एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले नेतृत्व हस्तान्तरणका लागि २०७२ माघमा पार्टी महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
बैठकमा अध्यक्ष भट्टराईले नेता बाबुराम भट्टराईले पार्टी नेतृत्व (अध्यक्ष) मा आउने चाहना आफूसँग राखेको जानकारी दिएका थिए । 'लामो समयसम्म बाबुरामजीले मलाई साथ दिनुभयो, पहिलोपटक उहाँले मुखै खोलेर नेतृत्वमा आउने चाहना व्यक्त गर्नुभएको छ,' दाहाललाई उद्धृत गर्दै केन्द्रीय सदस्य रामकुमार शर्माले नागरिकसँग भने, 'म उहाँको चाहनाप्रति सकारात्मक नै छु, अब नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु गर्नुपर्नेछ, त्यसका लागि विधि र प्रक्रिया सुरु गरौं ।' भट्टराईले खुलेर नै आफूसँग पार्टी नेतृत्व मागेपछि आफू अधिक खुसी भएको दाबी गर्दै दाहालले भट्टराईलाई 'धन्यवाद' दिएको प्रसंग पनि बैठकमा सुनाएका थिए ।
भट्टराईको माग र चाहनाअनुसार नेतृत्व हस्तान्तरण गर्न दाहालले पार्टी महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए । साथै, भट्टराईको असहमतिका बाबजुद अध्यक्ष दाहाल र उनी पक्षधरले विराटनगर सम्मेलनमार्फत गठन गरेको केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव पनि दाहालले गरेका छन् ।

'२०७२ माघ तेस्रो साता पार्टीको विशेष महाधिवेशन गर्ने र त्यसका लागि केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गर्ने प्रस्ताव अध्यक्ष (दाहाल) बाट आएको छ,' प्रवक्ता दीनानाथ शर्माले बैठकपछि भने, 'नेतृत्व हस्तान्तरण गरेर जानका लागि विधि र प्रक्रिया तय गर्न पार्टीभित्र छलफल चलाइनेछ ।' उनका अनुसार जिल्ला समिति र जनवर्गीय संगठनलाई आयोजक समितिमा रूपान्तरण गरी अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव पनि दाहालले केन्द्रीय समितिमा राखेका छन् ।
अध्यक्ष दाहालले भट्टराई पक्षको विरोध र विमतिका बाबजुद विराटनगर सम्मेलनलगत्तै गठन भएका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो समिति विघटनको प्रस्ताव गर्दै महाधिवेशनसम्मलाई 'केन्द्रीय कार्यालय' गठन गर्नुपर्ने प्रस्ताव पनि बैठकमा राखेका छन् । दाहालले केन्द्रीय समितिलाई आयोजक समिति बनाउने प्रस्ताव गरे पनि 'विघटन' भन्ने शब्दचाहिँ उल्लेख गरेका छैनन् ।
दाहालको नेतृत्व हस्तान्तरण गर्ने प्रस्तावलाई भट्टराई पक्षले सकारात्मक भएको टिप्पणी गरेको छ । 'अध्यक्ष (दाहाल) ले नयाँ नेतृत्व, नयाँ विचार, नयाँ कार्यक्रम आवश्यक भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बैठकमा उल्लेख गर्नुभयो,' भट्टराईनिकट नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'त्यसलाई हामीले निकै सकारात्मक रूपमा लिएका छौं र उत्साहित पनि छांै ।' पार्टीभित्र अध्यक्ष दाहालपछि योगदान, क्षमता र संघर्षका हिसाबले पनि नेतृत्वमा भट्टराईको दाबी हुनु स्वाभाविक रहेको उनले बताए ।
नेतृत्व हस्तान्तरण गर्ने विषयमा निश्चित विधि र प्रक्रिया निर्माण गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड छ । 'विश्व कम्युनिस्ट आन्दोलनका अभ्यासलाई अध्ययन गरेर नेतृत्व हस्तान्तरणका प्रक्रिया र विधि बनाउँछांै,' दाहालले बैठकमा भने, 'सोही विधिअनुसार नेतृत्व हस्तान्तरण सुरु गर्नुपर्छ, त्यसका लागि म व्यक्तिगत रूपमा तयार छु ।'
दाहालले हेटौंडा महाधिवेशनले तय गरेको 'उत्पादन र निर्माण' को कार्यदिशामा नै टेकेर अघि बढ्नुपर्नेमा अझै पनि जोड गरिरहेका छन् ।
तत्कालीन नेकपा (एकता केन्द्र) का महामन्त्री मोहन वैद्यले 'सेक्टर काण्ड' बाट राजीनामा दिएपछि दाहाल ०४२ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । संसदीय राजनीति (तत्कालीन जनमोर्चा), युद्धकाल र अहिलेको शान्ति प्रक्रियासम्मका तीन महत्वपूर्ण चरणको नेतृत्व दाहालबाटै भएको छ । र, दाहालको नेतृत्वकालमै पार्टीका महŒवपूर्ण नेता मोहन वैद्य, मातृका यादव, मणि थापा र जयकृष्ण गोइत अलग भई नयाँ पार्टी गठन गरेर अघि बढिरहेका छन् । दाहालले प्रतिबद्धता पूरा गरे माओवादीले २३ वर्षपछि नयाँ नेतृत्व पाउनेछ ।
तर, दाहालको नेतृत्व हस्तान्तरणसम्बन्धी प्रस्तावको विपक्षमा भने चर्कै बहस हुने देखिएको छ । 'पार्टीलाई अप्ठेरो परेको अवस्थामा अध्यक्षले त्यसै छाडेर हिँड्न मिल्दैन,' दाहालनिकट एक नेताले नागरिकसँग भने, 'अप्ठेरो स्थितिमा अभिभावकत्वको भूमिकाबाट अध्यक्ष भाग्न मिल्दैन ।' उनले दाहालले अझै एक कार्यकाल नेतृत्व गर्नुपर्नेमा जोड दिए ।
दाहालले संविधानसभाबाटै संविधान निर्माण गर्नका लागि पार्टीको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड गरेका छन् । 'संविधानसभा हाम्रो एजेन्डा हो, त्यसैले संविधानसभाबाट नै संविधान बनाउनु पार्टीको पहिलो प्राथमिकता हुनेछ र हुनुपर्छ,' दाहालले बैठकमा भनेका थिए, 'त्यसका लागि केही कम्प्रोमाइज गर्नुपरे पनि हामी तयार हुनुपर्छ ।'
संविधानसभासहित गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी माओवादीको एजेन्डा भएकाले त्यसको स्वामित्व लिन पार्टीले बढी ध्यान दिनुपर्नेमा दाहालको जोड छ । उनले सहमतिमा संविधान बनाउनका लागि संघर्षका कार्यक्रम पनि आवश्यक भएको जनाएका छन्।
No comments:
Post a Comment