Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 8, 2015

मलाई मार्न प्रचण्डजीले टोली नै खटाउनु भाथ्यो– उपेन्द्र यादव

प्रकाश तिमल्सिना/राजधानी, काठमाडौं, ८ पुस- 'सुरेशजी र मातृकाजीलाई पक्राउ गराउन मेरो भूमिका रहेको ठहर गर्दै माओवादी केन्द्रीय समितिले भौतिक कारबाही गर्ने निर्ण्र्ाागरेको जानकारी पाएपछि म ज्यान जोगाउन लुकीलुकी हिँडें ।'
यी अभिव्यक्ति माओवादीपरस्तको आरोप लगाउने गरिएका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वमा गठित सरकारको उपप्रधानमन्त्रीसमेत हुन् । राजधानीसँगको कुराकानीमा यादवले माओवादी केन्द्रीय समिति बैठकले नै आफूलाई 'सफाया' गर्न टोली खटाएको खुलासा गरे ।
भौतिक कारबाही गर्न माओवादीले नेपाल र भारत दुवैतिर टोली खटाएपछि लामो समयसम्म भूमिगत रहनु परेको दुखेसो पनि उनले गरे । 'केन्द्रीय समितिले नै मलाई मार्ने निर्ण्र्ाा गरेको जानकारी पाएपछि म छक्क परें, जतिबेला मैले माओवादीलाई नै सहयोग गरिरहेको थिएँ,' यादवले भने ।
उनले आफूलाई भौतिक कारबाही गर्ने जानकारी माओवादी मित्रहरूबाटै पाएपछि भूमिगत भएको स्मरण पनि गरे । माओवादीका उच्च नेताहरूले फोन गरेर ज्यान जोगाएर हिँड्न सुइँको नदिएको भए जे पनि हुन सक्ने उनले सुनाए । उनका अनुसार आफूलाई मार्ने पार्टर्ीीनर्ण्र्ााो जानकारी दिने नेताहरू अहिले माओवादीको शर्ीष्ा तहमा छन् ।
माओवादी नेता सुरेश आलेमगर र मातृकाप्रसाद यादवलाई पक्राउ गर्न उनले सुराकी गरेको माओवादी केन्द्रीय कार्यालयको ठहर थियो । भारतको राजधानी नयाँ दिल्लीस्थित आलेमगरको डेराबाट भारतीय प्रहरीले यादवसहित आलेमगर र मातृकालाई पक्राउ गरेपछि उनीमाथि शंका गरिएको थियो ।
मधेस, संघीयता र जनयुद्धमा भारतको भूमिकाबारे माओवादी अध्यक्ष प्रचण्डसँग दिल्लीस्थित इन्डिया नगरमा कुराकानी गरेको पर्सिपल्ट भारतीय प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो । 
मुख्यत संघीयतामा जाने पुर्व निर्णयवाट प्रचण्डजी पछि हटने कुरा मसँग राख्नु भयो, मैले त्यसमा पुरै असहमति जनाए’ यादवले सम्झिए, ‘प्रचण्डजी संघीयता भन्ने मुद्धा संगठन बनाउनका लागि मात्रै उठाईएको हो, दिनका लागि होइन भन्ने कुरा राख्नु भो, मैले त्यसमा चित्त बुझाईन् ।’ 


‘प्रचण्डजीको कुरा थियो कि संघीयतामा गए राष्ट्रियता कमजोर हुन्छ, मुलुक विखण्डनतिर जान्छ तर मैले अधिकार दिने कुरामा यस्ता बहाना बनाउन पाइदैन भनेर अडान राखे तर उहाँ मान्दै मान्नु भएन,’ यादवले प्रचण्डलाई भने, ‘ठिकै छ, तपाई संघीयतामा नजाने भए, म अर्को आन्दोलन गर्छु र भन्छु, प्रचण्डले मधेस र मधेसी जनतालाई धोका दियो ।’ त्यहाँ दुवै नेता बिच चर्काचर्की नै परेको प्रसङ्ग पनि उनले सम्झिए । त्यसपछि उपेन्द्र प्रचण्डसँग रिसाएर हिडे ।
'प्रचण्डसँग मातृकाजी र मैले कुराकानी गरेको पर्सिपल्टै हामी पक्राउ पर्‍यौं,' यादवले सम्भिmए, 'सुरेशजीले मेरो डेरामा जाऔं, उतै खाना खाऔं र कुराकानी पनि गरौं भनेर हामीलाई लानुभयो तर गएको तीन घन्टा पनि नबित्दै हामीलाई पक्राउ गरियो ।'
‘प्रचण्ड जी र मेरो चर्काचर्की भएको कोठावाट नै सुरेशजी र मातृकाजी पक्राउ पर्नु भो, प्रचण्डजीलाई लाग्यो- यदी म यहाँ बसेको भए पक्राऊ हुन्थे, यो सब पक्राउ गर्ने काम मसँग रिसाउने उपेन्द्रले नै गरेको हो ।’ त्यसपछि मलाई मार्ने आदेश दियो र मलाई खोज्न एउटा टोली नै खटायो । म लुकीलुकी लामो समयसम्म भारत र नेपाल दुवै तिर बसे ।  
भारतीय प्रहरीको पक्राउ पछि आलेमगर र मातृकालाई नेपाल बुझाइयो भने यादवलाई ४५ दिनसम्म भारत मै राखेर मुक्त गरिएको थियोे । 'यो भारतको फुटाउ र राज गरको नीति अनुसार थियो । मलाई छुटाउने तर मातृका र सुरेशजीलाई नेपाल सुपर्दगी गर्ने भारतीय सत्तापक्षको यस्तो भुमिकाले माओवादी र प्रचण्डजीलाई थप शंकाको सुबिधा दियो’ यादव सम्झन्छन् ।
नेपाल सुपुदर्गी गरिएका यादव र आलेमगर सैनिक हिरासतबाट जेलमा नआउन्जेलसम्म माओवादीले आफूलाई मार्न निकै प्रयास गरेको घटना उनले सविस्तार सुनाए । 'मातृकाजी र सुरेशजीले जेलमा भेट्न गएका पत्रकारहरूसँग म निर्दोष भएको बताएपछि माओवादी नेताहरू केही पछि हटे,' यादवको भनाइ थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पनि आफूलाई भौतिक कारबाही गर्ने निकै प्रयास भएको यादवको दाबी थियो । उनका अनुसार प्रचण्ड नेतृत्वको सरकार गठन नहुन्जेलसम्म पनि माओवादीबाट भौतिक कारबाहीको अनेकौं प्रयास भएका थिए ।
'नेपालगन्जको आमसभा र भैरहवामा मेरो ज्यानसम्म लिन खोज्नु त्यसको उदाहरण हो,' यादवले भने, 'सरकार निर्माणका लागि छलफल गर्दा मात्र म निर्दोष भएको प्रचण्डजीले आत्मसात् गर्नुभयो र भन्नुभयो, हामी गलत रहेछौं ।' दिल्लीमा भएको कुराकानीको वषौर्ंपछि मात्र प्रचण्डसँग यादवको लामो कुराकानी भएको थियो ।

(उपेन्द्र यादवसँगको कुराकानीमा आधारित भएर  उनको भुमिगत कालका प्रसङ्गका बारेमा राजधानी दैनिकमा केही बर्ष पहिले  लेखेको थिए, खोज्दै जादा सम्पादित अंश चाँही इन्टरनेटमा भेटियो । 
यसको मुलकपी भने पाउन सकिएन । यद्धपी, यो राजधानीको पहिलो पृष्ठमा एकर न्युज बनेर छापिएको थियो, यति सम्झना भो मलाई ।)

No comments:

Post a Comment