नागरिक संवाददाता, काठमाडौं भदौ २२, पूर्व स्थानीय विकास राज्यमन्त्री नविन विश्वकर्मा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा नै फर्केका छन् ।
माओवादी केन्द्रीय कार्यालय बुद्धनगर पत्रकार सम्मेलनको आयोजना गरेर विश्वकर्माले एकीकृत माओवादी परित्याग गरी सो पार्टीमा फर्केको वताए ।
एकीकृत माओवादीको भेरी-कणार्ली राज्य समितिका सचिवालय सदस्य रहेका विश्वकर्माले सो पार्टीले एकपछि अर्को गर्दै जनताप्रति गद्दारी र प्रतिकि्रयावादीसामु आत्मसमर्पण गरेको आरोप पनि लगाए । "अधुरो क्रान्तिलाई पूर्णता िदंदै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने कार्यभार यही क्रान्तिकारी पार्टीको जिम्मामा आएको छु" विश्वकर्माले भने ।
०५२ सालमा पार्टी सदस्यता लिएका विश्वकर्मा ०५४ सालदेखि पार्टीको पूर्णकालीन भएर युद्धमा सकि्रय विश्वकर्मा ०६४ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा उनी स्थानीय विकास राज्यमन्त्रीको जिम्मेवारीमा थिए ।
No comments:
Post a Comment