प्रकाश तिमिल्सिना, काठमाडौं, असोज ६- एकीकृत माओवादीका प्रवक्ता अग्नी
सापकोटाले लडाकुको रकम अनियमितताबारे एमालेका युवा संघले दिएको उजुरीको
कुनै तुन नभएको बताएका छन्। उनले यो एउटा प्रोपोगान्डामात्र भएकाले
अख्तियारले पनि कुनै प्रमाण भेट्न नसक्ने बताए।
पार्टी कार्यलयमा सञ्चारकर्मीसितको नियमित भेटघाटका क्रममा आज उनले सो कुरा स्पष्ट पारेका हुन्। 'शिविरका लडाकुको रकम अनियमितता भएको हल्लामात्र हो,' पार्टी प्रवक्ता सापकोटाले भने, 'यसको प्रमाण अख्तियारले खोजेर देखाओस्।'
उनले राष्ट्रिय सरकारको नेतृत्व गर्न कांग्रेसलाई दिँदा शक्ति सन्तुलन नहुने स्पष्ट पारे। 'राष्ट्रपति पनि कांग्रसकै, प्रधानमन्त्री पनि कांग्रेसकै,' उनले भने, 'राष्ट्रपति र प्रधानमन्त्री दुबै पद एउटै दलमा जाँदा शक्ति सन्तुलन कसरी हुन्छ?'
एमाले भ्रातृ संगठन युवा संघले लडाकुको नामका एकीकृत माओवादी नेतृत्वले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। माओवादीले नक्कली लडाकु खडा गरी करिब ४ अर्ब रूपैयाँ दुरुपयोग गरेको आरोप उजुरीमा छ। उजुरीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय सदस्य कृष्णबहादुर महरालाई विपक्षी बनाइएको छ।
उजुरीमा आर्थिक कार्यविधि ऐन र आर्थिक नियमावलीविपरीत लडाकुको नाममा माओवादी नेताले ठूलो परिणाममा राज्यकोषको अपचलन गरेको आरोप उजुरीमा छ।

No comments:
Post a Comment