काठमाडौँ, असोज ४ (नागरिक) - बहिर्गमित लडाकुहरुले असोज ६ र ७ गते गर्ने
भनेको बन्द र विरोधका कार्यक्रम सरकारसँग आज भएको वार्तामा चार बुँदे सहमति
भएपछि फिर्ता भएको छ। सरकार र लडाकुबीच आज शान्ति तथा पुनर्निर्माण
मन्त्रालयमा वार्ता भएको थियो।
वार्तामा लडाकुको माग बमोजिम प्याकेज उपलब्ध गराउन विगतमा भएका सहमति समेत कार्यान्वयन गर्न ठोस पहल गर्ने, लडाकुका बन्दी/थुनुवाहरुको विवरण शान्ति तथा पुनर्निमार्ण मन्त्रालयमा बुझाउने र सो सम्बन्धमा अर्को वार्तामा गृह मन्त्रालयका प्रतिनिधिसहित छलफल गर्ने सहमति भएको छ।
त्यसैगरी बहिर्गमित लडाकु आवद्ध सशस्त्र द्वन्द्वमा घाइते अपाङ्ग भएका व्यक्तिहरु निर्धारित मापदण्डबमोजिम उपचार गर्ने र सुविधा लिने प्रक्रियामा समावेश हुने र बन्द र विरोधका कार्यक्रम फिर्ता लिने गरी चार बुँदे सहमति भएको छ। सहमतिमा सरकारका तर्फबाट शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझी र बहिर्गमित लडाकुका तर्फबाट लेनिन विष्टले हस्ताक्षर गरेका छन्।

No comments:
Post a Comment