प्रकाश तिमल्सिना, काठमाडौं, भदौ २५ - प्रधानमन्त्री तथा एकीकृत माओवादी
उपाध्यक्ष बाबुराम भट्टराईले होटल मजदुरको समानान्तर समिति बनाउन आफूनिकट
मजदुर नेताहरूलाई निर्देशन दिएको खुलेको छ।
अखिल नेपाल होटल तथा रेस्टुरा मजदुर संघको राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल पक्षधरले आफूहरूलाई भूमिकाविहीन बनाउन लागेको भन्ने गुनासो लिएर शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका मजदुर नेताहरूलाई भट्टराईले उक्त निर्देशन दिएका हुन्।
'अध्यक्षनिकट मजदुर नेताहरूलाई संगठनमा पेल्ने र भूमिकाविहीन बनाउन लागेकाले उहाँ (भट्टराई) समक्ष गुनासो राख्यौं,' भट्टराईनिकट मजदुर नेता राजु बडुवालले नागरिकसँग भने, 'यसरी पेल्दै गए भने समानान्तर समिति बनाएर जानुहोस्, म प्रमुख अतिथिका रूपमा भेलामा सहभागी हुन्छु भन्ने उहाँले आश्वासन दिनुभयो।' भट्टराईलाई भेटेपछि भदौ ३० मा पोखरामा सुरु हुने राष्ट्रिय सम्मेलन भट्टराईपक्षधर मजदुर नेताले बहिष्कार गर्ने भएका छन्।
भेटमा मजदुर नेताहरूले प्रधानमन्त्रीलाई 'भारतीय दलाल र 'र' को एजेन्ट' भनी संगठनभित्र दाहाल पक्षधर नेताहरूले व्यापक प्रचारबाजी गरिरहेको जानकारी गराएका थिए। स्रोतका अनुसार भट्टराईले यसलाई 'जडसूत्रवादी राष्ट्रिय चिन्तन' भएकाहरूले चलाएको हल्लाको संज्ञा दिँदै त्यसलाई चिर्न आफूले छिट्टै नयाँ योजना ल्याउन लागेको जवाफ दिएको मजदुर नेताहरूको भनाइ छ। तर, अध्यक्ष दाहाल पक्षधर नेताहरूले चलाएको प्रचारले संगठनभित्र काम गर्न असजिलो भएको गुनासो मजदुर नेताहरूले राखेका थिए।
अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपालका अध्यक्ष शालिकराम जमकट्टेलनिकट नेताहरूले भट्टराईले अध्यक्ष दाहालसँग आत्मसमपर्ण गरेको भनी प्रचारबाजी गरेको जानकारी भट्टराईलाई दिएका थिए। 'पालुङटारमा अध्यक्षको जनविद्रोह र मेरो शान्ति र संविधानको फरक- फरक प्रतिवेदन पेस भएको सबैलाई थाहा छ,' भट्टराईको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने, 'अहिले पार्टी शान्ति र संविधानको नीतिमा चलेको छ, यसले नै कसले कोसँग आत्मसमर्पण गरेको छ भन्ने यसले नै देखाएको छ, तपाईंहरू ढुक्क हुनुहोस्, मैले आत्मसमपर्ण गरेको छैन।' भट्टराईले पालुङटार विस्तारित बैठकमा पेस गरिएका दुवै डकुमेन्ट संगठनभित्र फोटोकपी गरेर पढ्ने व्यवस्था मिलाउन भेटमा सहभागी नेतालाई निर्देशन दिएका छन्।
पोखरा सम्मेलनमा सहभागी गराउने भन्दै क्यासिनोमा कार्यरत मजदुरबाट प्रति व्यक्ति १ सय ९० रुपैयाँ र होटल तथा रेस्टुरेन्टमा कार्यरतबाट प्रति व्यक्ति १ सय २० रुपैयाँका दरले रकम उठाइए पनि त्यसको रसिद र भर्पाइ नदिइएको आरोप भट्टराई पक्षले लगाउँदै आएको छ। 'शालिकरामजीले ४२ हजार मजदुर छन् भनेर पार्टीलाई झुटो प्रतिवेदन बुझाएका छन्, होटल मजदुर संघमा १२ हजार मात्र सदस्य रहेको प्रधानमन्त्रीलाई जानकारी गरायौं,' ती नेताले भने। पोखरा सम्मेलन एक पक्षीय भएकाले स्थगित नगरे भट्टराई पक्षले छुट्टै महासंघ खोल्ने योजना बनाएको पनि नेताहरूको भनाइ छ।

No comments:
Post a Comment