Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, April 15, 2013

कम्युनिष्ट बिग्रिए पछि "राजेन्द्र श्रेष्ठ"

राजेन्द्र श्रेष्ठ, संघीय समाजवादी पार्टीका महासचिव हुन् ।
उनका अध्यक्ष हुन, अशोक राई, जो हिजोका दिनमा एमाले उपाध्यक्ष थिए । हिजोसम्म नेकपा एमालेमा रहेर मदन भण्डारीद्धारा प्रतिपादित "जनताको बहुदलीय जनवाद" मार्फत नै "साम्यवाद" ल्याउने सपना बोकेका र वकालत गर्ने उनै श्रेष्ठ अहिले दुवै बिषयलाई गलत भन्दै हिडन थालेका छन् । एमालेले जातीय राज्य नमानेको भन्दै रिसाएर हिडेका श्रेष्ठलाई नयाँ पार्टी खोले पछि जबज र साम्यवादको मोहभंग भएको छ । जातीय राजनीति प्रतिको मोहले नयाँ पार्टी खोलेर महासचिव मात्र के भएका थिए, श्रेष्ठले हिजो आफै आवद्ध रहेको कम्युनिष्ट प्रति नै आज ‘बमिट’ गर्न थालेका छन् ।
मोहनबिक्रम सिंह र निर्मल लामाको चौथौ महाधिवेसन हुदै श्रेष्ठ वामपन्थी राजनीतिमा आएका हुन् । ०३८ सालमा तत्कालिन मालेमा प्रवेश गरेका श्रेष्ठ ०४७ सालवाट भने एमाले भए । दुई पटक एमालेको टिकट पाएर सिंहदरवारका सांसद भएका श्रेष्ठ ०५५ सालमा भौतिक योजना तथा निमार्ण मन्त्री समेत भए ।  पार्टीको केन्द्रिय सदस्य तथा उपत्यका इन्चार्जको जिम्मेवारी सम्हालेका उनै श्रेष्ठ करिब ४० बर्षको बामपन्थी राजनीति प्रति आज घृणा गर्न पुगेका छन्, मानौ उनले बामपन्थी राजनीति गरेर अपराध गरेका थिए । ‘संघीय समाजवाद’ भन्ने नयाँ अवधारणा लागु गराएको दावी गर्ने श्रेष्ठको वामपन्थी प्रतिको मोहभंग निकै अनौठो खालको छ । जस/जसले हिजोको राजेन्द्र श्रेष्ठलाई चिनेका छन, आज उनलाई देख्यो र उनको कुरा सुन्यो भने ‘जुन थालमा खायो, त्यही थालमा थुक्ने’ राजनीतिमा अलिकति पनि नैतिकता नभएको "नयाँ नेता" को रुपमा चित्रित गर्न बेर लगाउदैनन् । तर, जे होस, श्रेष्ठको राजनीतिक नैतिकताको पर्दाफास भने सोमवार भएको छ ।
नेपाली कांग्रेस निकट मानिने ‘तरुण साप्ताहिक’मा दिएको उनको अन्तवार्ता हेर्ने हो भने श्रेष्ठलाई कम्युनिष्ट हुनुमा निकै पश्चताप देखिन्छ । मानौ, उनले जीवनमा एउटै गल्ति गरे, त्यो कम्युनिष्ट बनेर, अन्तवार्ता यही बोल्छ । शेरबहादुर देउवा नेतृत्वको तत्कालिन ‘प्रजातान्त्रिक कांग्रेस’ को केन्द्रिय कार्यालय रहेको घरलाई हाल आफ्नो पार्टी कार्यालय बनाएका उनलाई कतै सोही घरले प्रभाव त पारेन ? प्रश्न उठन सक्छ । हिजोका खुंखार एमाले नेताका छबि बनाएका उनै श्रेष्ठले यसरी अन्तवार्ता दिए होलान भनेर उनलाई चिन्नेले कल्पना पनि गर्न सक्दैन । तर, जातीय मोहले उनलाई कस्तो बनाएको रहेछ भने उनको पुर्ण अन्तवार्ता हेर्न र पढने हो भने त्यो घाम जत्ति कै छर्लङ देखिन्छ ।
कम्युनिष्टको नाम पनि सुन्न नसक्ने अवस्थामा यतिखेर श्रेष्ठ पुगेको देखिन्छ । झन, कुनै समय मदन भण्डारीद्धारा प्रतिपादित "जनताको बहुदलीय जनवाद" को वकालत गर्दै हिडने उनै श्रेष्ठ अहिले त त्यसले राष्ट्रलार्य निकास नै दिदैनन भनेर अलाप/बिलाप गर्न थालेका छन् । एउटा कम्युनिष्ट नेताले बर्गिय राजनीति प्रतिको मोह छुटाए पछि कस्तोसम्म बन्दो रहेछ र भन्दो रहेछ भन्ने कुरा बुझ्न उनै श्रेष्ठका अन्तवार्ताका तलका मुख्य अंश हेर्दा थाहा हुन्छ । एउटा जिम्मेवार कम्युनिष्ट नेता बिग्रियो भने कस्तो सम्म बन्दो रहेछ/भन्दोरहेछ भनेर वुझ्न नेपालको सन्दर्भमा श्रेष्ठलाई हेर्दा थाहा हुन्छ । प्रस्तुत छ, अन्तवार्ताका केही मुख्य मुख्य अंश, जो कम्युनिष्ट प्रति केन्द्रित छन् । 

# हामीले आफूलाई कम्युनिस्ट भनेर दाबी गरेका छैनौं 
अहिलेको विश्व परिवेशलाई हेर्दा कुनै पनि देशमा साम्यवादको अस्तित्व आइसकेको छैन। नेपालको आर्थिक, सामाजिक परिवेशले ल्याउन सक्ने भनेको समाजवाद मात्रै हो, साम्यवाद कल्पनाको कुरा हो कि भन्ने छ। 
# अहिलेसम्मको अभ्यास हेर्दा साम्यवाद एउटा सुन्दर परिकल्पना मात्रै हो। विश्वमा कहीँ पनि जीवन्त सत्यको रूपमा वा प्रयोगका रूपमा साम्यवाद आएको छैन।
#  ३०/३५ वर्षसम्म हामीले कम्युनिस्ट पार्टीमा काम गर्र्दै जाँदा साम्यवाद त परै जाओस्, निकट भविष्यमा पनि समाजवाद आउने सम्भावना देखेनौं। 
#  जिन्दगीमा मैले जे जति योगदान त्यो पार्टीका निम्ति गरंे, मार्क्सवाद–लेनिनवादप्रति विश्वास भएरै गरेको हुँ। पछिल्लो विकासको क्रममा नेपालमा कम्युनिस्ट नाम रोखर, साम्यवादी नाम राखेर पुँजीवादी कामहरू भए 
# मदन भण्डारीको बहुदलीय जनवाद भनेको पुँजीवादी कार्यक्रम हो। त्यसले तत्काल मुलुकमा उठेका मुद्दाहरूलाई सम्बोधन गर्दैन। उदाहरणका लागि नेपालमा संघीयताको मुद्दा आएको छ, तर बहुदलीय जनवादले केन्द्रीय सरकार र स्थानीय सरकारको मात्रै परिकल्पना गरेको छ। नेपलालाई एकात्मक राज्यका रूपमै सीमित गरेको छ। 
# जातीय, भाषिक, क्षेत्रीय पहिचानमा आधारित संघीयताको सन्दर्भलाई मदन भण्डारीको बहुदलीय जनवादले बोक्न सकेन। कार्यक्रम बोक्नुपर्ने पहिचानसहितको संघीयता, तर सिद्धान्त बहुदलीय जनवादको यो कसरी सम्भव छ ? 
 # मदन भण्डारीको बहुदलीय जनवादले बहुमतको सरकार अल्पमतको प्रतिपक्ष भनेर वकालत गरेको छ। तर संघीय समाजवादी पार्टी संसदीय व्यवस्थाको पक्षपाती होइन।
#  मदन भण्डारीको बहुदलीय जनवाद परम्परागत उदार लोकतन्त्रमा आधारित छ, तर हामी समावेशी लोकतन्त्रका पक्षधर हौं।

माथि उल्लेखित धारणा र दृष्टीकोण पेश गरेर विश्वमा श्रेष्ठले कम्युनिष्ट अर्थात बामपन्थी राजनीति गर्नेलाई धक्का दिएका छन्, हिजोको एउटा कम्युनिष्ट पार्टीका नेता हुनुका नाताले । एउटा बामपन्थी पृष्ठभुमीका एक जिम्मेवार नेताले दिएको अन्तवार्ताले नेपालको बामपन्थी राजनीति कतातिर गइरहेको छ त ? भन्ने पनि देखाउँछ। र, प्रश्न यो पनि उठाउँछ कि वामपन्थी राजनीति गर्नेहरु झुट मात्रै बेचिरहेका छन त ? यदी यो प्रश्न सत्य हो भने श्रेष्ठले पनि ३५/४० वर्षे राजनीतिमा झुटमात्रै बोलेर कटाएका रहेछन्, जो उनी आफै भन्दैछन् ।
उनी बामपन्थी राजनीति प्रति यसरी कृतघन भएर उभिएका छन, त्यति त हिजो केशरजंग रायमाझी (राजावादी हुन पुगेका कम्युनिष्ट पार्टीका महासचिव) पनि थिएनन होला । तर, त्यसको दम (अर्थात तत्वज्ञान) कहाँवाट श्रेष्ठलाई आयो ? यो प्रश्न भने उनलाई अवश्य उठेको छ । वामपन्थी राजनीति प्रति यति कृतघ्न त एमाले नै छोडने रामचन्द्र झा पनि भएनन, उनको बक्तब्यले वामपन्थी राजनीतिलाई सम्मान गरेको थिए, त्यो नैतिकता श्रेष्ठले भने राख्न सकेको देखिएन् ।
यद्धपी, आफ्नो जीवनको उर्जा र सम्मान दुवै वामपन्थी राजनीतिवाट मिलेको हो भन्ने कुरा श्रेष्ठले चटक्कै भुलेको अन्तवार्ताले देखाउँछ । एमाले उपाध्यक्ष र केन्द्रिय सदस्य त्यागेर नयाँ उर्जा र नयाँ जोशका साथ पार्टी खोलेका भए पनि केन्द्रिय कार्यालयमा पदाधिकारी र केन्द्रिय नेतामा मात्र सिमित देखिन्छ । पार्टीमा आकर्षण छ कि छैन भन्ने जान्नलाई त्यो पार्टी कार्यालयमा क्यान्टिन छ कि छैन ? बिषयले पनि निर्धारण गर्छ । श्रेष्ठको महराजगञ्ज कार्यालय पुग्यो भने जाने चाँही छर्लङ्ग हुन्छ । 

No comments:

Post a Comment