काठमाडौं, असोज २ (नागरिक)- बाबुराम भट्टराई सरकारले राजनीतिक सहमति जुटाउन
नसकेको भन्दै भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले राजीनामा दिएका छन्।
राजनीतिक सहमतिका लागि सरकारमा गए पनि प्रधानमन्त्रीले त्यसका लागि कुनै
पहल नगरेको आरोप लगाउँदै उनले मन्त्री पद त्यागेका हुन्।
यसअघि जोशीको पार्टी नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारले अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोजेको भन्दै सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो।प्रधानमन्त्री बाबुराम भट्टराईले दोस्रो पटक एमाले सहित साना दलका मन्त्री थप्दा जोशी भूमिसुधार मन्त्री बनेका थिए। संविधान लेखनका अधिकांश विषयमा माओवादी, कांग्रेस, एमाले तथा संयुक्त मधेसी मोर्चाबीच सहमति भएको अवस्थामा नेकपा संयुक्त सरकारमा गएको थियो। हाल उनी नेकपा संयुक्तका अध्यक्ष हुन्।

No comments:
Post a Comment