पाकिस्तानस्थित ऐबटावादमा अमेरिकी स्पेशल फोर्सले अलकायदा प्रमुख ओसामा बिन लादेनलाई गत बर्ष हत्या ग¥यो । पाकिस्तानको क्षेत्रमा बिना जानकारी प्रवेश गरेर अमेरिकाले आक्रमण गरी लुकेर बसिरहेका लादेनको हत्या गरे पछि पाकिस्तानको आन्तरिक सुरक्षाको बिषय विश्वब्यापी रुपमा चर्चा परिचर्चा भयो । आफनो भुभागमा आएर लादेनलाई गोली हानी हत्या गरेर अमेरिकाले पाकिस्तानी सार्वभौमसत्ता माथी नै प्रश्न उठाए पछि त्यो अर्को बहसको बिषय बन्यो ।
त्यो सँगसँगै पाकिस्तानी भुभागवाट लादेनको शव लिएर गएको अमेरिका सेनाले उसको तस्बिर सार्वजनिक त ग¥यो तर लास भने देखाएन । र, भन्यो, ‘समुन्द्रको एक अज्ञात स्थलमा लगेर लादेनका लास फालियो ।’ जमिनमा लादेनको सब गाडेमा अथवा अन्त्येष्टी गरेमा त्यो भोली मुस्लिम समुदायले ‘सहिद पार्क वा स्मृति पार्क’ बन्न सक्ने र त्यहाँ पुगेर लादेन प्रति श्रद्धाभाव जाग्ने तर अमेरिका प्रति भय र बिरोधी भावना बढने भन्दै लादेनको लास समुन्द्रमा फालिएको थियो ।
त्यो सँगसँगै पाकिस्तानी भुभागवाट लादेनको शव लिएर गएको अमेरिका सेनाले उसको तस्बिर सार्वजनिक त ग¥यो तर लास भने देखाएन । र, भन्यो, ‘समुन्द्रको एक अज्ञात स्थलमा लगेर लादेनका लास फालियो ।’ जमिनमा लादेनको सब गाडेमा अथवा अन्त्येष्टी गरेमा त्यो भोली मुस्लिम समुदायले ‘सहिद पार्क वा स्मृति पार्क’ बन्न सक्ने र त्यहाँ पुगेर लादेन प्रति श्रद्धाभाव जाग्ने तर अमेरिका प्रति भय र बिरोधी भावना बढने भन्दै लादेनको लास समुन्द्रमा फालिएको थियो ।
उनको बारेमा दिइएको जानकारी यतिसम्म थियो, त्यो भन्दा बढी जानकारी अमेरिकी सरकार र सेनाले कहिल्यै पनि दिएन । तर, सिआइएका पुर्व निर्देशक तथा पुर्व रक्षा मन्त्री लियोन पेनेटाले उनको अन्तिम संस्कारवारेमा केही जानकारी दिदै अन्तिम संस्कारबारे केही रहस्य खोलेका छन् । ‘बर्दी फाइटर्सः ए मेमोयर अफ लिडरसिप इन वार एन्ड पीस’ भन्ने पुस्तकमार्फत पेनेटाले लादेनका अन्तिम संस्कारका प्रसङ्ग उल्लेख गरेर रहस्य खोलेका हुन ।
पेनेटाले पुस्तकमा लेखे अनुसार लादेनको शबलाई कालो बागमा राखेर समुन्द्रमा फालिएको थियो । उनी पुस्तकमा लेख्छन– ‘कालो ब्यागमा राखेर लादेनका शब फालिएको थियो र त्यो शब समुन्द्रमाथी नउत्रोस भनेर करिब ३ सय पाउन्ड ( करिब १३६ किलोग्राम)को फलामको सिक्रि पनि सँगै राखिएको थियो ।’
लादेनमाथीको कारबाही सफल भए पछि अमेरिकी सेनाले बिशेष युद्धपोत बिमानमार्फत शब घटनास्थलवाट उठाएर लगिसके पछि मात्रै पाकिस्तानले आफनो भुभागमा अमेरिकी सेना प्रवेश गरेर लादेनको हत्या गरेको थाहा पाएको थियो । युएसएस कार्ल बिंसनसम्म लादेनको शब बिशेष बिमानमार्फत लगिएको थियो ।
पेनेटाका अनुसार लादेनको सबलाई सेतो चादरले ढाकिएको थियो । समुन्द्रमा फाल्नु अघि अरबी भाषामा उनको मृतात्माको चीर शान्तिका लागि प्राथना गरियो र एउटा कालो झोलामा लादेनको शब राखियो । उनले पुस्तकमा लेखेका छन, ‘उनको लाससँगै तीन सय पाउन्डको फलामको सिक्री कालो ब्याग भित्र लादेनको शबसँगै राखियो ताकी समुन्द्रमा शव डुब्न सक्छ भन्ने पक्का होस् ।’
तर, कुन समुन्द्रको कुन स्थानमा सो लादेनको शब फालिएको थियो, त्यसको बारेमा पेनेटोले केही पनि कुरा पुस्तकमा लेखेका छैनन । तर, उनले यो चाँही भनेका छन, ‘ब्यागमा राखिएको शब सफेद कुर्सीमा राखिएको थियो, र कुर्सीमा बाँधेर समुन्द्रमा फालिएको थियो । जुन एकदम भारी थियो । जब लादेनको शब डुब्यो, कुर्सी भने सतहमा आयो, जुन कुर्सीलाई पछि अमेरिका सेनाले जहाजमा हालेर लिएर आए ।’ लादेनको शब लिएर गएको पानी जहाज समुन्द्रको बिच भागमा शब फालेर आएको थियो, उनले पुस्तकमा लेखेका छन् ।
अमेरिकी सेनाले देखाएको लादेनका शब |
लादेनको नाममा पाकिस्तानमा पुस्तकालय
अमेरिकासहित बिश्वले ओसामा बिन लादेनलाई खतारनाक आतंककारी भने पनि केही मुस्लिमहरु उनलाई देवताका दुतका रुपमा बुझ्दछन् ।
अमेरिकाको न्युर्योकस्थित टिवन टावरमा आक्रामण गरे पछि लादेन बिश्वब्यापी रुपमा चर्चामा आए । ‘सेप्टेम्बर ११’ नामको चर्चित सो घटना पछि अमेरिकाले लादेनलाई त्यसको भागीदार मान्यो र अलकायदाका तत्कालिन प्रमुखले लादेनले ‘अमेरिकी प्लेन हाइज्याक गरी टिवन टावरमा आक्रामण गरेको’ भन्दै जिम्मेवारी लिएको थियो । २०११ मेमा लादेनको मारिएका थिए । उनै लादेनलाई अमेरिकाले पाकिस्तानमा घुसेर आक्रमण गरे पछि उनका केही शुभचिन्तकहरुले त्यसमा आपत्ति मात्रै जनाएनन, त्यो मानवअधिकारको ठाडों उलंघन भन्दै बिरोध पनि गरे ।
तर, पाकिस्तानमा भने उनको सम्झनमा एक पुस्तकालय स्थापना गरिएको छ । एक बिबादित कट्टरपन्थी मौलबीले चलाएको महिला अध्ययनरत एक मस्जिदमा खोलिएको पुस्तकालय लादेनको नाममा राखिएको छ । लाल मस्जिदको इमाम मौलना अब्दुल अजिजले चलाएका हुन । यो मस्जिदमा परबेज मुसरफको शाषनकालमा सैन्य अभियान चलाइएको थियो ।
जियो टिभीलाई संचालक अब्दुल अजिजले त्यस पुस्तकालय स्थापनाका वारेमा प्रतिक्रिया दिदै भनेका छन, ‘ओसामा अन्यका लागि आतंकवादी हुन सक्लान तर हामी उनलाई आतंकवादी मान्दैनौ, उनी हाम्रा लागि इश्लामका नायक हुन । उनी शहीद हुन ।’ सो पुस्तकालयको बाहिर नेमप्लेटमा लेखिएको छ, ‘मुक्तबाह ओसामा बिन लादेन शहीद ।’
No comments:
Post a Comment