Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Monday, January 5, 2015

नास्तिक १३% भएछन, के संसारबाट धर्म बिलाएर जान्छ त ?

पछिल्लो संसारमा नास्तिकको संख्या दिनदिनै बढ्दै गइ रहेको छ । नास्तिकको संख्या यसरी बढ्ने हो भने के एक दिन धर्म इतिहासको पानामा मात्र सीमित हुन्छ ? प्रश्न जति सजिलो छ, उत्तर त्यत्ति नै कठिन । क्यालिफोर्नियाको क्लेरमोन्ट पिट्जर विश्वविद्यालयमा सामाजिक विज्ञान प्राध्यापन गराउने प्राध्यापक फि ज्याकम्यान भन्छन्, 'पहिलेको तुलनामा हिजो आज यो संसारमा नास्तिकको संख्या बढ्दै गएको छ । यो तथ्यलाई ग्यालप इन्टरनेसनलले सर्भे गरेर सार्वजनिक गरेको छ । ग्यालप इन्टरनेसनलले ५७ देशमा ५० हजारभन्दा बढी मानिसलाई सर्भेमा संलग्न गराएको थियो । सर्भे अनुसार सन् २००५ देखि २०११ सम्म धर्ममा आस्था राख्ने मानिसको संख्या ७७ बाट घटेर ६८ प्रतिशतमा झरेको छ । आफूलाई नास्तिक भन्ने व्यक्तिहरूको संख्यामा ३ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांकलाई विश्लेषण गर्ने हो भने यो संसारमा नास्तिकको संख्या १३ प्रतिशत मात्र छ । यदि नास्तिकको संख्या यसरी वृद्धि हुँदै जाने हो भने संसारबाट एक दिन धर्म बिलाएर जानेछ ।
यो अनिश्चित संसारबाट मानिसलाई सुरक्षाको अनुभूति गराउनु धर्मको आकर्षण हो । जब मानिस आर्थिक, राजनीतिक र अस्तित्व रक्षामा सुरक्षित महसुस गर्न थाल्छ, विस्तारै धर्म बिर्सन थाल्छ । नास्तिकको संख्या पनि तिनै देशमा बढिरहेका छन्, जहाँ आर्थिक, सामाजिक, राजनीतिक रूपमा आफूलाई सुरक्षित महसुस गर्छन् । जापान, क्यानडा, बेलायत, दक्षिण कोरिया, नेदरल्यान्ड, चेक गणराज्य, इस्टोनिया, जर्मनी, फ्रान्स, उरुग्वे यस्ता देश हुन्, जहाँ सय वर्षअघि धर्मले महŒवपूर्ण स्थान पाउँथ्यो । तर अहिले यी देशमा भगवान मान्नेको संख्या एकदमै थोरै छ । यी देशमा शिक्षा र सामाजिक सुरक्षा एकदमै बलियो छ, असमान थोरै र मानिसहरू अपेक्षाकृत निक्कै धनी छन् । न्युजिल्यान्डको आकल्यण्ड विश्वविद्यालयका मनोवैज्ञानिक क्वान्टिन एटकिन्स भन्छन्, ‘मलाई के हुँदैछ भन्ने मानिसलाई थाहा भयो भने उसलाई डर लाग्दैन ।’ धार्मिक मानिस बसोबास गर्ने देशमा पनि नास्तिकको संख्या बढ्दै गएको छ । जस्तो ब्राजिल, जमैका र आयरल्यान्ड त्यस्ता देश हुन्, जहाँ धर्मप्रति आस्थावान धेरै व्यक्ति बसोबास गर्छन् ।
प्राध्यापक फिल जकरम्यान भन्छन्, विगत ४०-५० वर्षमा यो संसारमा धर्मप्रति आस्था बढाएको ठाउँ थोरै मात्र छन् । धर्मप्रति आस्था बढाउने देश इरान हुन सक्ने बताइन्छ । तर धर्म निरपेक्ष व्यक्ति आफ्नो पहिचान लुकाएरै बसेको हुन्छ । भेनकुवरस्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयका सामाजिक मनोवैज्ञानिक एरा नोरेनजायन भन्छन्, ‘धर्मप्रति आस्था राख्ने मान्छे थोरै भए भन्दैमा यो संसारबाट लोप हुन्छ भन्नु मूर्खता हो ।’ आउँदा वर्षमा जस्तै जलवायु परिवर्तनमा देखिएको संकट, प्राकृतिक संशोधनमा आउने कमीले उत्पन्न हुने पीडाले मानिसहरूमा फेरि धर्मप्रति आस्था बढ्दै जाने बताइन्छ । नोरेनजायन भन्छन्, ‘मानिसहरू दुःखबाट बच्न चाहन्छन्, जब मानिस दुःखबाट बाहिर निस्कन्छ, त्यसपछि अर्थ खोज्न थालिहाल्छ, केही कारणमध्ये धर्म र पीडाको अर्थ लगाउन थालिन्छ ।’
संसारिक समस्यालाई चामत्कारिक ढंगले समाधान गरियो भने धर्म पनि हाम्रो वरिपरि रहन्छ । त्यसैले भनिन्छ, मानव विकासका क्रममा मान्छेको दिमागमा ईश्वरबारे जिज्ञासा प्रजातान्त्रिक र विधि पनि तन्त्र विधिबाटै बनेको हुन्छ । यो तन्त्र विधि जान्नका लागि दोहोरो प्रक्रियाको सिद्धान्त जान्न आवश्यक हुन्छ । यो मनोवैज्ञानिक सिद्धान्त भएकाले दोहोरो प्रक्रियाको सिद्धान्त बनाइएको हो ।
बुझ्न र बुझाउनकै लागि हाल दोस्रो सिद्धान्त विकसित गरिएको छ । यो दोस्रो सिद्धान्त भनेको हाम्रो दिमागको आवाज हो । यो मान्छेको दिमागमा पटक–पटक गुन्जायमान भइरहेको हुन्छ । दिमागमा गुन्जायमान भइरह्यो भने त्यसले मान्छलाई सोच्न र तार्किक रूपमा प्रस्तुत हुन बाध्य बनाउँछ । अर्कोतिर सिद्धान्त सहज, स्वाभाविक र स्वचालित हुन्छ । यो मान्छेमा नियमित अभ्यासबाट विकसित हुँदै जान्छ, जसले गर्दा मान्छे कहाँबाट जन्मियो ? भन्ने कुराले कुनै फरक पार्दैन । यो अस्तित्व तन्त्र हो, सिद्धान्त एक, कुनै कठिन सोच बिना नै आफ्नो मातृ भाषामा कुरा गर्न सक्छ । बच्चाको आमाबुबा चिन्न मात्र होइन, सजिव र निर्जीव वस्तु छुटाउन सक्ने क्षमतासमेत उसले प्राप्त गरेको हुन्छ ।
नास्तिकलाई नास्तिक बन्न वा बनिरहन उसले अनेक सांस्कृतिक तथा मानव विकाससँग जोडिएको बन्धनका विरुद्ध लड्नुपर्छ । जीवन पूर्णरूपमा निरर्थक हुँदै होइन, एउटा ठूलै तस्बिरको भाग हो भन्ने कुरा मान्छेले स्वाभाविक रूपमा बुझेको हुन्छ । बोर्न विलियर्सका लेखक जस्टिन बेरेट भन्छन्, ‘धार्मिक विचारलाई ग्रहण गर्नु मानिसका लागि पाथ अफ लिस्ट रजिस्टेसन अर्थात् सबैभन्दा कम प्रतिरोधको बाटो हो भन्ने कुरा प्रमाणित जस्तै हो । यदि धर्मबाट अलग हुन चाहने हो भने मानवताप्रतिको भावनामा केही परिवर्तन ल्याउनै पर्ने हुन्छ ।’
ईश्वरप्रति आस्था राख्ने मानिसको कुरा गर्ने हो भने अहिले २० प्रतिशत अमेरिकी कुनै चर्चसँग सम्बन्धित छैनन् । तर ६८ प्रतिशत मानिसले आफूलाई ईश्वरप्रति विश्वास रहेको बताउँछन् । त्यसमध्ये ३७ प्रतिशत आफूलाई धार्मिक मानिस बताउनेहरूको समूह छ । संसारमा त्यस्ता व्यक्तिहरूको समूह पनि छ, जो ईश्वरमा विश्वास राख्दैनन्, तर भूत, ज्योतिष तथा पुनर्जन्मजस्ता अन्धविश्वास राख्छन् । धर्मले समूह सामञ्जस्य र सहयोगलाई बढावा दिन्छ । कथित लक्ष्मण रेखा पार गर्नेहरू सर्वशक्तिमान ईश्वरको नजरमा पुरानो सामाजिक व्यवस्थालाई कायमै राख्न मद्दत गरिरहेका हुन्छन् । एटकिन्सन भन्छन्, ‘यहाँ अलौकिकता सजाय परिकल्पना मात्र हो । यदि त्यो सजाय वास्तविक हुन्थ्यो त त्यसले पूरै समूहलाई काम गथ्र्यो ।’
धर्मको आदत पछाडि केही गणित पनि लुकेको हुन्छ । अधिकांश संस्कृतिमा जो मानिस धार्मिक भावनाले ओतप्रोत हुन्छ, ती व्यक्तिका विरुद्ध धर्ममा आस्था नराख्नेहरू बढी सन्तान जन्माउँछन् । विज्ञहरू भन्छन्, मनोवैज्ञानिक, तान्त्रिक विज्ञान, ऐतिहासिक, सांस्कृतिक र तार्किक सबै कारणलाई मध्यनजर राखेर मानिसहरू धर्मभन्दा टाढा जान सक्दैनन् । डर, धम्की अथवा माया–पे्रम समिश्रणले धर्मलाई जीवन्त बनाइराखेको हुन्छ । यदि यस्तो नभएको भए सायद धर्म यतिबेला इतिहासको पानामा सीमित भइसक्थ्यो ।’


No comments:

Post a Comment