Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, August 31, 2014

सभासदले नै भने बलात्कारीको लिङ्ग काटि दिऊ,टन्टै साफ !

दिन दिनै बलात्कार जस्तो जघन्य अपराधका घटनावाट वाक्क दिक्क भएका एकजना माननीयको प्रस्ताव हो यो ।  नेकपा एमालेका सभासद शेरबहादुर तामाङले अरु कानुनले बलात्कार रोक्न नसके पछि नयाँ प्रस्ताव अघि सारेका छन । सिन्धुपाल्चोक–३ वाट संविधानसभाका लागि प्रत्यक्षी बिजयी सभासद तामाङले बलात्कारीको लिङ्ग काटिदिने प्रस्ताव सामाजिक सञ्जालवाट गरेका छन । उनले आफनो फेसबुक पेजमा लेखेका छन, ‘छि ! बलात्कार ! अति भो ! अब त बलात्कारीलाई अरू कानूनी कारवाही होइन, लिङ्ग काटेर छोडीदिने कानून बनाउनु पर्ला जस्तो छ । यस्तो गर्यौं भने बलात्कार जस्तो अपराध घट्ने मात्र होइन कि अन्त्य नै हुनेछ ।’ उनको यो स्टाटसलाई यो ब्लग तयार पारुन्जेलसम्म १ सय १९ जनाले लाइक गरेका छन भने प्रतिक्रिया आउने क्रम पनि जारी छ । संविधानसभा र ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सभासदले यो कुरा लेख्न मिल्छ कि मिल्दैन, आफनो ठाउँमा होला तर प्रतिक्रिया हेर्दा तामाङको प्रस्तावमा समर्थन देखिन्छ ।
उनको सो भनाईमा प्रतिक्रिया आउने क्रम जारी छ । ती मध्ये केही प्रतिनिधि प्रतिक्रियालाई यहाँ समेटेको छु ।
नवराज भट्ट लेख्नु हुन्छ-
बलात्कारीलाई त मृत्युदण्ड नै दिने कानुन बनाउनु पर्छ,त्यो पनि सार्बजनिक चोकमा ल्याएर !!
प्रदिप श्रेष्ठ लेख्नु हुन्छ-
 कानुन बानाउनेमा तपाई हरु हुनुहुन्छ आवज उठाउनुन कामरेड
प्रकाश आस्था लेख्नु हुन्छ-
वलत्कारका कारण~~
# यौनका विषयमा खुला छलफल र बहसको कमी
# यौनलाई पापका रुपमा बुझिनु
# विवाह अघिको यौन जीवनमा समाजको कडा नियन्त्रण
# राज्यले उमेर पुगेका जोडीलाई समेत होटल
तथा गेस्टहाउसबाट "अनैतिक" सम्वन्ध भन्दै पक्रनु
राज्य र समाज बलत्कारका लागि सबैभन्दा दोसी छ । ।वास्तविक कुरो यही हो । अब यौनशिक्षा दिउँ । यौनको घिनबाट माथी उठौँ । यौेनलाई सहज बनाइदिउँ । त्यसका लागि कानुन बनाउन पहल र प्रयत्न गर्नुहोस् । लिंग काट्ने कुरो अलि आलोकाच्चो कुरो हुनछ कमरेड ।
बुद्धलामा योन्जन लेख्नु हुन्छ--
यो हुनै सक्दैन कमरेड : भोलि ती नेताकार्यकर्ता नै पर्यो भने देशले ठुलो समस्या भोग्नुपर्ने हुन्छ । तपाईंको सहि विचार हो तर किन बलात्कारकारीलाई मात्र कमरेड ? देशको भ्रष्टाचारी नेताकार्यकर्तालाई पनि यस्तै गर्ने कानुन बनाउनेतर्फ लाग्नुपर्यो नि ।
कृष्ण पौडयाल लेख्नु हुन्छ-
मृत्यु दण्ड सम्मको सजायको ब्यबस्था हुन पर्यो स्रर| निति निर्माण तहमा तपाईहरुको उपस्थिति छ | कानुन बनाउनुस ता कि भावी सन्तती बलात्कारको सिकार बन्न नपरोस । 
हिमकुमार बस्नेत लेख्नुहुन्छ–
चरी जस्तो गुन्डा मर्दा सदन हल्लाउने तपाई र तपाईको पार्टीले के बलात्कारको बारेमा बोलेको ? फेसबुकमा स्टाटस लेखेर सेकेन्ड बाबुराम बन्ने कोशिश छाडिदिऊ कमरेड ? अब काम गर्नुहोस ।

लक्ष्मण पराजुली भन्नु हुन्छ–
हा हा हा कति हाँस्नु ?
प्रदिप दोङ लेख्नु हुन्छ– 
महिलाको पनि दोष हुन सक्छ नी  
मन्जुर आलाम लेख्नु हुन्छ–
एकदम ठिक बिचार छ, संविधान बनाउँदा यो कुरा पनि ब्यवस्था गर्नु हुन्न ।

यस्तै भनाई चर्चित कार्यक्रम प्रस्तोता तथा मोडेल सिवानी सिंह थारुले पनि करिब एक बर्ष अघि पनि राख्नु भएको थियो, सो बारे पढन यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment