Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, March 31, 2015

आन्दोलन फिर्ता लिने प्रचण्ड प्रस्तावमा मधेसी नेताको आपत्ति

फाइल तस्बिर
१९ गतेको आमहडतालसहित ७ दिनको कार्यक्रम फिर्ता
पुर्व घोषित आन्दोलन फिर्ता लिने बिपक्षी मोर्चा संयोजक तथा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्ताव प्रति तराई–मधेस केन्द्रित दलका शिर्ष नेताले आपत्ति जनाएका छन् ।
पुर्व घोषित चैत १९ गतेको आम हडतालसहित १७–२३ गतेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने संयोजक दाहालको प्रस्तावमा तराई मधेस केन्द्रित दलका शिर्ष नेताले आपत्ति जनाए पनि अन्तिममा संयोजक दाहाल कै प्रस्तावलाई बिपक्षी गठबन्धनले पारित गरेको छ ।
‘प्रचण्ड (दाहाल)जीले आन्दोलन फिर्ता गर्ने प्रस्ताव मोर्चामा गर्नु भए पछि उचाई लिइरहेको बिपक्षीको आन्दोलन कार्यक्रम अचानक किन फिर्ता लिनु प¥यो ? भनेर प्रश्न राख्यौं,’ सदभावना अध्यक्ष राजेन्द्र महत्तोले नागरिकसँग भने, ‘उहाँले तीन दिने आम हडताललाई सफल बनाउनका लागि ७ दिनका लागि आन्दोलन फिर्ता लिनु पर्ने भो भन्ने जवाफ दिनु भए पछि सोही अनुसार निर्णय भयो ।’ उनका अनुसार मधेसी नेताले ‘आन्दोलनको बलमा सार्थक बार्ता’ गर्नु पर्नेमा जोड गर्दै आएको र संयोजक दाहालको आन्दोलन फिर्ता लिने प्रस्ताव आए पछि प्रश्न गरिएको थियो ।
दाहालले बैठकको सुरुमा नै आन्दोलन फिर्ता लिने प्रस्ताव गरे पछि महत्तोसहित मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सदभावना पार्टी अध्यक्ष महेन्द्रराय यादवले पनि बैठकमा नै आपत्ति जनाएका छन् । ‘प्रचण्डजीले नै संविधानसभाको बैठक (चैत २३) मा पनि नजाने, ठोस तथा विश्वासिलो बातावरण नबनेसम्म सत्तारुढ दलसँग बार्ता पनि नगर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ महेन्द्ररायले नागरिकसँग भने, ‘बिपक्षी गठबन्धन अब सोही अनुसार अघि बढछ् ।’ घोषित तीन दिने आमहडताललाई सफल बनाउनका लागि पुर्व घोषित आन्दोलनका सात दिनका कार्यक्रम परिमार्जन गरिएको यादवको भनाई छ ।
सिंहदरवारस्थित एमाओवादी संसदीय कार्यालयमा सोमवार बसेको बिपक्षी गठबन्धनको बैठकले २४–२६ गते आयोजना गरिएको तीन दिने आमहडतालबाहेकका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । जसअनुसार चैत १९ गतेको आमहडतालसहित १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, चैत १८ गते मशाल जुलुस गर्ने, चैत २०–२३ गतेसम्मका कार्यालय बन्द गर्ने, नाकाबन्दी गर्ने, राजश्व कर असुली रोक्का गर्ने कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
संयोजक दाहालले कांग्रेस र एमालेले सहमति गर्न नै नचाहेको बैठकमा उल्लेख गरेका छन् । ‘कांग्रेस र एमाले सहमतीवाट संविधान बनाउन चाहादैनन्, त्यसका लागि निर्णायक आन्दोलन गर्न जरुरी छ,’ दाहालले बैठकमा भने, ‘आमहडताल सफल बनाउन चाँही सबै लागि परौ ।’ उनका अनुसार मोर्चा आवद्ध दलले आमहडताललाई केन्द्रित गरेर कार्यक्रम र गतिबिधि गर्न आग्रह गरेका छन् ।
बिपक्षी गठबन्धनले पाँच दिन देखी अनसनरत डा. गोबिन्द केसीको मागलाई समर्थन गर्दै सरकारलाई उनका माग पुरा गराउनका लागि आग्रह गर्ने निर्णयसमेत गरेको छ । यसैगरी, भिसा प्रोसेसिङ बिदेशी तथा नीजि कम्पनिलाई दिने सरकारी तयारी प्रति गठबन्धनले आपत्ति जनाएको बैठकमा उपस्थित युवा नेता मनिष सुमनले जानकारी दिए ।


No comments:

Post a Comment