प्रकाश तिमल्सिना, काठमाडौं, भदौ २५ - एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराई पक्षधर मजदुर नेताबीच हात
हालाहाल भएको छ। एभरेष्ट होटलमा बाबुराम र पुप्पकमल दाहाल पक्षधर मजदुर
नेता-कार्यकर्ताबीच झडप भएको हो।
केही समयअघि आक्रमणमा परेका मजदुर नेता शलिकराम जमकट्टेल पक्षधरले उनलाई आक्रमण गर्ने सोही मजदुर संगठनकै रमेश पन्तको मुद्दा सरकारले फिर्ता लिने विषयलाई लिएर झडप भएको हो। झडपमा दाहाल पक्षीय जमकट्टेलकी पत्नी लक्ष्मी श्रेष्ठ र भट्टराई पक्षका पन्तकी पत्नी दुर्गाबीच मुद्दाको विषयमा हात हालाहाल भएको हो।
दाहाल र भट्टराई दुबै पक्षका नेताहरु झडप मिलाउन घटनास्थल पुगेका छन्। नेपाल होटल तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय सदस्य माधव पाण्डेले झडप सामान्य भएको बताए। झगडा गर्ने दुबै एभरेस्ट होटलको लेखा शाखामा कार्यरत छन्।
दाहाल र भट्टराई पक्षका मजदुरहरु पहिलेदेखि नै विभाजित रहँदै आएका छन्।

No comments:
Post a Comment