Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, September 14, 2014

'मधेस मुक्तिदाता'राउतको पक्राउ कति जायज कति नाजायज?

कथित मधेसका 'मुक्तिदाता' सिके राउत
सिके राउत, एकजना पीएचडी, कथित बिद्धान हुन । जो केही बर्ष अघिसम्म अमेरिकामा बस्थे । उनको बिद्धताको अहिले तारिफ किन पनि हुन्छ भने उनले अमेरिकाको बिश्वबिद्यालयमा उनले पढाए । उनको बिद्धताको मापन गर्ने यो भन्दा अरु कुनै आधार छैन । के पीएचडी गर्ने अर्थात अमेरिका विश्व बिद्यालयमा पढाए भन्दैमा उनी बिद्धान हुन त ? के बिद्धान भयो भन्दैमा जे पायो, त्यो बोल्दै हिडन मिल्छ ? प्रश्न यही निर केन्द्रित भएर यो ब्लग लेख्ने कोशिश गरेको छु ।
सिके राउत हिजो रंगेली मोरङवाट पक्राउ परे पछि नेपालमा खास गरी तराई–मधेस केन्द्रित राजनीतिक दलमा ठुलो भुइचालो आयो, आएको छ । त्यसैले त हतार हतार प्रेस बिज्ञप्ति निकाल्ने, अभिब्यक्ति स्वतन्त्रता हनन भयो भन्दै मानवअधिकारको कुरा गर्ने कथित बिद्धानहरु सलबलाउन थालेका छन् । मानौ, सिके राउत यो देशका सबैभन्दा काम लाग्ने ब्यक्ति हुन, उनको गिरफतारीले देशलाई नै घाटा भइरहेको छ ।
खासमा सिके राउतलाई नेपालको अन्तरिम संविधान–२०६३ ले देशद्रोही वा राजद्रोही भनेर चिन्दछ । देशको राष्ट्रिय अखण्डता, सार्बभौमसत्ता र स्वतन्त्रता बिरुद्ध उनले ‘देश टुक्राउने’ अभिब्यक्ति दिने मात्रै होइन, त्यसैका लागि भन्दै संगठन बनाइरहेको भन्दै खुल्लेआम हिडिरहेका छन् । मलाई लाग्छ, उनले अभिब्यक्ति स्वतन्त्रताको दुरुपयोग मात्रै गरेनन, उनले राष्ट्र र राष्ट्रियता प्रति ठुलै गद्धारी पनि गरिरहेका छन् ।
पछिल्लो समय अभिब्यक्ति स्वतन्त्रताको नाममा खुल्लेआम देश टुक्राउने भन्दै तराई–मधेसमा संगठित गर्दै हिडेको सुनिदै आएको थियो । के अभिब्यक्ति स्वतन्त्रताको सिमा हुदैन ? के अभिब्यक्ति स्वतन्त्रता छ भन्दैमा ‘तेरो स्वास्नी मेरो रखैल हो’ सार्वजनिक रुपमा भन्न पाइन्छ ? पाइन्छ भने ठिकै छ । यदी पाइदैन भने उनलाई कारबाही हुनु पर्छ, प्रहरीको पक्राउ प्रति मेरो नैतिक समर्थन छ ।
हो कुनै पनि नागरिकलाई बोले कै आधारमा गिरफतार गर्न पाइदैन तर एउटा सभ्य समाजमा के कुरा बोल्नु हुन्छ ? के कुरा बोल्नु हुदैन ? भन्ने बिद्धानलाई त कम्तिमा पनि थाहा हुनु पर्ने हो । तर, आफुलाई बिद्धान भन्नेले दिएको अभिब्यक्ति घिनलाग्दो मात्रै छैन, त्यो खेदजनक पनि उत्तिकै छ । होइन भने, कथित बिद्धान भन्नेले मेरो मानशिक सन्तुलन ठिक छैन भन्नु परयो, होइन भने कुनै पनि देशको नागरिक भए पछि नागरिकको कर्तब्य निभाउनु परयो र देश र त्यसको सार्वभौमसत्ता प्रति बफादार हुनु प¥यो ।
त्यसका लागि एउटा प्रसङ्ग यहाँ उदाहरण योग्य हुन सक्छ-
ज्वाला सिंहले नेपाल टुक्राएर तराईलाई छुट्टै देश बनाउन प्रस्ताव गर्दा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहले असहमति प्रकट गर्दै भने, ‘आफनी आमालाई टुक्राउने काम मवाट हुदैन, राज्यसँग हाम्रो मुद्धा भनेको पहिचान र समावेशीकरण, समानुपातिक प्रतिनिधित्वको हो, यसमा जोड गर्नुपर्छ ।’ मधेसका मुद्धालाई उठाउने गजेन्दनारायण सिंह हुन वा रामराजा सिंह वा मधेस आन्दोलनका अभियन्ता उपेन्द्र यादवले कहिल्यै पनि देश टुक्राउने कुरा गरेको सुनिएन । त्यसैले उनीहरुको नेपाली राजनीतिमा उच्च स्थान छ, एउटा बिद्धत बर्ग सद्यै उनीहरुलाई नमन गर्छ ।
तर, जीवनभर अमेरिका बस्ने, टन्न पैसा कमाउने अनि गजेन्द्र नारायण, रामराजा र उपेन्द्र यादवहरुले स्थापित गराएको मुद्धा बोकेर 'कथित क्रान्तिकारी' देखिने चैते सिके राउत मधेसका मुद्धा संस्थागत गर्नका लागि घातक हुन भन्ने बुझन जरुरी छ । ठुला र चर्का कुरा गर्दैमा कोही क्रान्तिकारी हुदैन, न त उसको बिद्धता नै काम लाग्छ । जसरी सिके राउत अरुको ढाडमा चढेर कथित क्रान्तिको झन्डा उठाउने काम गरिरहेका छन, त्यसलाई नै ‘मधेसवादी’ नेताले महान भनेर ब्याख्या गर्ने कोशिश गरिरहेका छन, ती दुवै घातक र प्रत्युत्पादक छन् ।
एउटा नागरिकको राज्यसँग असहमति हुन सक्छ, राज्यवाट बिभेदमा पनि पर्न सक्छ तर यसो भन्दैमा एउटा नागरिकले देश टुक्राउनु पर्छ भनेर माग राख्नु भनेको आफनी आमालाई टुक्राएर बाँड भन्नु हो, हिन्दु शाष्त्रमा त्यस्तालाई कपुत भनिन्छ । जसरी जनजाति आन्दोलनलाई बदनाम गराउनका लागि आङकाजी शेर्पा प्रवृतिहरु काफी भईरहेका छन, त्यसैगरी मधेस मुद्धालाई कमजोर र बदनाम गराउन यी सिके राउत (कथित क्रान्तिकारी) प्रवृति पनि काफी छ । पुर्वाग्रह होइन, चेतना भया ।

उनी के चाहान्छन, उनको मष्तिष्कले बास्तवमा नै के सोच्छ ? त्यसवारेमा जान्न यसअघिको ब्लग पढनुहोस । यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment