श्रमातित मोक्ष नाम गरेका मेरा एकजना फेसबुक साथीले यो फोटो अपलोड गरेका हुन । । माइतीघर मण्डलास्थित सार्वजनिक स्थलमा एउटा सानो चिता बनाइएको छ, र त्यो चित्तामाथी एकजना भर्खरका युवक बसेका छन् । ‘बेरोजगार बर्गको मुक्तिका लागि आत्मदाह कार्यक्रम’ को निलो ब्यानरमा यस्तो पनि लेखिएको छ । ‘आत्मदाहकर्ता–अच्युत अर्याल’ र त्यसको ठिक अघिल्तिर एक युवक चितामाथी बसेका छन्, सायद तीनै अर्याल हुन् । हिन्दु संस्कार अनुसार मान्छेको मुर्दा शरिरलाई मात्र चितामा राखिन्छ तर श्रमातित मोक्ष नामवाट फेसबुक पेज चलाउने युबकले राखेको तस्बिरमा जिउँदै एउटा युवा चिता माथी बसेका छन् । त्यस युवाका वरीपरी नेपाल प्रहरीका जवान पनि बसेका छन् । निषेधित क्षेत्रमा एकजना युवा दिउसै चिता माथी बसे पछि सायद प्रहरीले उनलाई त्यहाँवााट उठायो पनि होला । धेरैले उनलाई सन्काहा र पागल पनि भने होलान तर मलाई लाग्यो, आफु चित्तामा बसेर ती युवाले बेरोजगारी समस्याको बारे (यहाँ क्लिक गर्नुहोस) राज्य र सरोकारवाला निकायलाई गतिलै ब्यग्य गरेका छन् ।
संयोग नै मान्नु पर्छ, केही दिन अघि मात्रै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पत्रिकामा एउटा आर्टिकल लेख्दै (भट्टराईको लेख पढन यहाँ क्लिक गर्नुहोस) युवालाई स्वदेश फर्कन सार्वजनिक आग्रह गरेका थिए । मलाई लाग्छ, बिदेशमा कमाई गरिरहेका युवालाई स्वदेश फर्काउनु अघि यहाँ रहेका अच्युत अर्यालहरुलाई पहिला रोजगारी देऊ र तीनीहरुलाई बाँच्ने आधार खडा गरिदेऊ । अच्युतहरुलाई रोजगारी नदिई बिदेशमा कमाई गरिरहेका लाखौ युवालाई फर्काइयो भने बिष्फोट नहोला भन्ने के ग्यारेन्टी ? र, यसरी नै माइतीघर अगाडी जिउँदै चित्तामा लाखौ युवाहरुखडा हुन थाले भने के थाम्न सकिएला ?
यीनलाई सन्काह र पागलपन भनेर अपहेलना गर्नुको सट्टा राज्य र राज्य सञ्चालकहरुलाई गरेको यो गहिरो ब्यग्यलाई ध्यान दिन जरुरी छ । यीनीहरुलाई ध्यान दिन सकिएन भने भोली बिष्फोट हुन सक्छ, यस प्रति चिन्तित हुन राज्य र सरोकारवाला निकाय पनि उत्तिकै जरुरी छ ।
यीनलाई सन्काह र पागलपन भनेर अपहेलना गर्नुको सट्टा राज्य र राज्य सञ्चालकहरुलाई गरेको यो गहिरो ब्यग्यलाई ध्यान दिन जरुरी छ । यीनीहरुलाई ध्यान दिन सकिएन भने भोली बिष्फोट हुन सक्छ, यस प्रति चिन्तित हुन राज्य र सरोकारवाला निकाय पनि उत्तिकै जरुरी छ ।
No comments:
Post a Comment