प्रकाश तिम_िल्सना,
काठमाडौं, भदौं २४
समाजवादी जनता पार्टी (सजपा) ले अध्यक्ष प्रेमवहादुरलाई अध्यक्ष पद तथा केन्द्रिय समितिवाट १ वर्षका लागि निलम्बन गरेको छ । पार्टीमा छलफल नै नगरी सत्तारुढ माओवादी-मधेसी मोर्चाले नेतृत्वको गरेको ुसंघीय लोकतान्त्रिक गठवन्धनु को प्रवक्ता भएको भन्दै अध्यक्ष िसंहलाई निलम्बन गरिएको हो ।
सो पार्टीका अध्यक्ष मण्डलका अर्का अध्यक्ष गंगाप्रसाद चौधरीको अध्यक्षतामा वसेको केन्द्रिय समितिको वैठकले उनलाई पार्टीको निर्णय विपरित माओवादी-मधेसी गठवन्धनमा संलग्न भएपछि निलम्बन गरेको हो । "पार्टी निर्णय विपरित किन माओवादी-मधेसी मोर्चाको गठवन्धनमा जानु भयो भनेर स्पष्टीकरण लियौं तर उहाँको चित्तवुझ्दो जवाफ दिन सक्नु भएन्" अध्यक्ष हिक्मतवहादुर देउवाले नागरिकसँग भने "तपाईहरु पनि अर्को गठवन्धनमा बनाएर जान सक्नुहुन्छ भन्ने जवाफ दिएपछि हामीले उहाँलाई निलम्बन गरेका हौं ।"तीन जना अध्यक्ष हुने बिधानमा व्यवस्था गरे अनुसार गत साउन देखी िसंह पार्टीको अध्यक्ष थिए । एमाले राजावादी हुदै एमाले-कांग्रेस सरकारमा कानुन मन्त्री भएका सिहं अहिले माओवादी-मधेसी मोर्चाका प्रवक्ताको जिम्मेवारीमा छन् । उनी निलम्बित भएपछि अध्यक्षको जिम्मेवारी केन्द्रिय समितिले देउवालाई दिएको छ ।
No comments:
Post a Comment