![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjelwGtldy6jvLcPLglz4cD3RDhllWcruainyaiT_50qCpmy03MG5LGp4OU2gt2eVgldIvj-CC0Ivb45J_Y9QhY-DLLrT7DsBCizmEBf6pFPK6Eel65hyphenhyphenM1L5-A9Tqo7mINTBK5kvmT3Xk/s320/13731539_1211714892192336_1053826874678888399_n.jpg)
तमलोपाको ७४ सदस्यीय कार्यसमिती महाधिबेसनको २ महिना पछि सार्बजनिक गरिएको छ । नामावली हेरेर किंकर्तब्यबिमुढ र बिस्मित भए । जन लज्जाको समेत खयाल गरिएको छैन । यसो बिचार गरे, तमलोपामा यो के भईरहेको छ ? पार्टी समाप्त पार्न नेतृत्व स्वयं नै किन कस्सिएका छन ? संसार नै समानुपातिक समाबेसीको बाटोमा अघि बढिरहेको बेला तमलोपा स्वयंमले अंगिकार गरेको समानुपातिक समाबेसी सिद्धान्तको खिल्ली उडाउन किन तल्लीन छ ?
मधेसको धारातलिय यथार्थ र समाजिक संरचना बिरुद्ध किन एउटै जातको पार्टी बनाउन खोजेको हो र ? मधेस र मधेसीसंग बिभेद भयो, राज्य समाबेसी चरित्रको भएन, एउटै जात र समुदायको हालिमुहाली भयो यि र यस्तै प्रश्णहरुको उत्तर दिन, तमलोपाको जन्म भएको हो र यही कुरा तमलोपाको अवधारणापत्र, बिधान र घोषणापत्रमा पनि उल्लेख छ ।
तर पनि किन आफ्नै Guiding Principle बिरुद्ध तमलोपा नेतृत्व गइरहेको छ ? कुरा बुझि नसक्नु छ । बर्तमान १३ जना पदधिकारीमा मधेसको पहिलो जनसङ्ख्या (१८ लाख) भएको थारु समुदाय एउटा पनि नपर्नु, दोस्रो मुस्लिम (१४ लाख ) एउटा पनि नपर्नु, तेस्रो दलित ( 10 लाख) एउटा पनि नपर्नु तर मधेस कै सबभन्दा पुच्छार मध्येको एक जाती जसको जनसङ्ख्या १ लाख पनि छैन (मधेसी ब्राम्हण) बाट ७ जना (बहुमत) पदाधिकारी न्युक्त गरेर कुन चांही समानुपातिक समाबेसीको मोडेल प्रस्तुत गर्न खोज्नु भएको हो र ?
७४ जनाको कार्यसमितिमा २० जना ब्राम्हण कुन बिधान टेकेर भर्ती गर्नुभएको हो र ? तपाईले पढ्नु भएको समानुपातिक समाबेसीको परिभाषा यही हो ? तपाइले मधेसी जनतालाई दिने समाजिक न्याय यही हो र ? तपाईले मधेसी जनतालाई देखाएको मधेस मुक्तिको सपना यही हो ? यसरी सफल हुन्छ मधेस मुक्ती आन्दोलन ? तपाईले राज्य समक्ष माग गरेको राज्यको हरेक अंग, तह र निकायमा मधेसी, आदिवासी जनजाती, दलित, महिला र मुस्लिमको समानुपातिक समाबेसीकरणको एजेण्डा पहिला आफ्नै पार्टी भित्र लागु गर्नुहोस । भनिन्छ, "संसार बदल्नु छ, सुरु आफैंबाट गर्नुछ ।
पहले अपना घर बनाइए फिर देस बनानेको चलिएगा । जय हो मधेस !!
#मधेसको मन्दिरहरूमा महन्थको भेषमा गुण्डा (डन) हरू र राजनीतिमा सन्तको मुखुण्डोमा सैतानहरू बिराजमान छन । यि दुइटै मधेसका कलंक हुन । यिनलाई मधेसी जनताले तह नलगाएसम्म मधेसको कल्याण असम्भव प्राय छ ।
यस अघि,
मधेसी मोर्चाका नेतृत्वले गरिरहेको क्रियाकलाप प्रति पनि उनले कडा टिप्पणी गरेका थिए ।
मधेसी मोर्चाका आदरणिय नेताज्यूहरू १
मधेस आन्दोलनका महान सहीदहरूले तपाईहरूले घोषणा गरेको सहादत वापतको रू५००००० (५० लाख) कहिले पाउने ? कि तपाईहरू विरूद्ध मान्छे मर्न उक्साएको आरोपमा हेग जानुपर्ने ? केटाकेटी पाराले मोर्चा चल्दैन ? मोर्चा कसैको पेवा होइन ? यसलाई कमाई खाने भाँडो नबनाईदिनुस ।
मधेस आन्दोलनका महान सहीदहरूले तपाईहरूले घोषणा गरेको सहादत वापतको रू५००००० (५० लाख) कहिले पाउने ? कि तपाईहरू विरूद्ध मान्छे मर्न उक्साएको आरोपमा हेग जानुपर्ने ? केटाकेटी पाराले मोर्चा चल्दैन ? मोर्चा कसैको पेवा होइन ? यसलाई कमाई खाने भाँडो नबनाईदिनुस ।
No comments:
Post a Comment