लेखक तथा बुद्धिजीवी मातृका पोखरेलले पृथ्वीनारायण संबन्धी बीपी कोइरालाको धारणा सार्वजनिक गरेका छन् । पौष २७ गते राज्यको तर्फवाटै पृथ्वी जयन्ती मनाउने कि नमनाउने भन्ने बारेमा विभिन्न बहस र टिका टिप्पणी भइरहेको बेलामा लेखक पोखरेलले आफनो फेसबुकमा लेखेको कुराले नयाँ कुरा देखाएको छ । माओवादी निकट मानिने लेखक पोखरेलले बीपीलाई उद्यृत गर्दै पृथ्वीनारायणको ‘असलियत’ देखाउने प्रयास गरेका छन् । पृथ्वी जयन्ती मनाउने भनेर मोदनाथ प्रश्रितहरु लागिरहेको सन्दर्भ उल्लेख गर्दै पोखरेलले आफनो फेसबुकमा लेखेको स्टाटसलाई एमाओवादी नेता आहुती अर्थात विश्वभक्त दुलालले सेयर गरेका छन् । लेखक पोखरेलले मोदनाथ प्रश्रितहरुलाई ब्यग्य गरे पनि आहुतीले भने आफनै पार्टी अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र गोपाल किराँतीलाई ब्यग्य गर्दै सो पोष्टलाई सेयर गरेका छन । सेयर गर्दै उनले भनेका छन, ‘यो कुरा क. प्रचण्ड, क. प्रकाश र क. गोपाल किरातीहरूलाई पनि जसले पहिले भ्याउछ देखाइदिनु’ प्रचण्डहरुले पनि पढनै पर्ने भनिएको पोखरेलले आफनो फेसबुक पेजमा उल्लेख गरेको सन्दर्भ तपाईहरुका लागि पनि ।
आहुती अर्थात एमाओवादी नेता विश्वभक्त दुलाल |
तरुण बुलेटिन नं. ४, (सेप्टेम्बर १९७१ ) मा "राजतन्त्र बारे" बीपी कोइरालाको एउटा महत्वपूर्ण लेख छापिएको छ। बीपीले उक्त लेखमा पृथ्वीनारायण शाहबारे एउटा महत्वपूर्ण सन्दर्भको उल्लेख गरेका छन् - "पृथ्वीनारायण शाहको क्रूर स्वभाव तथा परास्त भएका शत्रुहरूप्रति उनको प्रतिशोधको व्यवहारले गर्दा उनले नेपाली जनताको एउटा ठूलो एवं प्रभावशाली समुदायलाई आफूबाट विमुख पारे । र, तिनीहरूमा पछिसम्म पनि शाह शासनप्रति अनुकूल भाव आउनसकेन । विभिन्न समुदाय, जाति, वर्गहरूको एकीकरण, तिनीहरूका बीच भावनात्मक एकताको स्थापना दूरदर्शी राजनीतिज्ञता, शासनाधिकारको विवेकपूर्ण प्रयोग तथा शासकको तर्फबाट गरिने सहिष्णुताको व्यवहारले मात्र सम्भव हुन्छ, न कि शासकबाट हतियारको बलजफ्ती प्रयोगले ।"
बीपी कोइरालाको यो भनाई राखेर मैले इतिहासको अपमान गर्न खोजेको होइन। इतिहासलाई अतिरंजित गर्नु पनि मेरो उदेश्य होइन। तर अहिले मोदनाथ प्रश्रितहरू जसरी इतिहासको यो पाटोलाई तोडमरोड गर्न लागिरहनु भएको छ , त्यसबारे मेरो बिमति हो।
यसै सन्दर्भमा "राष्ट्रियताः नेपालको सन्दर्भमा " भन्ने विपी कोइरालाको तरूण बुलेटिन नं. २, (सन् १९७१ )को लेख पनि सान्दर्भिक देखिन्छ। यस लेखमा बीपी कोइराला लेख्छन - "गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन, न त्यस समयका शासकहरू नेपाली राष्ट्रिय भावनाले प्रेरित नै थिए, न त गोरखा राज्य विस्तारको यन्त्र, गोरखा पल्टनका सिपाही या अफिसरहरू नै राष्ट्रवादी थिए । गोरखाली राजाहरूले विजय अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र विजेताको थियो, राष्ट्रिय नेताको होइन, जसले गर्दा विजित देशहरूका राजा र प्रजाहरूसँग कोमल व्यवहार गरिएन । काठमाण्डूका नेवार प्रजाहरूलाई अद्यावधि त्यसको गुनासो छ ।"

मलाई लाग्छ - पुस २७ गते नजिकिरहेको सन्दर्भमा मोदनाथ प्रश्रितहरूको अभियान र त्यसमा उनीहरूले उठाएको तर्कभन्दा विपी कोइरालाको यो भनाई इतिहासका बारेमा धेरै वस्तुसम्मत छ ।
(यो सन्दर्भ मातृका पोखरेलको फेसबुक पेजवाट साभार गरिएको हो, यो उनको नीजि बिचार हो ।)
No comments:
Post a Comment