एकीकृत माओवादी निकट अखिल नेपाल होटल तथा रेष्टुरा मजदुर संघको राष्ट्रिय सम्मेलनको वैधानिकता दिने बिषयमा बिबाद खडा भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल निकटहरुले मान्यता नदिए महाधिवेसन प्रभावित गरिदिने तथा उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरले मान्यता दिए समानन्तर समिति बनाएर जाने चेतावनी दिएपछि वैद्यानिकताका विषयमा बिबाद देखिएको हो ।
सवै जनवर्गिय संगठनको सम्मेलन स्थगित गरिएको शुक्रवार सार्वजनिक गरे पनि मजदुर संघले भने शनिवार उदघाटन गरेर आइतवार प्रकाश श्रेष्ठको नेतृत्वमा १ सय ७५ सदस्सीय गठन गरेर सम्मेलन सम्पन्न गरिसकेको छ । उपाध्यक्ष बाबुराम भट्टराई खेमाले बहिस्कार गरेको सो सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल निकटहरुले भने वैधानिक भएको बताएका छन । "यो सम्मेलन पुर्णत वैधानिक सम्मेलन हो यसलाई अवैधानिक भन्न कसैले पनि सक्दैन्" नवनिर्वाचित उपाध्यक्ष माधव पाण्डेले नागरिकसँग भने । जनवर्गिय संगठनका इन्चार्ज जनार्दन शर्मा तमुवान राज्य समितिका इन्चार्ज डिलाराम आचार्य र मजदुरको छाता संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जम्मरकट्टेलसमेतको उपस्थितिमा भएको सो सम्मेलन वैद्यानिक भएको दाहाल पक्षधरलॆ जिकिर गरेका छन् । सम्मेलनमा उपस्थित तीनै नेता दाहाल पक्षधर हुन् ।
भट्टराई पक्षधर नेता मुक्ति दाहालले भने पार्टीले सम्मेलन स्थगित गर्ने निर्णयका बाबजुद पनि एकपक्षिय रुपमा भएको सम्मेलनले वैद्यानिकता नपाउने वताए । "पार्टीले सम्मेलन स्थगित गर्ने निर्णय गरिसकेको अवस्थामा जवजस्र्ती सम्मेलन गरिएको छ एक पक्षीय रुपमा गरिएको सम्मेलनले वैद्यानिकता पाउन सक्दैन" दाहालले नागरिकसँग भने "पार्टीको संगठन विभाग कृष्णवहादुर महराले पनि सम्मेलनले वैधानिकता नपाउने हामीसँग भन्नु भएको छ ।" दाहालका अनुसार शनिवार भएको भेटमा महराले पार्टीको निर्णयलाई उलंघन गरेर गरिएको सम्मेलनलाई पार्टीले मान्यता नदिने बताइसकेका छन् । महरालाई भेट गरेका भट्टराई पक्षधर मजदुर नेताले दाहाल र भट्टराई भेटने योजना बनाएका छन् । पार्टीले पोखरा सम्मेलनलाई वैधानिकता दिए भट्टराई खेमाले समानान्तर कमिटि खडा गर्ने योजना बनाएको दाहालको भनाई छ ।
प्रवक्ता अग्नि सापकोटाले भने होटल तथा रेष्टुराँ मजदुर संघको पोखरा सम्मेलनको बारेमा केही पनि बताउन चाहेनन् । "पोखरा सम्मेलनमा के भएको हो मैले पनि वुझ्न पाएको छैन् बुझेर भनौला" सापकोटाले छोटो प्रतिकि्रया दिए । शुक्रवारमात्र प्रवक्ता सापकोटाले सबै जनवर्गिय संगठनका सम्मेलन स्थगित गरिएको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

No comments:
Post a Comment