Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, December 11, 2014

'हुन्न ! अनिल झा र राजकिशोरलाई मोर्चामा ल्याउनु नै हुन्न'

तराई–मधेसकेन्द्रित दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माणका लागि संविधानसभाभन्दा बाहिर गएर बनाइने कुनै पनि कार्यदल वा समितिलाई अस्वीकार गर्ने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले संविधान लेखनका लागि संविधानसभाभित्रै समिति बनाउन जोड दिँदै बाहिर बनाइने कुनै पनि कार्यदल वा समितिलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
सद्‍‍भावना पार्टीका महासचिव मनिष सुमनले संविधानसभाबाहिर बनाइने कार्यदल वा समितिलाई अस्विकार गर्ने निर्णय गरेको जानकारी दिए। 'संविधान लेखनका लागि संविधानसभाभित्रै सहमति खोज्नुपर्छ, त्योभन्दा बाहिर सहमति जुटाउनु हँदैन,' सुमनले भने, 'संविधानसभाबाहिर बनाइने कुनै पनि समितिमा मोर्चाको सहभागिता रहन्न र त्यसलाई समर्थन पनि गर्दैन।'
नयाँ संविधान लेखन सम्पन्न नभएसम्म सरकारमा नजाने निर्णयबाट विचलित नभएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताए। 'मोर्चाले संविधान नबनेसम्म सरकारमा नजाने निर्णय गरिसकेको छ, म त्यसमा दृढ छु,' उनले बैठकमा भने, 'गच्छदार सरकारमा जान हतारियो, मालदार मन्त्रालय पाएपछि मोर्चा छाडेर सरकारमा जान लाग्यो भनेर दिनदिनै प्रचारबाजी भइरहेको छ, यसमा कुनै सत्यता छैन।' संविधान निर्माण नहुन्जेल आफू र आफ्नो पार्टी सरकारमा नजाने प्रतिबद्धता दोहोर्याहउँदै गच्छदारले गलत प्रचारबाजीको पक्षमा नलाग्न आग्रह गरे।
अनिलकुमार झा नेतृत्वको संघीय सद्भावना र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई मोर्चामा समावेश गराउने प्रस्तावलाई फोरम नेपालले भने अस्वीकार गरेको छ।
'संघीय सद्भावना र गणतान्त्रिक फोरमलाई कसरी मोर्चामा समावेश गराउने, के आधारमा गराउने, यो हँुदैन,' फोरम नेपालका शिवजी राउतले बैठकमा भने, 'यसमा हाम्रो पार्टीको सहमति छैन।' मोर्चामा थप दललाई समावेश गराउने सद्भावना अध्यक्ष राजेन्द्र महतोको प्रस्तावप्रति यादवले आपत्ति जनाएपछि सोबारेमा कुनै निर्णय भएन।
मोर्चाको बैठकमा सहयात्री दल फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थिति र संविधानका अन्तर्वस्तुबारे छुट्टै अवधारणा पेस गर्ने कार्यको भने तीव्र आलोचना गरिएको छ। फोरम अध्यक्ष यादवले मंसिर १४ गते संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा 'संविधानका अन्तर्वस्तुबारे' छुट्टै अवधारणा पेस गरेका थिए। उनी मोर्चाको बैठकमा पनि अनुपस्थित रहँदै आएका छन्। बिहीबारको बैठकमा फोरम नेपालको तर्फबाट लालबाबु यादव र शिवजी यादवले सहभागिता जनाएका थिए।

No comments:

Post a Comment