Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, September 10, 2012

बाबुरामलाई बुझाए ७० बुँदै मागपत्र

प्रकाश तिमल्सिना, काठमाडौं, भदौ २५ - नेकपा-माओवादीका नेताहरुले तयार गरेको ७० बुँदे मागपत्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएका छन्। भट्टराईले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागमा ३० बुँदा थप गरी मागपत्र तयार गरिएको थियो।
पार्टी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा नेताहरु नेत्रविक्रम चन्द, हितमान शाक्य, तिलक परियार, जयपुरी घर्तीलगायत नेताहरुले प्रधानमन्त्रीलाई मागपत्र थमाएका थिए। रत्‍नपार्कबाट जुलुससहित माग लिएर गएका नेकपा-माओवादीका नेताहरु प्रहरी भ्यान सिंहदरबार प्रवेश गरेका थिए। उनीहरुले मागपत्र बुझाएपछि प्रधानमन्त्री भट्टराईले कतिपय माग प्रचारात्मक भएको भन्दै सबै माग पूरा गर्न नसकिने बताएका थिए। प्रत्युत्तरमा गजुरेलले 'तपाँईले नै बुझाउनुभएका मागहरु छन्' भनी सम्झाएको नेता गजुरेलले पत्रकारहरुसँग बताए। भट्टराईले क्रान्ति पूरा नभई सबै माग पूरा गर्न सम्भव नरहेको बताएका थिए।

No comments:

Post a Comment