नेपाली कांग्रेस निकट, नेपाली बिद्याथी संघको १० बर्ष पछि भएको महाधिवेसनमा रामचन्द्र पौडेल खेमाका मनोजमणी आचार्य सम्मानजन रुपमा पराजित भए । शेरबहादुर देउवा खेमाका नैनसिंह महरले १४४७ मत ल्याउँदा मनोजमणी आचार्यको जम्मा १३२८ मत मात्रै आयो, उनी १ सय १९ मतले पराजित भए । मृदुभाषी र सादा जीवन जिउने भनेर परिचित आचार्य पराजित भए पनि बिजयी भएका महरलाई हार्दिकतापुर्वक बधाई दिदै भने, ‘यो नेबिसंघको बिजय हो ।’ र, बिजयी महरलाई अंगालो मारेर हार्दिकतापुर्वक पराजयलाई स्विकार गरे । आचार्यले देखाएको यो राजनीतिक संस्कार सबैका लागि आश्चर्य र प्रेरणाको बिषय बन्यो । 
सानेपास्थित केन्द्रीय कार्यालयमा मत परिणाम घोषणा भइरहदा महर र आचार्य सँगसँगै थिए । पहिलो पटक बिद्यार्थीको आन्तरिक चुनावमा बिद्युतीय मतदान गरेकाले मत आउन धेरै समय नै लागेन, मत घोषणा भयो । तर, राम्रो प्रभाव र संगठन हुदाँहुदै पनि आचार्य पराजित भको त मत परिणाम आफैले देखायो । भन्नेहरुले अझै पनि के भन्छन भने - रामचन्द्र खेमाका मानिने आनन्द त्रिपाठी वागी नउठेको मात्रै भए पनि आचार्यले दुईसत बढीले जित्थे तर यो पटक बिजयी हुने मौका उनलाई मिलेन । 
पराजित भए पनि महरलाई अंगालो मार्दै हार्दिकतापुर्वक दिएको बधाई र पराजयको स्वीकारोक्ती आर्दशका राजनीति गर्न छाडनेहरुलाई दरिलो झाप्पड हुन पुग्यो । राजनीति अझै मर्यादित र सभ्य छ  भन्ने सन्देश आचार्यले दिए, जबकी नेबिसंघ गुण्डागर्दी र भाला खुकरीमा चल्छ भन्ने यस अघिका दृष्टान्तहरु काफी थियो, त्यो यसपटक बदल्नका लागि आचार्यले भुमिका खेलेकै हुन । परिणाम,  आचार्यको चौतर्फी कुराकानी र प्रशंशा हुन थाल्यो । 
पराजय पछिको  एकदिनको भेटमा यस ब्लगरसँग आचार्यले सानो तर निकै महत्वपुर्ण प्रतिक्रिया दिए– ‘पदीय प्रतिस्पर्धामा म पराजय भएँ पनि राजनीतिमा  जिते ।’ उनले भने जस्तै धेरैले आचार्यले राजनीतिमा जिते, कम्तिमा कांग्रेसीहरु अझै पनि भन्छन, भनिरहेका छन् । 
मत परिणाम आएको भोलीपल्ट अर्थात भदौं ३ गते उनै आचार्य महामन्त्री सशांक कोइरालाको निवासमा थिए । नाग पञ्चमीवाट सुरु भएको महाधिवेसन जनै पुर्णिमाको दिनमा सकिएको थियो, त्यो पनि बन्द सत्र नै नगरी, त्यसको बारेमा त्यहाँ कुराकानी र समिक्षा भइरहेको बेलामा एक्कासी कांग्रेस सभापति शेरबहादुर देउवाको फोन आचार्यको मोबाइलमा बज्यो । दुवैतर्फवाट त्यहाँ केही बेर कुराकानी भयो । 
‘म त साथीहरुसँग शंशाक दाईको निवासमा थिए, त्यहीँ वेला पार्टी सभापतिको फोन आयो’ आचार्य ब्लगरसँग भने । 
‘चुनावी अभियानमा लागेर शान्तिपुर्ण रुपमा सकेकोमा सबैभन्दा पहिलो धन्यवाद, मत परिणामलाई हार्दिकतापुर्वक सम्मान गर्दै त्यसपछि देखाएको राजनीतिक संस्कारवाट म  निकै खुसी छु’ देउवाले आचार्यलाई फोनमा नै भने ।
देउवाले आफनो बिगतको अनुभव पनि आचार्यलाई सुनाउन भ्याए । ‘म पनि तीन तीन चोटी पार्टी सभापतिमा उठेर पनि हारेको थिए, अहिले चौथो चोटीमा जितेको हुँ, आत्तिनु हुन्न,’ देउवाले टेलिफोनमा भने, ‘तिमीले गरेको ब्यावहारले कांग्रेसको शिर उचोँ भएको छ ।’ 
देउवा हत्तपति कसैलाई फोन गर्दैनन, यो उनको बानी हो । देउवाको फोन पाउनेहरु कांग्रेसमा भाग्यमानी मानिने कुरा कांग्रेसीहरु गर्छन ।
त्यसपछि आचार्यलाई बुढानिलकण्ठ निवासमा आउन अनुरोध गर्दै भने, ‘ल मनोज, एकदिन मेरो (बुढानिलकण्ठ)मा कफी खान आउनु ।’ त्यसका लागि भानु देउवाले ब्यवस्थापन गर्ने पनि जानकारी दिए । 
मन्त्रीमण्डल विस्तार पछि ब्यस्तता कम हुने जनाउँदै देउवाले आचार्यलाई बुढानिलकण्ठमा कफी खान मात्रै निम्तो गरेनन, ‘तिम्लाई कहीँ न कही महत्वपुर्ण जिम्मेवार दिनुपर्छ, तिमी जस्तो मान्छे भुमिका बिहिन भएर बस्नु हुदैन, यसमा भेटेर सल्लाह गरुला ।’ 
त्यसपछि पुनः देउवाले आचार्यलाई बधाई दिदै महाधिवेसनमा उत्कृष्ट भुमिका खेलेको भन्दै पुनः धन्यवाद दिएर फोन राखे ।
पार्टी सभापति देउवावाट पाएको प्रंशशाले उर्जाशिल बनाएको भन्दै आचार्यले चाँही आफुलाई बढी जिम्मेवारी पाएको महशुश गरेका छन । नेबिसंघको नेतृत्वमा तत्काल नआए पनि पार्टी संगठन भित्र रहेर काम गर्ने उनको योजना रहेछ, जे होस बिद्यार्थी राजनीति गर्नेहरुले आचार्यसँग सिक्न सक्ने धेरै कुरा छन । जसले चुनावमा पराजित गरे पनि 'पोलिटिकल हाइट' बढाउन भने काम गर्छ ।
अध्यक्षमा बिजयी नैनसिहं महर दाजुलाई सफल कार्यकालका लागि शुभकामना पनि ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
ख़ुशी लाग्यो ! हार्दिक बधाई छ मेरो पनि मनोजमणि जी लाई
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete