प्रकाश तिमल्सिना, काठमाडौं, असोज १६- सरकार र संविधान सभामा माओवादीसँग
मोर्चाबन्दी गरेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को संस्थापन
पक्षले एकीकृत माओवादीसँग चुनावी गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ।
अध्यक्ष महन्थ ठाकुरले हाल सरकारको नेतृत्व गरिरहेको माओवादीसँग चुनाबी गठबन्धन गरेर जान नसक्ने स्पष्ट पार्दै मधेसवादी राजनीतिक शक्ति विचको एकतामा जोड गरेको छ।
'अध्यक्ष(ठाकुर)ज्युले मधेसका सबालमा अझै स्पष्ट नभएको माओवादीसँग चुनावी गठबन्धन गरेर जान सकिदैन भनेर बताईसक्नु भएको छ,' प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले नागरिकसँग भने, 'चुनावमा जानका लागि मधेसबादी शक्तिसँग मात्र गठबन्धन हुन सक्छ, न कि माओवादीसँग।' उनका अनुसार माओवादीले चुनावी गठबन्धन गरेर जानु पर्ने प्रस्तावलाई तमलोपाले अस्विकार गरिसकेको छ।
संविधान सभामा संघीयताका लागि मात्र माओवादीसँग मोर्चाबन्दी गरेको तमलोपाले संविधानसभाको अवसान पछि सो मोर्चाबन्दीको औचित्य सकिएको निष्कर्ष पनि निकालेको छ। 'माओवादीसँगको मोर्चाबन्दी संघियताका लागि मात्र हो, चुनावको लागि होइन भनेर नै हामीले अन्य मधेसवादी दलसँग पार्टी एकताका लागि छलफल र वार्तालाई तिव्रता दिएका हौं,' शुक्लाले भने।
बर्ष दिन नाघिसक्दा पनि माओवादीसँग गरिएको चार बुदेँ सहमति कार्यान्वयन हुन नसकेको, मुख्य सचिव तथा प्रहरी प्रमुखको चयनमा पनि मधेसी दलको मागलाई सम्वोधन गर्न माओवादीले आनाकानी गरेको, माओवादी सरकारमा बसेर मधेसका माग र मुद्धालाई सम्वोधन गर्न असजिलो परेको भन्दै तमलोपाले माओवादीसँगको सहकार्यलाई तोडने निष्कर्ष पनि निकालेको एक केन्द्रिय नेताले जानकारी दिए। 'पार्टी माओवादीको एजेन्डामा फस्दैँ गयो तर मधेसको एजेन्डामा भने प्रवेश नै नगेरपछि पार्टी भित्र चर्को असन्तुष्टी बढिरहेको छ, त्यसकारण पनि पार्टीले एउटा निर्णय लिन जरुरी भइसकेको महशुश गरिरहेको छ' ती नेताले भने। उनका अनुसार माओवादी नेतृत्वको सरकारमा बस्ने/नबस्ने भन्ने बारेमा पार्टीले तत्कालै नयाँ निर्णय पनि गर्दैछ।

No comments:
Post a Comment