नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष
अध्यक्षले तोकेकै भरमा कसैले नेतृत्व पाउँदैन, दिइँदैन, नेता र कार्यकर्ता तयार नभएको अवस्थामा नेतृत्व हस्तान्तरण हुँदैन : जनार्दन शर्मा, स्थायी समिति सदस्य
बहस र छलफलका लागि नै बाबुरामजीको नाम लिएको हुँ, अब गरौं न त नेतृत्व हस्तान्तरणको बहस : पुष्पकमल दाहाल, अध्यक्ष
'विश्वका कम्युनिस्ट पार्टीले स्टालिन शैलीमा पार्टी चलाउन खोज्दा धेरै जसो देशमा कम्युनिस्ट पार्टी र आन्दोलन पतन भएका छन्,' भट्टराईले बैठकमा भने, 'हिजोको स्टालिन पाराले आजको कम्युनिस्ट पार्टी चल्दैन, चल्न सक्दैन, त्यसैले नेतृत्व हस्तान्तरणको बहस हुन जरुरी छ।'
पुजीवादको चरणमा क्रमशः नेतृत्व हस्तान्तरण गरेर कम्युनिस्ट पार्टीहरू जान नसके पतन हुने र आन्दोलन पनि थला पर्ने भट्टराईको तर्क थियो। 'प्रचण्डले छाड्ने र बाबुराम आउने कुरा मुख्य होइन, सहायक हो। मुख्य कुरा त नेतृत्व हस्तान्तरणको हो,' भट्टराईले केन्द्रीय समिति बैठकमा भनेका थिए, 'यद्यपि, आजको अवस्थामा पार्टी हाँक्न म पनि मनस्थिति बनाएर बसेको छु, मैले पनि पार्टी हाँक्न सक्छु भन्ने विश्वास छ।' भट्टराईले आफूलाई सधैं सानो तप्काको नेता बनेको भन्ने आरोपलाई खण्डन गर्न पनि पार्टी नेतृत्वमा आउन चाहेको बताए।
'मलाई सधैं एउटा सानो तप्का, सानो गुटको मात्रै नेता बन्यो भन्ने आरोप लाग्छ, अब म त्यसलाई चिर्न चाहन्छु,' भट्टराईले भने, 'प्रचण्ड नजिककालाई पनि विश्वासमा लिएर म पार्टी नेतृत्वमा जान चाहन्छु, यसमा सबैको सहयोगको अपेक्षा पनि गर्दछु।' आफू कुनै गुटको नभई पार्टीको सम्पूर्ण नेतृत्व गर्ने र अध्यक्ष पुष्पकमल दाहाललाई उचित सम्मानका साथ पार्टीमा राख्ने आफ्नो योजना पनि भट्टराईले सुनाए।
भट्टराईले राष्ट्रिय पुँजीको विकास गर्न पनि आफ्नो नेतृत्व आवश्यक रहेको जिकिर गरेका छन्। 'राष्ट्रिय पुँजी विकास नगरी आजको विश्व अघि बढ्न सक्दैन, पार्टीले त्यसका लागि ध्यान लगाउन जरुरी छ,' भट्टराईले भने। समाज विकासक्रमअनुसार पार्टीको कार्यदिशा, योजना र नेतृत्व हस्तान्तरण हुनुपर्ने आफ्नो मान्यता रहेको भट्टराईले उल्लेख गरेका छन्।
अध्यक्ष दाहालले पद त्याग गर्ने जनाउँदै २०७२ माघमा पार्टी महाधिवेशन गर्ने प्रस्ताव गरेपछि एमाओवादीभित्र नयाँ नेतृत्वको विधि र पात्रका बारेमा बहस सुरु भएको हो। दाहालले केन्द्रीय समितिको पहिलो बैठकमा 'भट्टराईले आफूसँग अध्यक्ष हुने इच्छा प्रकट गरेको र त्यसका लागि आफू तयार रहेको' सार्वजनिक गरेपछि माओवादीभित्र यो विषयमा गर्मागर्मी बहस हुँदै आएको छ। अध्यक्षले भावी अध्यक्षका रूपमा आफूलाई प्रस्तुत गरेपछि आइतबार भट्टराईले त्यसको जवाफ दिएका हुन्।
दाहालले भावी अध्यक्षका रूपमा भट्टराईलाई प्रस्तुत गरेपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने घुमाउरो भाषामा असन्तुष्टि पोखेका छन्। 'नेतृत्व हस्तान्तरणको बहस एकदम सही हो, यो जरुरी पनि छ, यसको म स्वागत पनि गर्छु' श्रेष्ठले बैठकमा भने, 'तर, पहिला नेतृत्व हस्तान्तरणको बहस हुनुपर्नेमा पात्र (भट्टराई) का बारेमा बहस भयो।'
श्रेष्ठले नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया पहिला प्रस्ट पारेपछि मात्रै पात्र चयन गर्नुपर्ने बताए। 'पात्र चयन गरेर बहस गर्ने र विधि बनाउने कुरा जायज होइन,' श्रेष्ठले भने।
उनले अध्यक्ष दाहालले उल्टो कार्य गरेको आरोप लगाए। श्रेष्ठको आरोपछि दाहालले भने बैठकबाट नै प्रतिरक्षा गरेका छन्। 'नेतृत्व हस्तान्तरणको विचारलाई छलफलमा लाँदा धेरैले ध्यान नदिने, विचार नगर्ने र छलफल पनि नहुने भएकाले सीधै पात्रको कुरा गरेको हुँ,' दाहालको प्रस्ताव थियो, 'बहस र छलफल गराउनका लागि नै बाबुरामजीको नाम लिएको हुँ, अब गरौं न त नेतृत्व हस्तान्तरणको बहस।'
भट्टराईले दाहालसँग आफूले अध्यक्ष पद चाहियो भनेर मागै चाहिँ नगरेको जिकिर गरेका छन्। स्थायी समिति सदस्य जनार्दन शर्माले अध्यक्ष दाहालले दिँदैमा र भन्दैमा कसैलाई पनि नेतृत्व हस्तान्तरण गर्न नसकिने प्रस्ट पारेका छन्। 'अध्यक्षले तोकेकै भरमा कसैले नेतृत्व पाउँदैन, दिइँदैन,' शर्माले बैठकमा भने, 'नेतृत्व हस्तान्तरणका लागि अधिकांश नेता र कार्यकर्ता पनि तयार हुनुपर्छ, नेता र कार्यकर्ता तयार नभएको अवस्थामा नेतृत्व हस्तान्तरण हुँदैन।' शर्माले नेतृत्व हस्तान्तरणका लागि पार्टीभित्र बहस र छलफल जरुरी हुनुपर्ने भन्दै नेतृत्व लिन खोज्नेले पनि अनुमोदित हुनुपर्नेमा जोड दिए। माओवादी बैठक सोमबार पुनः बस्नेछ।
No comments:
Post a Comment