Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 17, 2013

वैद्यको केन्द्रीय समितिमा १ सय ५१ सदस्य

प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ३- मोहन वैद्य नेतृत्व नेकपा-माओवादीको केन्द्रीय समिति पनि 'जम्बो' भएको छ। पाँच दिनदेखि जारी केन्द्रीय समिति बैठकको अथक प्रयासपछि माओवादीले १ सय ५१ सदस्यको केन्द्रीय समिति गठन गरेको छ।
बैठकले ५१ सदस्यीय पूर्ण तथा १ सय वैकल्पिक गरी १ सय ५१ सदस्यीय केन्द्रीय समिति निमार्ण गरिएको प्रचार विभाग प्रमुख महेश्वर दाहालले जानकारी दिए। 'थपिएका सबै सदस्यलाई हालका लागि वैकल्पिक केन्द्रीय सदस्यमा रहेका छन्,' दाहालले नागरिकसँग भने। उनका अनुसार वैकल्पिक केन्द्रीय सदस्यमध्येबाट पूर्ण केन्द्रीय सदस्य बनाइनेछ।
महाधिवेशनले ४३ जनालाई केन्द्रीय समितिमा चयन गरेपनि आठ जना सदस्य रिक्त थिए। गत पुस अन्तिम साता माओवादी महाधिवेशनले ५१ जना केन्द्रीय समितिको म्यान्डेट दिएको थियो।

No comments:

Post a Comment