कुमार दाहालः नेत्रबिक्रम चन्द (विप्लव) ले नयाँ पार्टी बनाउनुसँगै विप्लवसहित सहभागी भएको २०४७ को ‘कालो पुल समूह’ (नाम मेरो होइन) को चर्चा पनि बढेको छ । तथाकथित कालो पुल समूहबारे केही मिडियाहरुमा चर्चा देखेपछि त्यसबारे केही लेख्ने जरुरत महसुस भयो । कालो पुल समूहमा आवेग त धेरै थियो तर विवेक त्यति थिएन, जोश र उत्साह त अपार थियो, होशको मात्रा निक्कै नै कम थियो । तत्कालीन पार्टी, त्यसको नेतृत्व तह र तिनका ढोंगहरुप्रतिको निराशाको उपज थियो कालो पुल समूह । त्यो समूह बन्यो, छलफल धेरै ग¥यो, ठूलठूला योजनाहरु पनि बनायो तर त्यसले केही गरेन र अन्त्यमा आफैं विघटन भयो । त्यसमा साँच्ची कै केही गर्ने र काम होइन गफ चाहिं ठूलो गर्ने दुवै थरिका मान्छेहरु थियौं । त्यसैले त्यो केही नगरी आफैं सकियो । कालो पुलको छेउ छाउमै बस्नेहरुको त्यस समूहमा म पनि सहभागी भएकाले यतिखेर दावाका साथ भन्न सक्छु कि विप्लवको यो पहल पनि त्यही कालो पुल कै मानसिकताबाट अघि बढेको छैन र यो यतिखेरको नेपाली समाजको समस्याहरुको समाधानका लागि नभएर थप समस्या सिर्जना गर्ने अस्त्र बाहेक केही बन्ने छैन ।
२०४६ मा कांग्रेस र वाममोर्चाको नेतृत्वमा फागुन ७ बाट पञ्चायती शासनका विरुद्धमा आन्दोलन शुरु भयो । त्यतिखेरका हाम्रा नेताहरुले आन्दोलनले गति लिन्छ भन्ने कल्पनै गरेका थिएनन् । जब आन्दोलनले गति लियो, तव छुटिने भइयो भन्ने हाम्रा नेताहरुलाई लाग्न थाल्यो र रातारात संयुक्त जनआन्दोलन समिति बनाए र कांग्रेस वाममोर्चाको पिछलग्गु नबनेर सर्वहारावर्गको स्वतन्त्र धार निर्माण गरेको दावी गरे । दावीमा जेसुकै भए पनि सडकमा निस्कने जम्मा दुईवटा कार्यक्रम सार्वजनिक गरे । ती कार्यक्रम थिए, चैत्र ५ गते जुलुश र सभा तथा चैत्र २४ गते नेपाल बन्द । ती दुई कार्यक्रमका दृश्य मैले कहिल्यै भुलेको छैन र भुल्ने पनि छैन ।
चैत्र पाँच गते विरोध जुलुश र सभाको कार्यक्रम थियो, हामी असनमा जम्मा भयौं र नारा लगाउँदै त्यौडसम्म गयौं । त्यो जुलुशमा १२ या १३ जना थियौं । तथाकथित सभामा त्यौडको डबलीमा उभिएर नन्दकुमार प्रसाईंले पाँच मिनेटजति बोले र सकियो । पाँच गतेको काठमाडौंको कार्यक्रम जम्मामा यत्ति हो । २४ गते आइपुग्दासम्म कांगे्रस वाममोर्चा नेतृत्वको आन्दोलनले धेरै गति लिइसकेको थियो । त्यसलाई मत्थर गर्ने नियतले २४ गते बिहानै राजाले एक संबोधनमार्फत् मरिचमानको मंत्रीमण्डल विघटन गरी आन्दोलनकारीहरुसँग वार्ता गरी समस्या समाधान गर्न भनेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ सरकार घोषणा गरे । यो घोषणाबाट राजाले सडकको आन्दोलनलाई तिरस्कार गरेको सबैले बुझे, पार्टीहरुले केही भन्नै परेन, उपत्यका पूरै ठप्प भयो । पाटन र कीर्तिपुर केही दिन अघिबाट नै आन्दोलनकारीहरुको कब्जामा थिए । २४ गते काठमाडौंको अवस्था पनि त्यस्तै बन्न गयो । फलस्वरुप राजाले कफ्र्यु लगाउनु प¥यो र कफ्र्युकै बीचमा २६ गते राति बहुदलीय ब्यवस्थाको घोषणा गर्नुप¥यो ।
२४ गते साँच्चीकै एउटा जनविद्रोह थियो, राजाको संबोधनको विरुद्ध, अनि राजाकै विरुद्ध । पार्टीहरुमा संगठित र असंगठित सबै सचेत मान्छेहरु सडकमा थिए तर ती सडकहरुमा संयुक्त जनआन्दोलका नारा हामीजस्तै एकाध कार्यकर्ताहरुले भीडमा मिसिएर लगाउने बाहेक योजनाबद्ध केही पनि भएन । त्यस पछिका दिनहरुमा चैत्र २४ को हाम्रो कार्यक्रमले राजालाई गलायो र बहुदल आयो भनेर भाषण गर्न हाम्रा नेताहरुले कतै छुटाएनन् । तिनलाई यसो भन्दा कहिल्यै लाज पनि लागेन । यो भन्दा ठूलो ढोंग के हुन सक्छ र ? जनयुद्धको तयारी गर्दै गर्दा जनआन्दोलन उभारमा आएको र पार्टीभित्र पनि साँच्चीकै युद्धमा जान सबै तयार नभएकोले पार्टी एकतामा जानुपरेको भन्ने तर्क हुन्थ्यो नेताहरुको । यो तर्कमा पनि चैत्र २४ कै जस्तो ढोंग छ कि ? भन्ने लाग्न थालेको थियो ।
त्यतिखेर उपत्यकामा हाम्रो पार्टीका उपलब्ध हुने नेताहरु आलोक र दिनेश शर्मा थिए । तिनले अब युद्धमा गइन्छ भनेर भ्यालीका केही युवाहरु आफ्नो गाउँ काभ्रेको चौंरीमा मान्छे कुट्न लगेछन् तर फेरि फर्केर आएपछि कुनै कार्यक्रम छैन । यस्तै यस्तैबाट नेताहरुप्रतिको विश्वास सकिएर आजीत भएको टिम थियो कालोपुल समूहमा । हामीभित्र हुर्किरहेको असन्तोष, पार्टी नेताहरुप्रतिको अविश्वास र तिनका ढोंगी क्रियाकलापहरु प्रतिको आक्रोशलाई समूहमा बदल्ने मुख्य पहलकर्ता विप्लव नै थिए । त्यसमा विप्लव र उनका साला पर्ने महेन्द्र पुन, गंगा कार्की, रवि कार्की, धनबहादुर पन्त, खड्क लिम्बू र म नियमित थियौं भने केही छलफलहरुमा गोरखाका हरिश्चन्द्र र शिव श्रेष्ठ (दुबै शहीद) लगायत केही साथीहरु पनि सहभागी भएका थिए ।
हामी अब युद्धमा गइहाल्नु पर्छ तर हाम्रा नेताहरुले केही गर्दैनन् र तिनका भ्रममा पर्नुहुन्न भन्ने मान्यता राख्थ्यौं । माओ भन्दा चे को बढी प्रभाव थियो हामीमा । पञ्चायतकै अन्तिम दिनहरुबाट हामी निरन्तर छलफलमा थियौं तर पहिलाका छलफलहरुमा पार्टी र नेताहरुप्रति ब्यंग्य र अविश्वासका कुराहरु मात्रै हुन्थे । बहुदलको प्राप्ति र अझ भदौतिर मशाल, चौथो महाधिवेशन र सर्वहारवादी श्रमिक संगठनका बीचमा पार्टी एकताको प्रक्रिया शुरु भइसके पछि अब के गर्ने भन्ने योजनाका विषयमा केन्द्रीत भयौं । युद्धमा जाने भएपछि स्वाभाविक रुपमा हतियारको प्रश्न आइहाल्छ, हामी हतियार कसरी प्राप्त गर्ने भन्ने सोंच्दा भारतमा किन्न पाइने कुरा विप्लवले गरे । अहिले सम्झदा पनि हाँसो लाग्छ, उनी भारतको खोई कता कता घुमेका थिए । बन्दुकका पसल देखेका रहेछन । पैसा लिएर ती पसलमा गएपछि किन्न पाइहालिन्छ भन्ने उनमा परेको रहेछ । पहिला त बुझ्नुप¥यो । हामीले कहाँ पैसा पाउने, कमाउने कोही थिएनौ, समूहमै भएका धनबहादुरले एक हजार र खड्ग लिम्बूले सात सय दिएपछि हामीसँग सत्र सय भयो । त्यही लिएर विप्लव र महेन्द्र पुन बनारस गए । तिनीहरु सरासर बन्दुकको पसलमा गएर सोधेछन् । पसलेले थर्काएर कसको हत्या गर्न चाहन्छौ ? भनेछ र फर्किएर आए । अब भारतका पसलबाट बन्दुक किन्ने योजना सकियो ।
त्यसपछि तराईतिर बढी हतियारको प्रयोग हुन्छ, भन्ने सुनिन्थ्यो । हाम्रै साथीहरुका बीचका या पार्टीहरु र गुटहरुका बीचका झगडामा पनि हतियार प्रयोग भएको सुनेका थियौं । डकैतका घटना पनि तराईमै बढी हुन्थे । त्यतिबेला रौतहटमा बागमती नहरको काम भइरहेको थियो र मैले चिनेका केही साथीहरु पनि नहरको काममा रौतहटमा थिए । एकचोटी नहरमा काम गरिरहेको काभ्रेको एकजना साथीसँगै म रौतहट गएँ । त्यहाँ केही त्यस्ता मान्छेहरु खोजियो र हतियारको कुरा गरियो । एक जनाले कटुवा पिस्तोल देखायो र जति पनि उपलब्ध गराउन सक्ने कुरा ग¥यो र मुल्य भने एउटाको दुई हजार भन्यो । गोली पनि देखाउनका लागि केही लिएर आएको थियो र पचास रुपियाँका दरले दिन सक्ने कुरा ग¥यो । हेरेर मात्रै पछि आउने कुरा गरेर म काठमाडौं फर्कें ।

ती साथी जसले मलाई लिएर गए र त्यस्तो मान्छे भेटाइ दिए तिनले हाम्रो समूह होइन पार्टीकै काम बुझेका थिए । हतियारको मूल श्रोत त पुलिस र सेनाबाट खोसेर नै प्राप्त हुन्छ भन्ने थियो तर प्रारम्भिक पहलका लागि भने केही हामीसँग हुनै प¥यो । त्यसका लागि केही किन्ने र केही घरहरुमा भएका लाइसेन्सी बन्दुकहरु मागेरै लिन सकिने कुरा थियो ।
अब प्रारम्भिक केही हतियार किन्न र हामी आफ्नै परिचालनका लागि पैसा चाहियो । यो कसरी प्राप्त गर्ने ? हामीले केही दिन छलफल ग¥यौं र हामीलाई सजिलो पर्ने स्थानमा रहेका बैंकहरुमध्ये कुनै एक कब्जा गर्ने निष्कर्षमा पुग्यौं । त्यस्ता सम्भावित बैंकहरुबारे पनि सोंचियो । यस पछि सबै कुराको योजना तयार भयो र अब भूमिगत हुने, काठमाडौं छोड्नेबारे छलफल हुन थाले । दुई चार दिन भित्र मै हिंड्ने भन्ने छलफल हुँदै गर्दा धनबहादुर पन्तले, मैले त श्रीमतीलाई केही भनेको छैन, छ महिना मलाई बिदा दिनुपर्छ भने । हामी सबै आश्चर्यमा प¥यौं । यो घर परिवारबाट बिदा लिएर, भनेर हिंड्ने कुरा होइन, श्रीमती र छोरीको ब्यवस्था अब उनैले गर्छिन । हामी त त्यो भन्दा धेरै ठूलो मुलुकको व्यवस्थामा लाग्ने हो । हामी केही गरी मरिहाल्यौं भने घर परिवार कसले हेर्दिन्छ त ? आदि धेरै कुरा भए तर धनबहादुर मान्दै मानेनन् । अब के गर्ने ? हामी साँझ जुट्थ्यौं र १०/११ बजेसम्म त्यही धनबहादुरको सिसा पसल गौशालामा बस्थ्यौं । त्यो दिन कुनै पनि निष्कर्ष बिनै हामी उठियो । भोलीपल्ट धनबहादुर बाहेक अर्कै स्थानमा बस्यौं । सबै योजना उसलाई थाहा छ, ऊ छ महिना बिदामा बस्ने, हामी कारवाहीमा जाँदा कतै उसले लिक गरिदिने त होइन ? कतै ऊ योजना मै त छैन ? जासुस पो हो कि ? धेरै शंका र उपशंकाका कुराहरु भए । हामी युद्धमा जाँदैछौं, स्वाभाविक त्यहाँ रगत बग्छ, मान्छे मारिन्छ, यस्तोमा योजना जति धनबहादुरलाई छाडि दिएर जानु भन्दा उसलाई सिध्याइ दिएर पो हिंड्नु पर्छ कि ? भन्ने भयो । त्यसपछि खड्ग लिम्बूले आफ्नै साथी मार्नु त हुँदैन म चाहिं त्यसमा सहमत हुन सक्दिन भने । अब अर्को समस्या थपियो । त्यो दिन पनि बिना निष्कर्ष नै उठियो ।
त्यसपछि हामी कहिल्यै बसेनौ । हाम्रा योजना त्यत्तिकै सकिए । अहिले सम्झदा लाग्छ, हामीमा पटक्कै परिपक्वता थिएन । सात आठ जनाले सब कुरा गर्न सक्छौं भन्ने ठान्थ्यौं । संगठनात्मक रुपमा त हामी साह्रै काँचा थियौं । हामीसँग संगठनको खास योजनै थिएन । एक्सन गरेपछि मान्छेहरु हामीलाई खोज्दै आइ हाल्छन् संगठन बनिहाल्छ भन्ने थियो । हाम्रो दिमागमा सबभन्दा ठूलो हतियार थियो र त्यसलाई प्राप्त गर्नु र बोक्नु गौरवको कुरा थियो । लाग्छ हामी गइहालेको भए बैंक त कब्जा गरिहाल्थ्यौं कि तर त्यसपछि बच्ने संभावना ज्यादै न्युन थियो । हामीसँग पार्टी पनि थिएन ।

हामी समातिएपछि क्रान्तिकारी होइन डाका हुन्थ्यौं । ठीकै भनेछन् धन बहादुरले ।
- झिल्कोवाट साभार
- झिल्कोवाट साभार
No comments:
Post a Comment