Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 20, 2013

बैद्य बाको पार्टी हाँक्ने नयाँ अनुहार को को ? आयो है !!!

को-को परे केन्द्रीय समितिमा ?
प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ८ - मोहन वैद्य नेतृत्वको माओवादीले थप गर्न लागेको केन्द्रीय सदस्य नामावलीमा विवाद चर्कंदै गएपछि आकस्मिक रुपमा आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ।
गत साता थप गरिएका १ सय ८ वैकल्पिक केन्द्रीय सदस्यसहित वैशाख ९ गते विस्तारित बैठक बस्ने पूर्वयोजना भए पनि नामावलीमा विवाद देखा परेपछि माओवादीले आकस्मिक बैठक बोलाएको हो।
'९ गते थप गरिएका केन्द्रीय सदस्यसहितको विस्तारित बैठक बस्न भन्ने थियो तर नयाँ अनुहारमा केही कुरा नमिलेपछि त्यसलाई हल गर्न एक दिनअघि (वैशाख ८) नै पुरानो केन्द्रीय समितिको बैठक बोलाइएको हो,' पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले नागरिकसँग भने, 'बैठकले नयाँ केन्द्रीय सदस्यको नामावलीमा उठेका विरोध र मागलाई सम्बोधन गर्नेछ।' केन्द्रीय सदस्य थप गर्दा स्वाभाविक रुपमा विरोध समर्थन हुने भएकाले जायज मागलाई सम्बोधन गरेर केन्द्रीय समिति प्रस्तुत हुने उनको भनाइ छ।

गत चैत २९ मा सुरु बैठकमा केन्द्रीय समिति विस्तार गर्ने प्रस्तावपछि नामावली चयन गरेको भए पनि माओवादीले विवादका कारण अझै सार्वजनिक गर्न सकेको छैन। मधेसी, विभिन्न राज्य समितिका सदस्य, जनवर्गीय संगठनका प्रतिनिधिले केन्द्रले नयाँ नामावली चयन गर्दा आफूनिकटलाई मात्र तानेको तर पार्टीका वरिष्ठ, इमानदार र क्षमतावानलाई छुटाएको भन्दै आपत्ति जनाउँदै आएका छन्।
विवाद हल हुने छाँट नदेखिएपछि शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले आकस्मिक केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको केन्द्रीय कार्यालयका एक सदस्यले बताए। 'पदाधिकारीमै केन्द्रीय समिति विस्तारलाई स्थगन गरेर जाने वा केहीलाई थपेर केन्द्रीय समितिलाई पूर्णता दिने भन्नेबारे दुई धार देखा पर्यो,' ती सदस्यले नागरिकसँग भने, 'विवाद धेरै भएकाले केही नेता विस्तार कार्य रोकौं भन्ने पक्षमा हुनुहुन्छ, केही यसैमा मिलाएर जाऔं भन्ने पक्षमा हुनुहुन्छ।' उनका अनुसार पुरानो केन्द्रीय समितिले विस्तार कार्यलाई तत्काल रोकेको निर्णय गर्ने सम्भावना पनि उत्तिकै छ।
विस्तारित केन्द्रीय समिति सदस्यमा सचिव नेत्रविक्रम चन्द विप्लवका सहोदर दुई दाजु परेका छन्। चन्दका जेठा दाजु चन्द्रबहादुर चन्द र माइला दाजु जयन्त चन्द केन्द्रीय समितिमा तानिएका छन्। पोलिटब्युरो सदस्य कुलप्रसाद केसीकी श्रीमती तारा घर्ती, केन्द्रीय सदस्य उमा भुजेलका श्रीमान बसन्त श्रेष्ठ तथा श्रीमान/श्रीमती दावा लामा र कुमारी मोक्तान पनि केन्द्रीय सदस्यमा तानिएका छन्। महिला नेतृ रामकुमारी यादवकी कान्छी छोरी सुनिता यादव पनि केन्द्रीय समितिमा आएकी छन्।
गत चैत २९ देखि एक सातासम्म बसेको बैठकले भोजपुराबाट रोशन जनकपुरी, युवराज भट्टराई, धिरज पट्टेल, रसिद अन्सारी, मिथिलाबाट सूर्यनाथ यादव, सुनिता यादव, महादेव यादव, तेजप्रसाद अधिकारी, रामचन्द्र ठाडालाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ।
अबधका अनुकूल, बाला थापा, ध्रुव आङदाङबे, दावा शर्मा, लक्ष्मी मुडभरी, एकराज भण्डारी, कृष्ण अधिकारी, लेखनाथ न्यौपाने, गुणराज लोहनी, गौरी मण्डल, बद्री बजगाईं, रामदिप आचार्य, पदम राई पनि केन्द्रीय समितिमा तानिएका छन्। यसैगरी, इन्द्र आङवुहांगे, दिपेश राई, मोहन कार्की, कुमार शाह, दिपक चलाउने, शरदसिंह भण्डारी, शिवराम यादव, सावित्री पोखरेल, ओमकुमारी खापुङ, सन्तोषी विक, बसन्त घर्तिमगर, नन्द बुढा, माइला लामा, इश्वरचन्द्र ज्ञवाली, हरि ज्ञवाली, आरपी खरेल पनि केन्द्रीय समितिमा तानिएका अनुहार हुन्।
केन्द्रीय सदस्यका लागि चयन भएकामा इन्द्रजित थारु, पदम भण्डारी, दिवाकर श्रेष्ठ, राजकाजी महर्जन, डिल्ली घिमिरे, धनबहादुर महर्जन, सुरेश श्रेष्ठ, ज्ञानु बस्नेत, निरु दर्लामी, प्रतिभा बास्कोटा, सोनेलाल साह, हेमक, तेजबहादुर मिजार, शिव श्रेष्ठ, मदन लामा, इन्द्रबहादुर परियार लगायत छन्।

No comments:

Post a Comment