दुई साता अघि दैनिक पत्रिकाका केही सिमित पत्रकारलाई बोलाएर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निमार्ण प्रक्रिया देखी पार्टीको आन्तरिक जीवनका बारेमा दिल खोलेर बोले । सो दिन उनले बोलेका दुईवटा महत्वपुर्ण कुरा थिए– पुर्व प्रधानसेनापति रुक्माङगद कटुवालको बजारमा आएको आत्मकथा, जसले एक पटक राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा नै हल्ली खल्ली मचायो । प्रधानसेनापति हुदाँ तत्कालिन प्रधानमन्त्री दाहालले हटाउन खोजेको प्रयास र त्यसवाट उत्पन्न राजनीतिक हलचलको बारेमा लेखिएको प्रसङलाई दाहालले अस्विकार गर्दै पहिलो पटक प्रतिक्रिया दिएका थिए । उनले कटुवालको पुस्तकलाई इतिहासको 'बाइयात संस्मरण' भनि टिप्पणी गरेका थिए । त्यो सन्दर्भ पढन यहाँ क्लिक गर्नुहोस । दोस्रो, संविधान निमार्णको क्रम चलिरहेको बेला दाहालले राज्यको पुर्नसंरचना (संघीयता) सत्तारुढ दल कांग्रेस÷एमाले लचिलो भए शाषकीय स्वरुपमा आफुहरु लचिलो हुने जनाएका थिए । बिस्तृत पढन यहाँ क्लिक गर्नहोस । र, सोही दिन तेस्रो कुरा पनि महत्वपुर्ण थियो, जुन त्यति मिडियामा त्यति आएन । अध्यक्ष दाहालले नेता बाबुराम भट्टराईसँग परेको अन्तसंघर्ष र द्धन्द्धका बारेमा पनि कुरा गरेका थिए । यो ब्लगरसहित उपस्थित केही पत्रकार सामु लाजिम्पाट निवासमा उनले भट्टराईको मुल्याङ्गकन गरेका थिए । पढौ, हामीसँग दाहालले सेयर गरेका कुराकानीको अंश र थाहा पाऔं– दाहालको नजरमा भट्टराई कस्ता छन् ?
मेरो राजनीतिक जीवनमा सबै समय झगडा मिलाउन खर्च गरेँ जस्तो लाग्छ । झगडा मिलाउने बाहेक अरु के गरेँ र ? जस्तो लाग्छ । बाबुरामजीसँगको मेरो सम्वन्ध २०४१ सालको पाँचौँ महाधिवेशनमा हो । उहाँ पनि प्रतिनिधी हुनुहुन्थ्यो, म पनि प्रतिनिधी भए पछि केन्द्रीय राजनीतिमा ४१ सालबाट हामी एउटै ठाउँमा छौँ । उहाँ मोहन विक्रमको पार्टीमा हुन्थ्यो, म मोहन बैद्यको पार्टीमा थिएँ । अन्तर चाहीँ सुरुबाटै परेको थियो । उहाँ पनि भर्खरै पढे लेखेको विद्यार्थी नेता विद्धान, म चाहीँ सक्रिय राजनीतिबाट तलबाट बढ्दै गएर त्यहाँ पुगेको । अयोध्यामा भएको थियो यो त्यतिबेला २०४१ सालमा ।
त्यसपछि ४६ सालको अन्दोलनमा आउँदा नआउँदै, बाबुरामजीले मोहनविक्रम भनेको चाहीँ पहिले सम्पति हो महान् भन्ने थियो पाचौँ महाधिवेशनमा, ४६ सालमा रामै दनक दिनु भएछ मोहनविक्रम जीले । बाबुरामजीलाई त्यसपछि यो त कामै नलाग्ने रहेछ भन्ने उहाँले महसुस भयो । एउटा नयाँ बातावरण बन्यो र हामी बीच एकता भयो । र फेरी हामी एकता संघर्ष बहस, फेरी एकता फेरी संघर्ष फेरी बहसको निरन्तर प्रक्रिया हुँदै यहाँसम्म आई पुगिएको छ । त्यसकारण बाबुरामजीसँग मेरो संघर्ष मात्रै छ भनेर बुझ्यो भने पनि त्यो एकपक्षीय हुन्छ । एकता मात्रै छ भनेर बुझ्यो भने त झन् हुँदै हुँदैन । संघर्ष र एकता दुई वटै सापेक्षीत रुपमा चल्दै आएको छ गत तीस बर्षदेखि । अहिलेको झगडालाई पनि त्यो पृष्ठभूमि भन्दा अलग बुझ्न हुँदैन ।
अहिले पनि बाबुरामजीलाई एक मनले लाग्छ मैले यत्रो बर्ष पार्टीमा काम गरेको छु, नेतृत्वलाई स्विकार पनि गरेको छु, र पनि मलाई अझै विश्वास नगर्ने ? म पनि एकचोटी चाहीँ जाउँ त देखाईदिउँ त भन्ने लाग्छ र पर पर पुग्नु हुन्छ । र मलाई पनि मैले पनि उहाँलाई यत्रो महत्व दिई रहेको छु भन्ने लाग्छ ।
पहिलेको पुरानो लिडरसिपले त बाबुरामजीलाई तल सेल्टर र जिल्ला भन्दा माथि ल्याउनु हुँदैन भन्ने ठान्थ्यो, मैले झन् उहाँलाई यत्रो गरेको छु, जति गरे पनि सुख नदिने भनेपछि ल गए जानुस् त भनेर कहिले काहीँ मलाई पनि मनोविज्ञान नहुने होइन ।
यो अहिले मात्र भएको छ भन्ने होइन पहिले पनि हुन्थ्यो । उहाँलाई पनि हिँडे हिँडे जस्तो लाग्थ्यो मलाई पनि गए जानुस् त जानुस् जस्तो लाग्थ्यो । तर फेरी परिस्थिती हे¥यो पृष्ठभूमि हे¥र्यो सबै कुरा हेर्दै गयो फेरी हामी मिल्नु पर्छ भन्ने तिर फेरी म पनि पुग्थेँ, उहाँ पनि पुग्नु हुन्थ्यो ।
अर्को पाटो के पनि छ भने प्रचण्ड विनाको बाबुराम र बाबुराम बिनाको प्रचण्ड त माओवादी पार्टीभित्र त कसरी हुन्छ त भन्ने बाबुरामजीलाई पनि गहिरो गरि सोच्दा त लाग्दो रहेछ । रिसाएको बेला त उहाँ म भन्दा बढि रिसाउनु हुन्छ । म चाहीँ अध्यक्ष भएकोले रिसाए पनि कहिलेकाहीँ दवाएर पनि बस्छु । उहाँ चाहीँ कहिलेकाहीँ फुल उस्मा गई हाल्नु हुन्छ । तर फेरी ठण्डा दिमागले सोच्नु हुन्छ यसले राम्रो हुँदैन फाइदा हुँदैन भन्ने लाग्छ । मलाई पनि ठण्डा दिमागले सोच्दा ओहो यत्रो तीस बर्ष देखीको संघर्ष रुपान्तरण आन्दोलन गरेको सम्वन्धलाई सजिले फुत्किन दिन हुँदैन भन्ने मलाई पनि लाग्छ । त्यसो भएर फेरी मिल्ने तिर गइएको छ के अहिले । मिल्ने भन्ने तिर वातावरण बनाउन बल गरिएको छ ।
मैले चाहीँ मिल्ने भए आधार खोजौँ पार्टीको बिद्यी प्रकृया खोजेर एकता हुने र एकता भएर फेरी दुई दिन पछि नछुटिने भन्ने कुरा भई रहेको बेला (यो कुरा बाहिर पनि आयो) केही साथीहरुले मलाई एसएमएस गर्नुभयो । र, ‘खबरदार फेरी बाबुरामजीसँग आत्मसमर्पण भयो भने मानिँदैन’ भनेर एसएमएस गनुभयो, मिटिङ चल्दा चल्दै, एकातिर । त्यही बेलाँ बाबुरामजीले फेरी ‘तँ हिलाको किलो भइस भनेर मलाई ठोक्या छन्’ भन्नुभयो । हिलाको किलो त समाउन मिल्दैन ढलपलिएको ढलपलिए कै गर्छ ।
भनाईको मतलव के भने यी जटिलताको भित्रबाट पनि एकता संघर्ष र रुपान्तरणको आन्दोलन लानु पर्छ भन्ने पनि छ । हाम्रा केही जोड कोणमा फरक पक्ष पनि छन् । पार्टी कसरी निर्माण गर्ने ? भन्ने कुरामा केही फरकै नभइ त्यत्तिकै नाटक पनि होइन यो । यसका केही आधार पनि छन् । हिजो जनयुद्धकालमा बाहिरी पक्षको त्यति धेरै भूमिका हुँदैनथ्यो हामी आफैँ झगडा गथ्यौँ, आफैँ मिल्थ्यौँ । अहिले झगडा चर्काइ दिन पनि बाहिरकाले चाहीँ धेरै मौका पाउँछन् । मिलाउने पक्ष धेरै नै थोरै छन् । जनता चाहीँ मिलाउनै चाहान्छन् । इमान्दार कार्यकर्ता मिलुन् भन्ने नै चाहान्छन् । तर ठूलठूला शक्तिहरु अरबपति, खरबपतिहरुले चाहीँ माओवादी चाहीँ फेरी फुटोस् माओवादी चाहीँ च्यातिएको च्यातियै गरोस् भन्ने चाहान्छन् । हिजोको भूमिगत कालभन्दा अहिलेको बढी च्यालेन्जिङ छ ।
अर्को पाटो के लाग्छ भने । अहिले अंकगणितिय हिसावले माओवादी संविधानसमामा तेस्रो शक्ति छ । त्यति हुँदा हुँदै पनि यसलाई अझै ह्युमिलिएसन गर्न पुगेन अझै कमजोर पार्न पुगेन भनेर यहीँ हान्छन् । मलाई चाहीँ अब तेस्रो भई सकेपछि कसैले आठ दश महिना नछोइ दिए पनि हुन्थ्यो नचलाई दिए पनि हुथ्यो भन्ने लाग्छ तर सबै यहीँ आएका छन् ठोक्या छन् ठोक्या छन् । म चाहीँ नबोल्न खोज्या हुन्छु नबोली हुँदै हुँदैन ।
No comments:
Post a Comment